1दाज्यू-भाइ, दिदी-बहिनीहरू तिमीहरू सबैले मोशाको व्यवस्था बुझ्दछौ। यसकारण निःसन्देह, तिमीहरू जान्दछौ कि व्यवस्थाले कुनै पनि मानिसलाई उ बाँचुञ्जेल मात्र आफ्नो अधीनमा राख्दछ।
1Know ye not, brethren, (for I speak to them that know the law,) how that the law hath dominion over a man as long as he liveth?
2म तिमीहरूलाई एउटा उदाहरण दिदँछुः एकजना पत्नी मानिस आफ्नो लोग्ने बाँचुञ्जेल सम्म उसँगै बस्नु पर्दछ। तर यदि उसको लोग्ने मर्यो भने उ विवाहको निम्ति विवाह विधानबाट मुक्त हुन्छ।
2For the woman which hath an husband is bound by the law to her husband so long as he liveth; but if the husband be dead, she is loosed from the law of her husband.
3तर यदि त्यस पत्नी मानिसले आफ्नो लोग्ने छँदाछँदै अर्को पुरुषसँग विवाह गरी भने त्यसलाई व्यभिचारिणी भनिन्छ। तर यदि उसको लोग्ने चाँहि मर्यो भने उ विवाहको विधानबाट मुक्त बन्छे अनि यदि आफ्नो लोग्ने मरे पछि उसले अर्को पुरुषसँग विवाह गरी भने, उसलाई व्यभिचारिणीको दोष लाग्दैन।
3So then if, while her husband liveth, she be married to another man, she shall be called an adulteress: but if her husband be dead, she is free from that law; so that she is no adulteress, though she be married to another man.
4त्यस्तै प्रकारले, मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू, तिम्रा पूराना स्वभावहरू मरिसकेकाछन् र तिमीहरू पनि ख्रीष्टका शरीरद्वारा व्यस्थाबाट मुक्त बन्यौ। अब तिमीहरू कसैको भयौ। तिमीहरू ख्रीष्टको भयौ जो मृत्युबाट जगाइनु भयो। हामी ख्रीष्टका छौं र हामी परमेश्वरको सेवामा हुनसक्छौं।
4Wherefore, my brethren, ye also are become dead to the law by the body of Christ; that ye should be married to another, even to him who is raised from the dead, that we should bring forth fruit unto God.
5विगतमा हामी हाम्रा पापपूर्ण स्वभावले शासित थियौं। व्यवस्थाले हामीमा पापपूर्ण कार्यहरू गर्न इच्छा जगायो जसले हाम्रो शरीर अधीनमा राख्यो। यसकारण जुन कुराहरू हामीले गर्यौ त्यसले हाम्रो आत्मिक मृत्यु भयो।
5For when we were in the flesh, the motions of sins, which were by the law, did work in our members to bring forth fruit unto death.
6विगतमा, व्यवस्थाले हामीलाई कैदी बनायो । तर हाम्रा पुराना स्वभावहरू मरेर गए अनि हामी व्यवस्थावाट मुक्त गरियौं। यसैले अब हामी परमेश्वरलाई आत्माको नयाँ ढाँचाले सेवा गर्दछौं, नियमहरूमा लेखिएको पुरानो ढाँचाले होइन। अब, हामी परमेश्वरलाई आत्माद्वारा नयाँ ढाँचाले पुज्दछौं।
6But now we are delivered from the law, that being dead wherein we were held; that we should serve in newness of spirit, and not in the oldness of the letter.
7हामीले के भन्नु पर्ने हो? के व्यवस्था पापको समान हो? होइन, तर व्यवस्था त एक मात्र त्यस्तो बाटो हो जहाँबाट मैले पाप भनेको के हो बूझ्न सकें। यदि व्यवस्थाले पाप भनेको के हो भन्ने नबताएको भए मैले कहिल्यै बुझ्न सक्ने थिएन। तर व्यवस्थाले भन्यो, “अरूसँग भएको कुराहरूको चाहना तिमीले गर्नु दैन।”
7What shall we say then? Is the law sin? God forbid. Nay, I had not known sin, but by the law: for I had not known lust, except the law had said, Thou shalt not covet.
8तर पापले त्यस आज्ञाबाट अवसर पायो र ममा धेरै प्रकारको इच्छा जागृत गरायो किन कि पाप व्यवस्था बिनै मृत बन्यो।
8But sin, taking occasion by the commandment, wrought in me all manner of concupiscence. For without the law sin was dead.
