Nepali

Young`s Literal Translation

Exodus

20

1तब परमप्रभुले भन्नुभयो,
1`And God speaketh all these words, saying,
2“म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ।
2I [am] Jehovah thy God, who hath brought thee out of the land of Egypt, out of a house of servants.
3“तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।
3`Thou hast no other Gods before Me.
4“तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।
4`Thou dost not make to thyself a graven image, or any likeness which [is] in the heavens above, or which [is] in the earth beneath, or which [is] in the waters under the earth.
5कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु।
5Thou dost not bow thyself to them, nor serve them: for I, Jehovah thy God, [am] a zealous God, charging iniquity of fathers on sons, on the third [generation], and on the fourth, of those hating Me,
6तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।
6and doing kindness to thousands, of those loving Me and keeping My commands.
7“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।
7`Thou dost not take up the name of Jehovah thy God for a vain thing, for Jehovah acquitteth not him who taketh up His name for a vain thing.
8“विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैं ध्यानमा राख।
8`Remember the Sabbath-day to sanctify it;
9हप्तामा छ दिन आफ्नो काम गर।
9six days thou dost labour, and hast done all thy work,
10“तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन।
10and the seventh day [is] a Sabbath to Jehovah thy God; thou dost not do any work, thou, and thy son, and thy daughter, thy man-servant, and thy handmaid, and thy cattle, and thy sojourner who is within thy gates, —
11किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।
11for six days hath Jehovah made the heavens and the earth, the sea, and all that [is] in them, and resteth in the seventh day; therefore hath Jehovah blessed the Sabbath-day, and doth sanctify it.
12तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।
12`Honour thy father and thy mother, so that thy days are prolonged on the ground which Jehovah thy God is giving to thee.
13“तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
13`Thou dost not murder.
14“तिमीले व्यभिचार गर्नु हुँदैन।
14`Thou dost not commit adultery.
15“तिमीले कुनै चीज चोरी गर्नु हुँदैन।
15`Thou dost not steal.
16“तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।
16`Thou dost not answer against thy neighbour a false testimony.
17“तिमीहरूले छिमेकीहरूका घर, पत्नी, पुरूष अनि स्त्री, कमारा, कमारीहरू अथवा तिनीहरूको केही चीजहरूको चाहना गर्नु हुँदैन” मानिसहरू परमेश्वरसित डराउँछन्
17`Thou dost not desire the house of thy neighbour, thou dost not desire the wife of thy neighbour, or his man-servant, or his handmaid, or his ox, or his ass, or anything which [is] thy neighbour`s.`
18यस समयमा मानिसहरूले बेंसीमा गर्जनहरू सुने अनि पहाडमा आगो देखे। तिनीहरूले तुरहीको आवाज सुने। तिनीहरूले पर्वतबाट धुवाँ निस्केको देखे। मानिसहरू डराए र डरले कामे। तिनीहरू पर्वतदेखि धेरै टाढा उभिएर हेरे।
18And all the people are seeing the voices, and the flames, and the sound of the trumpet, and the mount smoking; and the people see, and move, and stand afar off,
19तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसंग कुरा नगरून। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”
19and say unto Moses, `Speak thou with us, and we hear, and let not God speak with us, lest we die.`
20तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”
20And Moses saith unto the people, `Fear not, for to try you hath God come, and in order that His fear may be before your faces — that ye sin not.`
21जब मोशा कालो बादलभित्र गए जहाँ परमेश्वर हुनु हुन्थ्यो मानिसहरू पर्वतदेखि टाढै उभिए।
21And the people stand afar off, and Moses hath drawn nigh unto the thick darkness where God [is].
22तब परमप्रभुले इस्राएली मानिसहरूलाई यी कुराहरू भन्नु भनी मोशालाई भन्नु भयो, “स्वर्गबाट मैले तिमीसित कुरा गरेको तिम्रा मानिसहरूले देखे।
22And Jehovah saith unto Moses, `Thus dost thou say unto the sons of Israel: Ye — ye have seen that from the heavens I have spoken with you;
23यसकारण म संग-संगै पूज्नको निम्ति चाँदी अथवा सुनको मूर्तिहरू नबनाऊ।
23ye do not make with Me gods of silver, even gods of gold ye do not make to yourselves.
24मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशिर्वाद दिन्छु।
24`An altar of earth thou dost make for Me, and thou hast sacrificed on it thy burnt-offerings and thy peace-offerings, thy flock and thy herd; in every place where I cause My name to be remembered I come in unto thee, and have blessed thee.
25यदि ढुङ्गाको वेदी बनायौ भने फलामको हतियारले काटेको ढुङ्गाहरू नलगाऊ। तिमीहरूको धातुका हतियारले गर्दा वेदी अपवित्र हुन्छ।
25`And if an altar of stones thou dost make to Me, thou dost not build them of hewn work; when thy tool thou hast waved over it, then thou dost pollute it;
26वेदीसम्म पुग्ने सिंढीहरू नबनाऊ। वेदीसम्म जाने सिंढी बनाएर नउक्लनु किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता देखिनेछन।”तिमीहरूको शरीर लुगाभित्र तलबाट देखिनेछ।”
26neither dost thou go up by steps on Mine altar, that thy nakedness be not revealed upon it.