1हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे, यसैले मप्रति तपाईंको कृपादान रहोस्। तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।
1Be merciful unto me, O God: for man would swallow me up; he fighting daily oppresseth me.
2मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे। त्यहाँ अनगन्ति लडाकुहरू छन्।
2Mine enemies would daily swallow me up: for they be many that fight against me, O thou most High.
3जब म भयग्रस्त हुन्छु, तब तपाईंमाथि भरोसा राख्दछु।
3What time I am afraid, I will trust in thee.
4म परमेश्वरमा भरोसा गर्छु, यसैले म भयभित हुन्न यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन। उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
4In God I will praise his word, in God I have put my trust; I will not fear what flesh can do unto me.
5मेरा शत्रुहरूले सधैं मेरा कुराहरूको उल्टो अर्थ लाउछन्। तिनीहरूले सधैं मेरो विरूद्ध योजनाहरू तयार गर्दछन्।
5Every day they wrest my words: all their thoughts are against me for evil.
6तिनीहरू सधैं लुक्छन् अनि जसरी पनि मलाई मार्ने मौका, हेर्दै, मेरो प्रत्येक चहल-पहल हेर्दछन्!
6They gather themselves together, they hide themselves, they mark my steps, when they wait for my soul.
7हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्। किनभने तिनीहरूले नराम्रो अधर्म कामहरू गरेका छन्। तिनीहरूलाई विदेशी जातिहरूको क्रोधमा तडपाउनु टाढा पठाइदिनुहोस्।
7Shall they escape by iniquity? in thine anger cast down the people, O God.
8तपाईं जान्नुहुन्छ म कति डराएको छु। तपाईं जान्नुहुन्छ मैले कति विलाप गरें। निःसन्देह तपाईंले मेरो सम्पूर्ण आँसुको हिसाब राख्नु भएको होला।
8Thou tellest my wanderings: put thou my tears into thy bottle: are they not in thy book?
9यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्। जब म तपाईंलाई सहयोगको निम्ति गुहार गर्छु म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!
9When I cry unto thee, then shall mine enemies turn back: this I know; for God is for me.
10म परमेश्वरको वचनलाई प्रशंसा गर्छु। म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।
10In God will I praise his word: in the LORD will I praise his word.
11म परमेश्वरमा भरोसा गर्छु, यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।
11In God have I put my trust: I will not be afraid what man can do unto me.
12हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु। अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु। म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।
12Thy vows are upon me, O God: I will render praises unto thee.
13किन? किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो। तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो। यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु, त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्नसक्छन्।
13For thou hast delivered my soul from death: wilt not thou deliver my feet from falling, that I may walk before God in the light of the living?