1तब परमप्रभुले मोशालाई भन्नु भयो,
1And Jehovah speaketh unto Moses, saying,
2“यहूदाको परिवारबाट बजलेल ऊरीको छोरा हूरको नातीलाई मेरो निम्ति विशेष काम गर्न चुनेको छु।
2`See, I have called by name Bezaleel, son of Uri, son of Hur, of the tribe of Judah,
3मैले बजलेललाई परमेश्वरको आत्मासित परिपूर्ण पारिदिएको छु अनि उसलाई सबै किसिमको निपुणता, कुशलता, अनि ज्ञानले आशीष दिएको छु।
3and I fill him [with] the Spirit of God, in wisdom, and in understanding, and in knowledge, and in all work,
4उसले सुन, चाँदी अनि काँसाको सुन्दर-सुन्दर वस्तुहरू बनाउन सक्छ किनभने उ एउटा राम्रो शिल्पकार हो।
4to devise devices to work in gold, and in silver, and in brass,
5बजलेलले सबै प्रकारको कामहरू गर्न सक्छ जस्तै सुनमा कुँद्न पत्थर घेरा लगाउनको निम्ति ढुङ्गा काट्नु अन् सबै उदेश्यको निम्ति काठहरू काट्न सक्छ।
5and in graving of stone for settings, and in graving of wood to work in all work.
6दान कुलका अहीसामको छोरा ओहोलीआबलाई मैले बजलेलको सहयोगीको रूपमा चुनेको छु। मैले दिएको आदेश अनुसार सबै प्रकारका चीजहरू बनाउन सकून् भनेर अन्य सबै कर्मीहरूलाई पनि कार्यक्षमता दिएको छु।
6`And I, lo, I have given with him Aholiab, son of Ahisamach, of the tribe of Dan, and in the heart of every wise-hearted one I have given wisdom, and they have made all that which I have commanded thee.
7भेट हुने पाल, कराको सन्दूक, सन्दूकको ढकनी, भेट हुने पालका सबै सामानहरू,
7`The tent of meeting, and the ark of testimony, and the mercy-seat which [is] on it, and all the vessels of the tent,
8टेबल अनि त्यसका सबै सामानहरू, सामदान र यसका सबै सामानहरू, धूप जलाउने वेदी,
8and the table and its vessels, and the pure candlestick and all its vessels, and the altar of the perfume,
9होमबलिको निम्ति वेदी र वेदीमा प्रयोग गर्ने सहयोगी कचौराहरू अनि आधारहरू।
9and the altar of the burnt-offering and all its vessels, and the laver and its base,
10पूजाहारी हारूनको निम्ति विशेष पोशाकहरू, हारूनका छोराहरू जब पूजाहारी भई सेवा गर्छन, तिनीहरूको निम्ति विशेष पोशाकहरू।
10and the coloured garments, and the holy garments for Aaron the priest, and the garments of his sons, for acting as priests in;
11अभिषेकको निम्ति सुगन्धित तेल अनि सुगन्धित धूप मैले तिमीलाई आज्ञा दिए अनुसार ती कर्मीहरूले यी सबै चीजहरू बनाउनु पर्छ।”
11and the anointing oil, and the perfume of the spices for the sanctuary; according to all that I have commanded thee — they do.`
12तब परमप्रभुले मोशालाई भन्नु भयो,
12And Jehovah speaketh unto Moses, saying,
13“इस्राएली मानिसहरूलाई भन, ‘मेरो विशेष विश्रामको दिनको नियम तिमीहरूले पालन गर्नु पर्छ। तिमीहरूका भावी सन्तानक निम्ति तिमी र म बीचको चिनो यही हुनेछ। यी नियमहरू एउटा नियमहरूले दर्शाउनेछन् कि म परमप्रभुले तिमीहरूलाई मेरा आफ्नो मानिस बनाएको हुँ।
13`And thou, speak unto the sons of Israel, saying, Only, My sabbaths ye do keep, for it [is] a sign between Me and you, to your generations, to know that I, Jehovah, am sanctifying you;
14“विश्राम दिनलाई एक विशेष दिनको रूपमा मान। यदि कुनै मानिसले विश्रामलाई अन्य दिन सरह मान्छ त्यो मानिसलाई मार्नु नै पर्छ। यदि कुनै मानिसले विश्रामको दिन काम गर्छ त्यस मानिसलाई उसका आफन्तहरूबाट छुट्ट्याउनु पर्छ।
14and ye have kept the sabbath, for it [is] holy to you, he who is polluting it is certainly put to death — for any who doeth work in it — that person hath even been cut off from the midst of his people.
15काम गर्नको निम्ति छः दिन पूरा रहन्छ तर सातौं दिन चाँहि परमप्रभुको निम्ति एकदमै विशेष आरामलिने दिन हुनेछ। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ भने त्यस मानिसलाई मृत्यु दण्ड दिइनेछ।
15`Six days is work done, and in the seventh day [is] a sabbath of holy rest to Jehovah; any who doeth work in the sabbath-day is certainly put to death,
16इस्राएलीहरूले विश्राम दिनलाई विशेष दिन भनी सम्झना राख्नु पर्छ। यस सम्झौतालाई इस्राएलीहरूले पुस्तौं पुस्तासम्म सदा-सर्वदाको निम्ति पालन गरून्।
16and the sons of Israel have observed the sabbath; to keep the sabbath to their generations [is] a covenant age-during,
17विश्राम दिन म अनि इस्राएलीहरूको बीच एउटा संकेत हो। परमप्रभुले छः दिन काम गर्नु भयो र आकाश र पृथ्वी बनाउनु भयो अनि सातौं दिन उहाँले विश्राम लिनु भयो।”‘
17between Me and the sons of Israel it [is] a sign — to the age; for six days Jehovah made the heavens and the earth, and in the seventh day He hath ceased, and is refreshed.`
18यसरी परमप्रभुले मोशासित सीनै पर्वतमा कुरा गरे शेष गर्नु भयो। त्यसपछि उहाँले दुइवटा शिला-पाटीहरूमा आफ्नै औंलाले करार लेखेर मोशालाई दिनु भयो।
18And He giveth unto Moses, when He finisheth speaking with him in mount Sinai, two tables of the testimony, tables of stone, written by the finger of God.