1हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु। ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।
1O LORD my God, in thee do I put my trust: save me from all them that persecute me, and deliver me:
2यदि तपाईंले मलाईं सहयोग गर्नु हुन्न भने, म सिंहले पक्रेको पशु जस्तै हुनेछु। मलाई तिनीहरूले लगेर जानेछन्, र मलाई कसैले बचाउन सक्ने छैन!
2Lest he tear my soul like a lion, rending it in pieces, while there is none to deliver.
3हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ। म कसम खान्छु मैले नराम्रो काम गरिनँ!
3O LORD my God, If I have done this; if there be iniquity in my hands;
4मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।
4If I have rewarded evil unto him that was at peace with me; (yea, I have delivered him that without cause is mine enemy:)
5यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्। मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्। मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलोमूलोमा फालिदिउन्।
5Let the enemy persecute my soul, and take it; yea, let him tread down my life upon the earth, and lay mine honour in the dust. Selah.
6हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्। मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्। हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
6Arise, O LORD, in thine anger, lift up thyself because of the rage of mine enemies: and awake for me to the judgment that thou hast commanded.
7हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्, जातिहरूलाई वरिपरि जम्मा गर्नुहोस्। परमप्रभु, जाग्नु होस् र स्वच्छ न्याय गर्नुहोस्।
7So shall the congregation of the people compass thee about: for their sakes therefore return thou on high.
8हे परमप्रभु, मानिसहरूको न्याय गर्नुहोस्। मेरो न्याय गर्नुहोस्। म सही र निर्दोष छु भनेर प्रमाणित गर्नुहोस्।
8The LORD shall judge the people: judge me, O LORD, according to my righteousness, and according to mine integrity that is in me.
9दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।
9Oh let the wickedness of the wicked come to an end; but establish the just: for the righteous God trieth the hearts and reins.
10परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ। यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।
10My defence is of God, which saveth the upright in heart.
11परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ, उहाँ सधैं अधर्मको विरूद्ध बोल्नु हुन्छ।
11God judgeth the righteous, and God is angry with the wicked every day.
12यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न।
12If he turn not, he will whet his sword; he hath bent his bow, and made it ready.
13यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने, परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ। परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ।
13He hath also prepared for him the instruments of death; he ordaineth his arrows against the persecutors.
14दुष्ट मानिसहरूले दिएको कष्ट र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ। यस विषायमा तपाईंले केही गर्नुहोस्।
14Behold, he travaileth with iniquity, and hath conceived mischief, and brought forth falsehood.
15ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ।
15He made a pit, and digged it, and is fallen into the ditch which he made.
16तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।
16His mischief shall return upon his own head, and his violent dealing shall come down upon his own pate.
17म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ। सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।
17I will praise the LORD according to his righteousness: and will sing praise to the name of the LORD most high.