1मोशाले सबै इस्राएलीहरूलाई एक जग्गामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु।
1And Moses assembleth all the company of the sons of Israel, and saith unto them, `These [are] the things which Jehovah hath commanded — to do them:
2“काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ।
2Six days is work done, and on the seventh day there is to you a holy [day], a sabbath of rest to Jehovah; any who doeth work in it is put to death;
3विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।”
3ye do not burn a fire in any of your dwellings on the sabbath-day.`
4इस्राएलका सबै मानिसहरूलाई मोशाले भने, “परमप्रभुले दिनु भएको आज्ञा यही हो।
4And Moses speaketh unto all the company of the sons of Israel, saying, `This [is] the thing which Jehovah hath commanded, saying,
5परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा,
5Take ye from among you a heave-offering to Jehovah; every one whose heart [is] willing doth bring it, — the heave-offering of Jehovah, — gold, and silver, and brass,
6निलो, बैजनी अनि रातो धागो र मसिनो सुती कपडा, र बाख्राको भुत्ला,
6and blue, and purple, and scarlet, and linen, and goats` [hair],
7तन्काएको बाख्राको छाला, नरम छाला र बबुलको काठ।
7and rams` skins made red, and badgers` skins, and shittim wood,
8दीयोको निम्ति तेल, अभिषेक तेल बनाउनको निम्ति मसला र सुगन्धित धूपको निम्ति मसला।
8and oil for the light, and spices for the anointing oil, and for the spice perfume,
9गोमेदक-रत्न तथा एपोदमा र न्यायको थैलीमा कुदाउने अरू रत्नहरू ल्याऊ।
9and shoham stones, and stones for settings, for an ephod, and for a breastplate.
10तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुसरण गरेर सब चीजहरू बनाउनु पर्छ।
10`And all the wise-hearted among you come in, and make all that Jehovah hath commanded:
11पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू,
11`The tabernacle, its tent, and its covering, its hooks, and its boards, its bars, its pillars, and its sockets,
12पवित्र सन्दूक, त्यसका डण्डाहरू अनि आवरण र पर्दा जसले पवित्र सन्दूक राखिने जग्गा ढाक्नेछ।
12`The ark and its staves, the mercy-seat, and the vail of the covering,
13टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ।
13`The table and its staves, and all its vessels, and the bread of the presence,
14बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ।
14`And the candlestick for the light, and its vessels, and its lamps, and the oil for the light,
15धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा,
15`And the altar of perfume, and its staves, and the anointing oil, and the spice perfume, and the covering of the opening at the opening of the tabernacle,
16होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार,
16`The altar of burnt-offering and the brazen grate which it hath, its staves, and all its vessels, the laver and its base,
17आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो।
17`The hangings of the court, its pillars, and their sockets, and the covering of the gate of the court,
18चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अडाउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ।
18`The pins of the tabernacle, and the pins of the court, and their cords,
19पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।”
19`The coloured garments, to do service in the sanctuary, the holy garments for Aaron the priest, and the garments of his sons to act as priest in.`
20तब इस्राएली मानिसहरू मोशालाई छोडेर गए।
20And all the company of the sons of Israel go out from the presence of Moses,
21तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो।
21and they come in — every man whom his heart hath lifted up, and every one whom his spirit hath made willing — they have brought in the heave-offering of Jehovah for the work of the tent of meeting, and for all its service, and for the holy garments.
22सबै पुरूष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।
22And they come in — the men with the women — every willing-hearted one — they have brought in nose-ring, and ear-ring, and seal-ring, and necklace, all golden goods, even every one who hath waved a wave-offering of gold to Jehovah.
23प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाख्राका भुत्ला अनि सुकाएको बाख्राको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए।
23And every man with whom hath been found blue, and purple, and scarlet, and linen, and goats` [hair], and rams` skins made red, and badgers` skins, have brought [them] in;
24प्रत्येक जोसंग चाँदी अथवा काँसा थियो परमप्रभुकहाँ विशेष भेटीहरू स्वरूप चढाए। जोसंग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए।
24every one lifting up a heave-offering of silver and brass have brought in the heave-offering of Jehovah; and every one with whom hath been found shittim wood for any work of the service brought [it] in.
25प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए।
25And every wise-hearted woman hath spun with her hands, and they bring in yarn, the blue, and the purple, the scarlet, and the linen;
26ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाख्राको भुत्लाबाट लुगाहरू बनाए।
26and all the women whose heart hath lifted them up in wisdom, have spun the goats` [hair].
27नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए।
27And the princes have brought in the shoham stones, and the stones for settings, for the ephod, and for the breastplate,
28मानिसहरूले मसला र भद्राक्षको तेल पनि ल्याए। ती चीजहरू सुगन्धित धूप, अभिषेक तेल बत्तीको निम्ति तेल प्रयोग गरियो।
28and the spices, and the oil for the light, and for the anointing oil, and for the spice perfume;
29इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।
29every man and woman (whom their heart hath made willing to bring in for all the work which Jehovah commanded to be done by the hand of Moses) [of] the sons of Israel brought in a willing-offering to Jehovah.
30तब इस्राएली मानिसहरूलाई मोशाले भने, “हेर, यहूदा कुल समूहका ऊरीका छोरो बजलेललाई परमप्रभुले चुन्नु भयो। (ऊरी हुरका छोरा हुन्।)
30And Moses saith unto the sons of Israel, `See, Jehovah hath called by name Bezaleel, son of Uri, son of Hur, of the tribe of Judah,
31परमप्रभुले बजलेलमा परमेश्वरको आत्मा भर्नु भयो। उहाँले बजलेललाई सब प्रकारको सीप र ज्ञान दिनुभएको छ।
31and He doth fill him [with] the Spirit of God, in wisdom, in understanding, and in knowledge, and in all work,
32उसले सुन, चाँदी अनि पीतलमा कसरी आकार बनाउनु पर्छ जान्दछ।
32even to devise devices to work in gold, and in silver, and in brass,
33उसले पत्थर तथा गहनाहरू चाहिए अनुसार कुँद्न सक्छ। उसले काठमा खोप्न अनि काठबाट सबै प्रकारको चीजहरू बनाउन सक्छ।
33and in graving of stones for settings, and in graving of wood to work in any work of design.
34परमप्रभुले बजलेल र ओहोलीआबलाई विशेष सीप दिनु भएकोछ र तिनीहरूले अरू मानिसहरूलाई पनि सिकाउन सक्छन् (ओहोलीआब दान कुल समूहका अहीसामाकको छोरो हो)
34`And to direct He hath put in his heart, he and Aholiab, son of Ahisamach, of the tribe of Dan;
35परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने) अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।
35He hath filled them with wisdom of heart to do every work, of engraver, and designer, and embroiderer (in blue, and in purple, in scarlet, and in linen), and weaver, who do any work, and of designers of designs.