Nepali

King James Version

Romans

10

1दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेश्वरप्रति प्रार्थना छ।
1Brethren, my heart's desire and prayer to God for Israel is, that they might be saved.
2यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्।
2For I bear them record that they have a zeal of God, but not according to knowledge.
3तिनीहरूले धर्मी बनाउने परमेश्वरको बाटो चिनेनन्। तिनीहरूले आफ्नै तरिकाबाट धार्मिक बन्न खोजे अनि त्यसैले मानिसहरूलाई धर्मी बनाउने परमेश्वरको बाटो तिनीहरूले स्वीकार गरेनन्।
3For they being ignorant of God's righteousness, and going about to establish their own righteousness, have not submitted themselves unto the righteousness of God.
4ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ उ धर्मी हुन सक्छ।
4For Christ is the end of the law for righteousness to every one that believeth.
5व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन् “व्यवस्था अनुसार हिंड्ने मानिस त्यसबाटै बाँच्नेछ।”
5For Moses describeth the righteousness which is of the law, That the man which doeth those things shall live by them.
6तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”)
6But the righteousness which is of faith speaketh on this wise, Say not in thine heart, Who shall ascend into heaven? (that is, to bring Christ down from above:)
7र नभन, पातालमा को जानेछ?” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”)
7Or, Who shall descend into the deep? (that is, to bring up Christ again from the dead.)
8धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।” यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं।
8But what saith it? The word is nigh thee, even in thy mouth, and in thy heart: that is, the word of faith, which we preach;
9यदि तिमीहरूले “येशू नै प्रभु हुनुहुन्छ,” भन्न मुख खोल्यौ भने अनि यदि परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो भन्ने कुरामा तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूको उद्धार हुनेछ।
9That if thou shalt confess with thy mouth the Lord Jesus, and shalt believe in thine heart that God hath raised him from the dead, thou shalt be saved.
10हो, हामी हृदयले विश्वास गर्छौं त्यसैले हामी धर्मी बनाइका छौं। अनि हामी विश्वास गर्छौं भन्ने स्वीकार गर्न हामी आफ्ना मुख खोल्दछौं त्यसैले हामी बचाईएका छौं। हामीले मुख खोल्यौं र विश्वास गर्यौ अनि हाम्रो उद्धार भयो।
10For with the heart man believeth unto righteousness; and with the mouth confession is made unto salvation.
11हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, उ लज्जित हुने छैन।”
11For the scripture saith, Whosoever believeth on him shall not be ashamed.
12किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ।
12For there is no difference between the Jew and the Greek: for the same Lord over all is rich unto all that call upon him.
13हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।”
13For whosoever shall call upon the name of the Lord shall be saved.
14तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँ बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ।
14How then shall they call on him in whom they have not believed? and how shall they believe in him of whom they have not heard? and how shall they hear without a preacher?
15तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”
15And how shall they preach, except they be sent? as it is written, How beautiful are the feet of them that preach the gospel of peace, and bring glad tidings of good things!
16तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?”
16But they have not all obeyed the gospel. For Esaias saith, Lord, who hath believed our report?
17यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।
17So then faith cometh by hearing, and hearing by the word of God.
18तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?’ हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छः “तिनीहरूका आवाज सार संसारमा फैलिउन्। तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्” भजनसंग्रह 19 : 4
18But I say, Have they not heard? Yes verily, their sound went into all the earth, and their words unto the ends of the world.
19फेरि म सोध्छु, “के इस्राएलका मानिसहरूले बुझेनन्?’हो तिनीहरूले बुझे। मोशा पहिले परमेश्वरका कुरा भन्छन् “म ती मानिसहरूलाई प्रयोग गरेर तिनीहरूमा इर्ष्या उत्पन्न गराउँछु, जो एक जाति होइन। एउटा मूर्ख जातिलाई प्रयोग गरेर म तिमीहरूलाई क्रुद्ध बनाउँछु।” व्यवस्था 32:21
19But I say, Did not Israel know? First Moses saith, I will provoke you to jealousy by them that are no people, and by a foolish nation I will anger you.
20त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन् “जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।” यशैया 65:1
20But Esaias is very bold, and saith, I was found of them that sought me not; I was made manifest unto them that asked not after me.
21परमेश्वरले यी कुराहरू यशैया द्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ, “सारा दिन मैले ती मानिसहरूलाई पर्खें, तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”
21But to Israel he saith, All day long I have stretched forth my hands unto a disobedient and gainsaying people.