1परमप्रभुको वचन मकहाँ फेरि आयो। उहाँले भन्नभयो,
1And there is a word of Jehovah unto me, saying:
2“हे मानिसको छोरा! मेरा निम्ति केही भन! भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ रूँनु अनि भन, “हाय! त्यो डरलाग्दा दिन आउँदै छ।”
2`Son of man, prophesy, and thou hast said: Thus said the Lord Jehovah: Howl ye, ha! for the day!
3त्यो दिन नजीकै छ। हो परमप्रभुको न्याय गर्ने दिन नजीकै आउँदैछ। त्यो बादल लागेको दिन यो राष्ट्रहरूसँग न्याय गर्ने समय हुनेछ।
3For near [is] a day, near [is] a day to Jehovah! A day of clouds, the time of nations it is.
4मिश्रको विरूद्धमा एउटा तरवार चलाइनेछा कूशका मानिसहरू डरले काम्नेछन्! जब त्यहाँ मिश्रको पतन हुन्छ बाबेलका सेनाले मिश्रका मानिसहरूलाई बन्दी जस्तै टाडा लगेर जानेछन्। कैदीहरू जस्तै पारेर टाडा लानेछन्। मिश्रको जगहरू भत्काइनेछन्।
4And come in hath a sword to Egypt, And there hath been great pain in Cush, In the falling of the wounded in Egypt, And they have taken its store, And broken down have been its foundations.
5“धेरै मानिसहरूले मिश्रसँग शान्ति-संघि गरे। तर कूश, पूत, लूद, समस्त अरब देश, लिबिया अनि इस्राएलका सबै मानिसहरू नष्ट हुनेछन्।
5Cush, and Phut, and Lud, and all the mixture, and Chub, And the sons of the land of the covenant with them by sword do fall,
6परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “हो, जसले मिश्रलाई सहायता गर्छ, त्यसको पतन हुन्छ। त्यसको युद्धको घमण्ड नाश हुन्छ। मिग्दोलदेखि आश्वार सम्मको लागि मिश्रका मानिसहरू युद्धमा मारिनेछन्।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो!
6Thus said Jehovah: And — fallen have supporters of Egypt, And come down hath the arrogance of her strength, From Migdol to Syene, by sword they fall in her, An affirmation of the Lord Jehovah.
7मिश्र ती देशहरूसित मिल्नेछ जुन नष्ट गरिएको छ। उसको शहरहरू ती शहरहरूसित मिल्नेछन् जो नष्ट पारिएकाथिए।
7And they have been desolated in the midst of desolate lands, And its cities are in the midst of wasted cities.
8म मिश्रमा आगो लगाउँछु अनि त्यसको सबै सहायकहरू नष्ट हुनेछन्। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् म नै परमप्रभु हुँ।
8And they have known that I [am] Jehovah, In My giving fire against Egypt, And broken have been all her helpers.
9त्यस समयमा म समाचारवाहकहरू पठाउँछु। उसले जहाजहरूमा कूशको नराम्रो खबर पुर्याउन जान्छ। कूश अब आफूलाई सुरक्षित सम्झन थाल्छ। तर जब मिश्रलाई दण्ड दिनेछु त्यस बेला कूशका मानिसहरू डरले काम्नेछन्। त्यो समय आउँदैछ।
9In that day go forth do messengers from before Me in ships, To trouble confident Cush, And there hath been great pain among them, As the day of Egypt, for lo, it hath come.
10परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “म बाबेलको राजा नबूकदनेस्सरको प्रयोग गर्छु अनि म मिश्रका मानिसहरूलाई नष्ट पार्छु।
10Thus said the Lord Jehovah: I have caused the multitude of Egypt to cease, By the hand of Nebuchadrezzar king of Babylon,
11नबूकदनेस्सर अनि त्यसका मानिसहरू राष्ट्रहरूमा सर्वाधिक भंयकर छन्। म तिनीहरूलाई मिश्रदेश नष्ट गर्नका निम्ति लिएर आउँछु। तिनीहरूले मिश्रको विरूद्ध आफ्नो तरवार उठाउँनेछन्। त्यो देश लाशले भरिनेछ।
11He and his people with him — the terrible of nations, Are brought in to destroy the land, And they have drawn their swords against Egypt, And have filled the land [with] the wounded.
12म नील नदीलाई सुक्खा जमीन बनाइदिन्छु। तब म सूक्खा जमीन नराम्रो मानिसको हातमा दिन्छु। त्यो देश खाली पार्नका निम्ति म विदेशीहरूको उपयोग गर्नेछु। म परमप्रभुले यो कुराहरू भन्दैछु!”
