Nepali

King James Version

Psalms

5

1हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस् र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
1Give ear to my words, O LORD, consider my meditation.
2हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो प्रार्थना सुनिदिनु होस्।
2Hearken unto the voice of my cry, my King, and my God: for unto thee will I pray.
3हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु, र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
3My voice shalt thou hear in the morning, O LORD; in the morning will I direct my prayer unto thee, and will look up.
4हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न। तिनीहरू तपाईंको आदर गर्दैनन्।
4For thou art not a God that hath pleasure in wickedness: neither shall evil dwell with thee.
5मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्। तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
5The foolish shall not stand in thy sight: thou hatest all workers of iniquity.
6जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ। तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।
6Thou shalt destroy them that speak leasing: the LORD will abhor the bloody and deceitful man.
7तर परमप्रभु, तपाईंको मन्दिरअघि म दण्डवत् गर्नेछु।
7But as for me, I will come into thy house in the multitude of thy mercy: and in thy fear will I worship toward thy holy temple.
8हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्। यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
8Lead me, O LORD, in thy righteousness because of mine enemies; make thy way straight before my face.
9ती मानिसहरू सत्य बोल्दैनन्। तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्। तिनीहरूका मुख खाली चिहान जस्ता छन्। तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
9For there is no faithfulness in their mouth; their inward part is very wickedness; their throat is an open sepulchre; they flatter with their tongue.
10हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्! तिनीहरूले थापेको पासोमा आफैं परून्। ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे, यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
10Destroy thou them, O God; let them fall by their own counsels; cast them out in the multitude of their transgressions; for they have rebelled against thee.
11तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्। तिनीहरू अनन्त सुखी रहुन्! परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
11But let all those that put their trust in thee rejoice: let them ever shout for joy, because thou defendest them: let them also that love thy name be joyful in thee.
12हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ। तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।
12For thou, LORD, wilt bless the righteous; with favour wilt thou compass him as with a shield.