1हे राजकुमारी! यी जुत्ताहरूमा तिम्रा पाऊ साँच्चै सुन्दर देखिन्छन्। तिम्रा छेपारीहरू कुनै शिल्पीले कुँदेको गहना झैं छन्।
1How beautiful are thy feet with shoes, O prince's daughter! the joints of thy thighs are like jewels, the work of the hands of a cunning workman.
2तिम्रो नाभि गोलो बटुको झैं छ, यसमा दाखरस बिना कहीले नहोस्। तिम्रो पेट यस्तो छ कि गहुँको थुप्रो लिली फूलहरूले सीमाना लगाए जस्तो छ।
2Thy navel is like a round goblet, which wanteth not liquor: thy belly is like an heap of wheat set about with lilies.
3तिम्रो स्तनहरू एक जोडा हरिण को पाठहरू जस्तै छन्।
3Thy two breasts are like two young roes that are twins.
4तिम्रो घाँटी यस्तो छ, मानौ हात्तीको दाँतले बनिएको किल्ला हो। तिम्रा आँखाहरू यस्ता छन् मानौ बाथ रब्बीमको फाटक नजिक हेस्बोनमा भएको कुणहरू हुन्। तिम्रो नाक यस्तो छ, मानौ त्यो लबनानको किल्ला हो जुन दमश्कश तिर फर्केकोछ।
4Thy neck is as a tower of ivory; thine eyes like the fishpools in Heshbon, by the gate of Bathrabbim: thy nose is as the tower of Lebanon which looketh toward Damascus.
5तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ अनि टाउकोको केश रेशम जस्तो छ। तिम्रो तल झरेको लामो केशले राजाको पनि मन पग्लिन्छ।
5Thine head upon thee is like Carmel, and the hair of thine head like purple; the king is held in the galleries.
6तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका। तिमी कति राम्री र मनमोहक छौ।
6How fair and how pleasant art thou, O love, for delights!
7तिमी खजुरको रूख जस्तै अग्ली छौ। अनि तिम्रा ती स्तनहरू खजुर फलेको झुप्पा जस्तै छन्।
7This thy stature is like to a palm tree, and thy breasts to clusters of grapes.
8म खजुरको रूखमाथि चढ्नेछु, र त्यसका हाँगाहरू समात्छु। तिम्रा स्तनहरू अङ्गुरको झुप्पा झैं र तिम्रो सासको गन्ध स्याउको बासना झै होऊन्।
8I said, I will go up to the palm tree, I will take hold of the boughs thereof: now also thy breasts shall be as clusters of the vine, and the smell of thy nose like apples;
9तिम्रो मुख विशेष दाखमद झैं होस् जुन मेरो मायामा सोझै तल बगोस् त्यो बिस्तारैसित मस्त निद्राँमा परेका मानिसहरूको ओंठ सम्म बगोस्।
9And the roof of thy mouth like the best wine for my beloved, that goeth down sweetly, causing the lips of those that are asleep to speak.
10म मेरा प्रेमीकी हुँ र जसलाई उहाँले चाहनुहुन्छ, म त्यो हुँ।
10I am my beloved's, and his desire is toward me.
11आउँनु होस् मेरा प्रेमी हामी मैदानमा जाँऊ, हामी गाँउमा रात काटौं।
11Come, my beloved, let us go forth into the field; let us lodge in the villages.
12हामी चाँडै दाखबारीमा जाँऊ, हामी त्यहाँ हेरौं कतै दाखका फूलहरू फक्रेका छन् कि हेरौं कतै फूल फुलिसकेको छन् कि अनि दारीमको बोटमा फूलहरू ढकमक्क छन् कि म त्यहाँ तिमीलाई देखाउँने छु म तिमीलाई कति प्रेम गारेरहेकीछु।
12Let us get up early to the vineyards; let us see if the vine flourish, whether the tender grape appear, and the pomegranates bud forth: there will I give thee my loves.
13हे मेरा प्रेमी! सबै प्रकारका राम्रा फुलहरू हाम्रै द्वारमा छन्, दूधेफलहरूले सुगन्ध फैलाइरहेका छन् नयाँ र पुरानो आनन्दमय बस्तुहरू मैले तिम्रो निम्ति साँचिराखेकीछु।
13The mandrakes give a smell, and at our gates are all manner of pleasant fruits, new and old, which I have laid up for thee, O my beloved.