12And I have made floods a dry place, And I have sold the land into the hand of evil doers, And I have made desolate the land, And its fulness, by the hand of strangers, I, Jehovah, have spoken.
13परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “म मिश्रमा मूर्तिहरू नष्ट पार्नेछु! म मूर्तिहरू नोपबाट बाहिर निकाल्छु। भविष्यका निम्ति मिश्र देशमा कुनै पनि शासक हुनेछैन, अनि म मिश्रबाट डर हटाउनेछु!
13Thus said the Lord Jehovah: And — I have destroyed idols, And caused vain things to cease from Noph, And a prince of the land of Egypt there is no more, And I give fear in the land of Egypt.
14म पत्रोसलाई खाली गरीदिन्छु। म सोअनमा आगो लगाई दिन्छु अनि म नो शहरलाई दण्ड दिनेछु।
14And I have made Pathros desolate, And I have given fire against Zoan, And I have done judgments in No,
15अनि म सीन नामक मिश्रको किल्लाको विरूद्ध आफ्नो क्रोध वर्षाउँनेछु! म नो शहरको मानिसहरू नष्ट पार्छु।
15And I have poured out My fury on Sin, the stronghold of Egypt, And I have cut off the multitude of No.
16म मिश्रमा आगो लगाउँछु। सीन नामक ठाँउ डरले पीडित हुन्छ, नो शहरमा सैनिकहरू लड्नेछन। अनि नोप शहरमा प्रत्येक दिन नयाँ कष्टमा हुनेछ।
16And I have given fire against Egypt, Greatly pained is Sin, and No is to be rent, And Noph hath daily distresses.
17ओन अनि पी-बेसेतको युवकहरू युद्धमा मारिनेछन् अनि स्त्रीहरू पक्राउ पर्नेछन् अनि तिनीहरूलाई लगिनेछ।
17The youths of Aven and Pi-Beseth by sword do fall, And these into captivity do go.
18यो तहपबहेसमाको निम्ति अन्धकारको दिन हुनेछ जब म मिश्रको अधिकार तोडी दिन। तिनका घमण्डी शक्ति समाप्त हुनेछ। मिश्र कालो बादल द्वारा ढाकिने छ। अनि मिश्रि केटीहरूलाई कैदी बनाएर लानेछन्।
18And in Tehaphnehes hath the day been dark, In My breaking there the yokes of Egypt, And ceased in her hath the excellency of her strength, She — a cloud doth cover her, And her daughters into captivity do go.
19यस्तो प्रकारले म मिश्रलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”‘
19And I have done judgments in Egypt, And they have known that I [am] Jehovah.`
20देशबाट निकालिएको एघारौं वर्षको प्रथम महिनाको सातौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
20And it cometh to pass, in the eleventh year, in the first [month], in the seventh of the month, hath a word of Jehovah been unto me, saying: `Son of man,
21“हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भाँचिदिएँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन। यसकारण उसको हात तरवार समात्ने योग्य भएको हुँदैन।”
21The arm of Pharaoh, king of Egypt, I have broken, And lo, it hath not been bound up to give healing, To put a bandage to bind it, To strengthen it — to lay hold on the sword.
22परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रको राजा फिराऊनको विरूद्धमा छु। म त्यसको दुवै हातहरू भाँचिदिन्छु शक्तिशाली हात अनि अर्को भाँचिएको हात। त्यसको तरवारलाई त्यसको हातबाट तल झर्ने बनाउँछु।
22Therefore, thus said the Lord Jehovah: Lo, I [am] against Pharaoh, king of Egypt, And I have broken his arms, The strong one and the broken one, And have caused the sword to fall out of his hand,
23म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु।
23And scattered the Egyptians among nations, And I have spread them through lands,
24म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ।
24And strengthened the arms of the king of Babylon, And I have given My sword into his hand, And I have broken the arms of Pharaoh, And he hath groaned the groans of a pierced one — before him.
25यसकारण म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु, तर फिराऊनको हातहरू काटिएर झर्नेछ। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् कि म नै परमप्रभु हुँ। “म बाबेलको राजाको हातमा आफ्नो तरवार दिन्छु। त्यति बेला मिश्र देशको विरूद्धमा आफ्नो तरवार अघाडी बढाउँछु।
25And I have strengthened the arms of the king of Babylon, And the arms of Pharaoh do fall down, And they have known that I [am] Jehovah, In My giving My sword into the hand of the king of Babylon, And he hath stretched it out toward the land of Egypt.
26म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”
26And I have scattered the Egyptians among nations, And I have spread them through lands, And they have known that I [am] Jehovah!`