1हर समय म परमप्रभुलाई धन्यको भन्छु। उहाँको स्तुति निरन्तर मेरो ओंठमा हुनेछ।
1I will bless the LORD at all times: his praise shall continually be in my mouth.
2नम्र मानिसहरू! सुन र खुशी बन। मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।
2My soul shall make her boast in the LORD: the humble shall hear thereof, and be glad.
3परमप्रभुको स्तुति मसँग गर र हामी मिलेर उहाँको नाउँको सम्मान गरौं।
3O magnify the LORD with me, and let us exalt his name together.
4म परमेश्वरको संगत पाउनलाई उहाँकहाँ गएँ। अनि उहाँले मलाई उत्तर दिनुभयो। मेरा सब डरहरूबाट उहाँले मलाई बचाउनु भयो।
4I sought the LORD, and he heard me, and delivered me from all my fears.
5उहाँको पाउन परमप्रभुलाई हेर, लज्जित नहोऊ उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।
5They looked unto him, and were lightened: and their faces were not ashamed.
6यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।
6This poor man cried, and the LORD heard him, and saved him out of all his troubles.
7परमप्रभुको र्स्वगदूतले जुन मानिसहरूले परमप्रभुको अनुशरण गरे, उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्। स्वर्गदूतहरूले तिनीहरूको रक्षा गरे।
7The angel of the LORD encampeth round about them that fear him, and delivereth them.
8परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ। जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
8O taste and see that the LORD is good: blessed is the man that trusteth in him.
9परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर। उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।
9O fear the LORD, ye his saints: for there is no want to them that fear him.
10बलवान मानिसहरू कमजोर र भोका हुनेछन्। तर जुन मानिसहरू सहयोग माग्न परमेश्वर कहाँ जान्छन् तिनीहरू मध्ये प्रत्येकले असल थोकहरू पाउनेछन्।
10The young lions do lack, and suffer hunger: but they that seek the LORD shall not want any good thing.
11केटा-केटीहरू मलाई ध्यान देऊ, म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।
11Come, ye children, hearken unto me: I will teach you the fear of the LORD.
12यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ र असल, लामो जीवन बाँच्न चाहन्छ भने,
12What man is he that desireth life, and loveth many days, that he may see good?
13तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन; त्यस मानिसले झूटा कुराहरू त बोल्नुहुँदैन।
13Keep thy tongue from evil, and thy lips from speaking guile.
14नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।
14Depart from evil, and do good; seek peace, and pursue it.
15परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ। उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुन्छ।
15The eyes of the LORD are upon the righteous, and his ears are open unto their cry.
16तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्। उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ!
16The face of the LORD is against them that do evil, to cut off the remembrance of them from the earth.
17परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ। उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ।
17The righteous cry, and the LORD heareth, and delivereth them out of all their troubles.
18जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्। परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
18The LORD is nigh unto them that are of a broken heart; and saveth such as be of a contrite spirit.
19धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्, तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ।
19Many are the afflictions of the righteous: but the LORD delivereth him out of them all.
20परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ। एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।
20He keepeth all his bones: not one of them is broken.
21तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्। असल मानिसहरूका शत्रुहरू ध्वंश हुने नै छन्।
21Evil shall slay the wicked: and they that hate the righteous shall be desolate.
22हे परमप्रभु, हामी साँचो मनले तपाईंलाई पूज्दछौं! यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्। दाऊदको एउटा भजन।
22The LORD redeemeth the soul of his servants: and none of them that trust in him shall be desolate.