Nepali

King James Version

Revelation

7

1यो घटना पछि मैले चारवटा स्वर्गदूतहरुलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरुले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए।
1And after these things I saw four angels standing on the four corners of the earth, holding the four winds of the earth, that the wind should not blow on the earth, nor on the sea, nor on any tree.
2त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरुलाई बोलाए। ती चार स्वर्गदूतहरु ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलांई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरुलाई भने,
2And I saw another angel ascending from the east, having the seal of the living God: and he cried with a loud voice to the four angels, to whom it was given to hurt the earth and the sea,
3“भूमि वा समुद्र वा बृक्षहरुलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरुको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट न पुर्याऊ।”
3Saying, Hurt not the earth, neither the sea, nor the trees, till we have sealed the servants of our God in their foreheads.
4तब मैले, कति जना मानिसहरुलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरु इस्राएलका मानिसहरुको हरेक कुल समूहबाट थिए।
4And I heard the number of them which were sealed: and there were sealed an hundred and forty and four thousand of all the tribes of the children of Israel.
5यहूदाको कुल समूहबाट 12,000 रुबेनको कुल समूहबाट 12,000 गादको कुल समूहबाट 12,000
5Of the tribe of Juda were sealed twelve thousand. Of the tribe of Reuben were sealed twelve thousand. Of the tribe of Gad were sealed twelve thousand.
6आशेरको कुल समूहबाट 12,000 नप्तालीको कुल समूहबाट 12,000 मनश्शेको कुल समूहबाट 12,000
6Of the tribe of Aser were sealed twelve thousand. Of the tribe of Nephthalim were sealed twelve thousand. Of the tribe of Manasses were sealed twelve thousand.
7शिमियोनको कुल समूहबाट 12,000 लेवीको कुल समूहबाट 12,000 इस्साखारको कुल समूहबाट 12,000
7Of the tribe of Simeon were sealed twelve thousand. Of the tribe of Levi were sealed twelve thousand. Of the tribe of Issachar were sealed twelve thousand.
8जबूलूनको कुल समूहबाट 12,000 यूसुफको कुल समूहबाट 12,000 बेन्यामीनको कुल समूहबाट 12,000
8Of the tribe of Zabulon were sealed twelve thousand. Of the tribe of Joseph were sealed twelve thousand. Of the tribe of Benjamin were sealed twelve thousand.
9त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरु थिए। तिनीहरु पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरु थिए। तिनीहरु सिंहासन अनि भेंडाको पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरु सबै सेतो पोशाकमा थिए अनि तिनीहरुका हातमा खजूरका हाँगा थिए।
9After this I beheld, and, lo, a great multitude, which no man could number, of all nations, and kindreds, and people, and tongues, stood before the throne, and before the Lamb, clothed with white robes, and palms in their hands;
10तिनीहरु ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडाको पाठाको जय होस्।”
10And cried with a loud voice, saying, Salvation to our God which sitteth upon the throne, and unto the Lamb.
11अग्रजहरु अनि ती चार सजीव वस्तुहरु त्यहाँ थिए। सबै स्वर्गदूतहरु तिनीहरुको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरुले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे।
11And all the angels stood round about the throne, and about the elders and the four beasts, and fell before the throne on their faces, and worshipped God,
12तिनीहरुले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”
12Saying, Amen: Blessing, and glory, and wisdom, and thanksgiving, and honour, and power, and might, be unto our God for ever and ever. Amen.
13तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरु को हुन्.? तिनीहरु कहाँवाट आएका हुन्?”
13And one of the elders answered, saying unto me, What are these which are arrayed in white robes? and whence came they?
14मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नहुच्छ।” अनि अग्रजले भने, “यी ती मानिसहरु हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरुले भेंडाको रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरु शुद्ध अनि सेता भएका छन्।
14And I said unto him, Sir, thou knowest. And he said to me, These are they which came out of great tribulation, and have washed their robes, and made them white in the blood of the Lamb.
15यसर्थ अहिले यी मानिसहरु परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरु दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरुलाई रक्षा गर्नेछन्।
15Therefore are they before the throne of God, and serve him day and night in his temple: and he that sitteth on the throne shall dwell among them.
16तिनीहरुले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरु फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरुलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरुलाई र्गमिले पोल्ने छैन।
16They shall hunger no more, neither thirst any more; neither shall the sun light on them, nor any heat.
17सिंहासनको माझमा भएको भेंडाको पाठा तिनीहरुको गोठालो हुनु हुनेछ। उनले तिनीहरुलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरुका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”
17For the Lamb which is in the midst of the throne shall feed them, and shall lead them unto living fountains of waters: and God shall wipe away all tears from their eyes.