Nepali

King James Version

Psalms

78

1मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन। मैले भनेका कुराहरूमा ध्यान देऊ।
1Give ear, O my people, to my law: incline your ears to the words of my mouth.
2म तिमीहरूलाई यो कथा भन्ने छु। म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
2I will open my mouth in a parable: I will utter dark sayings of old:
3हामीले ती कथाहरू सुन्यौ, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौ। हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
3Which we have heard and known, and our fathers have told us.
4अनि हामी त्यो कथा भुल्ने छैनौं। हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्। हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौ, अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।
4We will not hide them from their children, shewing to the generation to come the praises of the LORD, and his strength, and his wonderful works that he hath done.
5परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो। परमेश्वरले इस्राएल लाई नियम दिनुभयो। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो। उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।
5For he established a testimony in Jacob, and appointed a law in Israel, which he commanded our fathers, that they should make them known to their children:
6अनि आउने भावि सन्तानहरुले पनि यो नियमको बारेमा जान्नेछन् र तिनीहरु आफ्ना नानीहरुलाई सिकाउन सक्षम हुनेछन्।
6That the generation to come might know them, even the children which should be born; who should arise and declare them to their children:
7यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्। तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्। तिनीहरूले परमेशवरको आज्ञानुसार उहाँको नियमहरू पालन गर्नेछन्।
7That they might set their hope in God, and not forget the works of God, but keep his commandments:
8यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका आज्ञाहरूको विषयमा बताए भने नानीहरू तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्। तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए। तिनीहरूले उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे। ती मानिसहरू हठी थिए। तिनीहरू परमेश्वरको आत्मा प्रति विश्वासी थिएनन्।
8And might not be as their fathers, a stubborn and rebellious generation; a generation that set not their heart aright, and whose spirit was not stedfast with God.
9एप्रैमबाट आएका मानिसहरूसँग हतियारहरू थिए, तर तिनीहरू युद्धभूमिबाट भागे।
9The children of Ephraim, being armed, and carrying bows, turned back in the day of battle.
10तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्। तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे।
10They kept not the covenant of God, and refused to walk in his law;
11एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले। तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्से।
11And forgat his works, and his wonders that he had shewed them.
12परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा आफ्ना महान् शक्तिहरू देखाउनु भयो।
12Marvellous things did he in the sight of their fathers, in the land of Egypt, in the field of Zoan.
13परमेश्वरले लाल समुद्रलाई फार्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो। पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो।
13He divided the sea, and caused them to pass through; and he made the waters to stand as an heap.
14प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो। अनि प्रत्येक रातभरि आगोको ज्वाला वा राँको बालेर तिनीहरूलाई डोर्याउनु भयो।
14In the daytime also he led them with a cloud, and all the night with a light of fire.
15परमेश्वरले चट्टानलाई मरूभूमिमा फोर्नु भयो। जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो।
15He clave the rocks in the wilderness, and gave them drink as out of the great depths.
16परमेश्वरले पानीका झरनाहरू नदीहरू सरह चट्टानबाट ल्याउनु भयो!
16He brought streams also out of the rock, and caused waters to run down like rivers.
17तर मानिसहरूले उहाँकै विरूद्ध पाप अविरलमरूपले गरिरहे। मरूभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरूद्ध नै उठे।
17And they sinned yet more against him by provoking the most High in the wilderness.
18तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्न फैसला गरे। तिनीहरूले परमेश्वरलाई खाना मागे तिनीहरूको तृप्त पार्न मात्रै।
18And they tempted God in their heart by asking meat for their lust.
19तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने, “के मरूभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?
19Yea, they spake against God; they said, Can God furnish a table in the wilderness?
20जब उहाँले चट्टानमा हिर्काउनुभयो, तेजले पानी बाहिर आयो र खोलाहरू बढेर आए। निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”
20Behold, he smote the rock, that the waters gushed out, and the streams overflowed; can he give bread also? can he provide flesh for his people?
21परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो। परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो। इस्राएल का मानिसहरूसँग क्रोधीत हुनुहुन्थ्यो।
21Therefore the LORD heard this, and was wroth: so a fire was kindled against Jacob, and anger also came up against Israel;
22किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्। तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।
22Because they believed not in God, and trusted not in his salvation:
23[This verse may not be a part of this translation]
23Though he had commanded the clouds from above, and opened the doors of heaven,
24[This verse may not be a part of this translation]
24And had rained down manna upon them to eat, and had given them of the corn of heaven.
25मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए। परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।
25Man did eat angels' food: he sent them meat to the full.
26[This verse may not be a part of this translation]
26He caused an east wind to blow in the heaven: and by his power he brought in the south wind.
27[This verse may not be a part of this translation]
27He rained flesh also upon them as dust, and feathered fowls like as the sand of the sea:
28ती मानिसहरूका छाउनीका वरिपरि छाउनीको माझमा ठीक चराहरू झरे।
28And he let it fall in the midst of their camp, round about their habitations.
29तिनीहरूलाई खाना प्रशस्त थियो, तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।
29So they did eat, and were well filled: for he gave them their own desire;
30तिनीहरूले आफ्नो भोक खप्न सकेनन्। यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए।
30They were not estranged from their lust. But while their meat was yet in their mouths,
31परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो, अनि ती मध्ये धेरै जनालाई मार्नु भयो। परमेश्वरले धेरै हट्टाकट्ठा युवाहरूलाई मृत्यु पट्टि ढाल्नुभयो।
31The wrath of God came upon them, and slew the fattest of them, and smote down the chosen men of Israel.
32तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्।
32For all this they sinned still, and believed not for his wondrous works.
33यसकारण तिनीहरूको जीवन महा-विपदसँग समाप्त पारिदिनु भयो।
33Therefore their days did he consume in vanity, and their years in trouble.
34जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू, उहाँप्रति परिश्रमी हुँदै फर्के। तिनीहरूले परमेश्वर कै खोजी गरे।
34When he slew them, then they sought him: and they returned and enquired early after God.
35तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ। तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ।
35And they remembered that God was their rock, and the high God their redeemer.
36तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले। तिनीहरू परमेश्वरसित इमान्दार थिएनन्।
36Nevertheless they did flatter him with their mouth, and they lied unto him with their tongues.
37तिनीहरूको हृदय परमेश्वरसँग थिएन। तिनीहरू करारसँग आज्ञाकारी थिएनन्।
37For their heart was not right with him, neither were they stedfast in his covenant.
38तर परमेश्वर दयालु हुनुहुन्थ्यो। उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो। अनि तिनीहरूलाई विनाश गर्नु भएन। धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो, उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।
38But he, being full of compassion, forgave their iniquity, and destroyed them not: yea, many a time turned he his anger away, and did not stir up all his wrath.
39परमेश्वरले तिनीहरूलाई बेकम्मा मानिस मात्र सम्झनु भयो। मानिसहरू हावाका झोकाहरू मात्र छन् जो बहन्छ र जाने गर्छ।
39For he remembered that they were but flesh; a wind that passeth away, and cometh not again.
40उफ! यी नै मानिसहरूले मरूभूमिमा परमेश्वरलाई खुब कष्ट दिए! तिनीहरूले परमेश्वरलाई साह्रै खिन्न पारे!
40How oft did they provoke him in the wilderness, and grieve him in the desert!
41घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे। तिनीहरूले वास्तवमा इस्राएल का पवित्रलाई दुःख दिए।
41Yea, they turned back and tempted God, and limited the Holy One of Israel.
42ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से। तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से।
42They remembered not his hand, nor the day when he delivered them from the enemy.
43तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।
43How he had wrought his signs in Egypt, and his wonders in the field of Zoan.
44परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो। जसले गर्दा मिश्र वासीहरूले पानी पिउन सकेनन्।
44And had turned their rivers into blood; and their floods, that they could not drink.
45परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो। जसले मिश्रवासीहरूलाई टोके। परमेश्वरले भ्यागुताहरू पठाउनु भयो जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।
45He sent divers sorts of flies among them, which devoured them; and frogs, which destroyed them.
46परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो, अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो।
46He gave also their increase unto the caterpiller, and their labour unto the locust.
47परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो। अनि हिम वर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो।
47He destroyed their vines with hail, and their sycomore trees with frost.
48परमेश्वरले बिमार र अस्वस्थताले तिनीहरूको पशुहरू मार्नुभयो।
48He gave up their cattle also to the hail, and their flocks to hot thunderbolts.
49परमेश्वरले आफ्नो क्रोध मिश्रवासीहरूलाई देखाउनु भयो। उहाँले आफ्ना ध्वंश गर्ने दूतहरू तिनीहरूको विरूद्ध पठाउनु भयो।
49He cast upon them the fierceness of his anger, wrath, and indignation, and trouble, by sending evil angels among them.
50परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो। उहाँले कसैलाई पनि जिउँदो रहन दिनु भएन, डरालाग्दो बिमारको कारणले तिनीहरूलाई मर्न लगाउनु भयो।
50He made a way to his anger; he spared not their soul from death, but gave their life over to the pestilence;
51परमेश्वरले हाम्रो प्रथम जन्मने सन्तानलाई मार्नु भयो। उहाँले हाम्रो पहिले जन्मने सन्तानलाई मार्नभयो।
51And smote all the firstborn in Egypt; the chief of their strength in the tabernacles of Ham:
52त्यसपछि परमेश्वरले इस्राएललाई भेडावालाले झैं डोर्याउनु भयो। उहाँले तिनीहरूलाई मरूभूमिमा भडा झैं डोर्याउनु भयो।
52But made his own people to go forth like sheep, and guided them in the wilderness like a flock.
53उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो। उहाँका मानिसहरू डराउने कुनै कामै थिएन। परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।
53And he led them on safely, so that they feared not: but the sea overwhelmed their enemies.
54परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्याउनु भयो उहाँले आफ्ना मानिसहरूलाई आफ्नो शक्तिले बनाउनु भएको पर्वत तिर डोर्याउँनु भयो।
54And he brought them to the border of his sanctuary, even to this mountain, which his right hand had purchased.
55परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोडन वाध्य गराउनु भयो। परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो। उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो।
55He cast out the heathen also before them, and divided them an inheritance by line, and made the tribes of Israel to dwell in their tents.
56तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे। तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्।
56Yet they tempted and provoked the most high God, and kept not his testimonies:
57इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए। तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे। तिनीहरूले झटारो फ्याँके जस्तै व्यवहार गरे।
57But turned back, and dealt unfaithfully like their fathers: they were turned aside like a deceitful bow.
58इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए। तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।
58For they provoked him to anger with their high places, and moved him to jealousy with their graven images.
59परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो। अनि उहाँले इस्राएल लाई पूर्णत रद्द गर्नुभयो।
59When God heard this, he was wroth, and greatly abhorred Israel:
60उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो। परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।
60So that he forsook the tabernacle of Shiloh, the tent which he placed among men;
61परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो। शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।
61And delivered his strength into captivity, and his glory into the enemy's hand.
62परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो। उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।
62He gave his people over also unto the sword; and was wroth with his inheritance.
63जवान पुरूषहरू जलेर मरे, अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्।
63The fire consumed their young men; and their maidens were not given to marriage.
64पूजाहारीहरू मारिदिए, तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।
64Their priests fell by the sword; and their widows made no lamentation.
65अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै, धेरै मद पिएको सिपाही जस्तै हाम्रो स्वामी ब्यूँझनु भयो।
65Then the LORD awaked as one out of sleep, and like a mighty man that shouteth by reason of wine.
66परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो। उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो।
66And he smote his enemies in the hinder parts: he put them to a perpetual reproach.
67तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो। उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।
67Moreover he refused the tabernacle of Joseph, and chose not the tribe of Ephraim:
68अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
68But chose the tribe of Judah, the mount Zion which he loved.
69परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो। परमेश्वरले आफ्नो पवित्र मन्दिर पृथ्वी झैं सदा सर्वदाको निम्ति बनाउनु भयो।
69And he built his sanctuary like high palaces, like the earth which he hath established for ever.
70परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो। दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।
70He chose David also his servant, and took him from the sheepfolds:
71दाऊदले भेंडालाई हेरचाह गरिरहेका थिए, तर परमेश्वरले दाऊदलाई उहाँका आफ्ना मानिसहरूलाई हेरचाह गर्ने काम सुम्पनु भयो। याकूबका मानिसहरूलाई हेरचाह गर्ने, इस्राएल का मानिसहरूलाई हेरचाह गर्ने, परमेश्वरको सम्पत्ति हेरचाह गर्ने काम सुम्पनु भयो।
71From following the ewes great with young he brought him to feed Jacob his people, and Israel his inheritance.
72दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए। खुब सतर्कपूर्ण अगुवाई गरे।
72So he fed them according to the integrity of his heart; and guided them by the skilfulness of his hands.