1खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ भनी गीत गाऊ। इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।
1Sing aloud unto God our strength: make a joyful noise unto the God of Jacob.
2संगीत प्रारम्भ गर। खैंजडीहरू बजाऊ। सुरमय वीणा बजाऊ।
2Take a psalm, and bring hither the timbrel, the pleasant harp with the psaltery.
3जब हाम्रो विश्राम शुरू हुन्छ। पूर्णिमा लागेको बेला तुरही फुक, औंसी परेको बेला नरसिङ्ग फुक।
3Blow up the trumpet in the new moon, in the time appointed, on our solemn feast day.
4त्यो इस्राएल का मानिसहरूको निम्ति नियम हो। परमेश्वरले याकूबलाई आज्ञा दिनुभयो।
4For this was a statute for Israel, and a law of the God of Jacob.
5जब परमेश्वरले यूसूफलाई मिश्रबाट निकाली ल्याउनु भयो परमेश्वरले उनीसित यो करार गर्नुभयो। मिश्रमा हामीले नजानेको भाषा सुन्यौ।
5This he ordained in Joseph for a testimony, when he went out through the land of Egypt: where I heard a language that I understood not.
6परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको काँधको भारी मैले लिएँ। मैले तिमीहरूको कर्मीको डोको तिमीहरूको हातबाट लिए।
6I removed his shoulder from the burden: his hands were delivered from the pots.
7तिम्रा मानिसहरू संकटमा थिए। तिनीहरूले गुहार माँगे र मैले मुक्त पारें। तुफान बोकेको बादलहरूमा म लुकिरहेको थिएँ। त्यहीबाट मैले जवाफ दिएँ, मैले तिनीहरूलाई मरीबाको पानीद्वारा जाँच गरे।”
7Thou calledst in trouble, and I delivered thee; I answered thee in the secret place of thunder: I proved thee at the waters of Meribah. Selah.
8“मेरो मानिसहरू ध्यान देऊ, अनि मेरो कुरा सुन। म तिमीहरूलाई मेरो करार-वचन दिनेछु। इस्राएल , कृपया मेरो कुरा ध्यानले सुन।
8Hear, O my people, and I will testify unto thee: O Israel, if thou wilt hearken unto me;
9कुनै पनि कृत्रिम देवताहरू नमान जुन विदेशीहरूले मान्दछन्।
9There shall no strange god be in thee; neither shalt thou worship any strange god.
10म, परमप्रभु, तिमीहरूको परमेश्वर हुँ, मैले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ। इस्राएल , तिमीहरू मुख खोल अनि म खुवाउने छु।
10I am the LORD thy God, which brought thee out of the land of Egypt: open thy mouth wide, and I will fill it.
11“तर मेरो मानिसहरू, तिमीहरूले मेरो कुरा सुनेनौ। इस्राएल ले मेरो आज्ञा पालन गरेन।
11But my people would not hearken to my voice; and Israel would none of me.
12यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
12So I gave them up unto their own hearts' lust: and they walked in their own counsels.
13यदि मेरो मानिसहरूले मेरो कुरा मानेको भए अनि मेरो तरिका अनुसार बसेको भए।
13Oh that my people had hearkened unto me, and Israel had walked in my ways!
14तब म तिनीहरूको शत्रुहरूलाई हराउने थिएँ। म त्यस्ता मानिसहरूलाई दण्ड दिने थिएँ जसले इस्राएल मा संकटहरू ल्याउँदछ।
14I should soon have subdued their enemies, and turned my hand against their adversaries.
15परमप्रभुका शत्रुहरू डरले काम्नेछन्। तिनीहरूलाई सदा दण्ड दिइनेछ।
15The haters of the LORD should have submitted themselves unto him: but their time should have endured for ever.
16परमेश्वरले आफ्ना मानिसहरूलाई उत्तम गहुँ दिनुभयो। चट्टानले तृप्त नहुञ्जेल सम्म तिनीहरूलाई मह दिए।”
16He should have fed them also with the finest of the wheat: and with honey out of the rock should I have satisfied thee.