Nepali

King James Version

Psalms

60

1हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थयो। तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो। दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनोस्।
1O God, thou hast cast us off, thou hast scattered us, thou hast been displeased; O turn thyself to us again.
2तपाईंले यस पृथ्वीलाई थर्काउनुभएको छ। तपाईंले त्यसलाई फटाउनुभएको छ। दया गरी यसलाई जोडनु होस्।
2Thou hast made the earth to tremble; thou hast broken it: heal the breaches thereof; for it shaketh.
3तपाईंले आफ्नो मानिसहरूलाई धेरै दुःख-कष्टहरू दिनुभएको छ। हामी धर्मरिन्दै लडदै हिंड्ने रक्स्याहा(जँड्‌याहा) मानिसहरू हौं।
3Thou hast shewed thy people hard things: thou hast made us to drink the wine of astonishment.
4जसले तपाईंको उपासना गर्छन उसैलाई चेताउनी दिनुभयो। अब तिनीहरू आफैंले आफ्ना शत्रुहरूबाट बचाउँन सक्छन्।
4Thou hast given a banner to them that fear thee, that it may be displayed because of the truth. Selah.
5तपाईंको महान् शक्ति चलाएर हामीलाई बचाउनु होस्। मेरो प्रार्थनाको जवाफ दिनुहोस् अनि तपाईंले माया गर्ने मानिसहलाई बचाउँनु होस्!
5That thy beloved may be delivered; save with thy right hand, and hear me.
6परमेश्वर आफ्नो मन्दिरमा बोल्नु भयो, “यसकारण म धेरै नै खुशी छु। परमेश्वरले भन्नुभयो, “म यो भूमि आफ्ना मानिसहरू माझ बाँड्दछु। म तिनीहरूलाई शेकेम दिनेछु, म तिमीहरूलाई सुक्कोत उपत्यका दिनेछु।
6God hath spoken in his holiness; I will rejoice, I will divide Shechem, and mete out the valley of Succoth.
7गिलाद र मनश्शे मेरो हुनेछ, एप्रैम मेरो शिरस्त्राण हुनेछ यहूदा मेरो राजदण्ड हुनेछ।
7Gilead is mine, and Manasseh is mine; Ephraim also is the strength of mine head; Judah is my lawgiver;
8मोआब मेरो खुट्टा धुने बाटा हुनेछ। एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ म पलिस्तीका मानिसहरूलाई परास्त गर्ने छु अनि विजयको स्वर कराउनेछु।”
8Moab is my washpot; over Edom will I cast out my shoe: Philistia, triumph thou because of me.
9[This verse may not be a part of this translation]
9Who will bring me into the strong city? who will lead me into Edom?
10[This verse may not be a part of this translation]
10Wilt not thou, O God, which hadst cast us off? and thou, O God, which didst not go out with our armies?
11हे परमेश्वर, हाम्रा शत्रुलाई हराउन हामीलाई सहयोग गर्नुहोस्। पृथ्वीका मानिसहरूले हामीहरूलाई सहयोग गर्न सक्तैनन्।
11Give us help from trouble: for vain is the help of man.
12परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ। अनि परमेश्वरले मात्र हाम्रो शत्रुहरूलाई हराउन सक्नु हुन्छ।
12Through God we shall do valiantly: for he it is that shall tread down our enemies.