9एक समय म व्यवस्था बिना नै जीवित थिएँ। तर जब आज्ञ आयो, पापले जीवन पायो।
9For I was alive without the law once: but when the commandment came, sin revived, and I died.
10यसकारण पापको कारणले गर्दा म आत्मिक रूपले मरे। आज्ञाको अर्थ थियो जीवन ल्याउनु तर मेरो लागि त्यसले मृत्यु ल्यायो।
10And the commandment, which was ordained to life, I found to be unto death.
11व्यवस्था पालन गरेर पापले मलाई मूर्ख बनाउने ठाउँ पायो। व्यवस्था पालन गरेर पापले मलाई आत्मिक रूपले मार्यो।
11For sin, taking occasion by the commandment, deceived me, and by it slew me.
12तब त्यसैले व्यवस्था नै पवित्र हो, अनि आज्ञा पनि पवित्र, धार्मिक र राम्रो हो।
12Wherefore the law is holy, and the commandment holy, and just, and good.
13ममा मृत्यु ल्याउने कुरो राम्रो भनेको हो? होइन! तर पापले त्यो राम्रो भन्ने कुरो प्रयोग गरेर ममा मृत्यु ल्यायो। त्यसो भएकोले गर्दा खासमा कुरो खुबै नराम्रो हो भन्ने देखाइयो। अनि यही आज्ञा देखाउनलाई प्रयोग गरियो।
13Was then that which is good made death unto me? God forbid. But sin, that it might appear sin, working death in me by that which is good; that sin by the commandment might become exceeding sinful.
14हामी जान्दछौ कि व्यवस्था आत्मिक हो। तर म आत्मिक छैन। पापले ममाथि शासन गर्छ, मानौं म त्यसको दास हुँ।
14For we know that the law is spiritual: but I am carnal, sold under sin.
15म केही जाँन्दिन म के गरिरहेछु। किनकि म केही जान्दिँन म के गर्न चाहन्छु। यसको सट्टामा म त्यही गर्छु जुन कुरो म गर्न घृणा गर्छु।
15For that which I do I allow not: for what I would, that do I not; but what I hate, that do I.
16यदि मैले नचाहेको काम गरे भने म व्यवस्था राम्रो छ भनेर मान्छु।
16If then I do that which I would not, I consent unto the law that it is good.
17तर म एकमात्र होइन जसले यस्तो खराब काम गरिरहेछ। पाप जुन मभित्र बसेकोछु, त्यसैले यस्तो कामहरू गर्दैछ।
17Now then it is no more I that do it, but sin that dwelleth in me.
18हो, म जान्दछु कि राम्रो भन्ने केही कुरो ममा छैन, म असल कुरा गर्न चाहन्छु तर गर्न असमर्थ छु।
18For I know that in me (that is, in my flesh,) dwelleth no good thing: for to will is present with me; but how to perform that which is good I find not.
19आफूले चाहेको असल कुरा पनि म र्गदिनँ। त्यसको बदली गर्न नचाहेको नराम्रो कुरा चाहिं म गर्छु।
19For the good that I would I do not: but the evil which I would not, that I do.
20यदि आफूले नचाहेको कुरो म गर्छु भने ती कुराहरू गर्ने म होइनन। मभित्र रहेको पापले नै ती सब गर्दछ।
20Now if I do that I would not, it is no more I that do it, but sin that dwelleth in me.
21त्यसैले मैले आफैमा एउटा विधान भेटें जब म असल गर्न चाहन्छु मभित्र संधैं दुष्ट रहन्छ।
21I find then a law, that, when I would do good, evil is present with me.
22भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।
22For I delight in the law of God after the inward man:
23तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ।
23But I see another law in my members, warring against the law of my mind, and bringing me into captivity to the law of sin which is in my members.
24म कति दयनीय छु! मृत्यु ल्याउने यस कुराबाट मलाई कसले बचाउँछ?
24O wretched man that I am! who shall deliver me from the body of this death?
25परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु! यसकारण अब म मानसिक रूपले परमेश्वरको व्यवस्थाको दास हुँ। तर मेरो पापपूर्ण स्वभावमा म पापको विधानको दास छु।
25I thank God through Jesus Christ our Lord. So then with the mind I myself serve the law of God; but with the flesh the law of sin.