1हामीहरूलाई देश निकाला गरिएको पच्चीसौं वर्षको आरम्भमा, दशौं महीनाको दशौं दिनमा, परमप्रभुको शक्ति मकहाँ आयो। यो यरूशलेम पक्राऊ परे पछिको चौधौं वर्षको दिन थियो। एक दर्शनमा परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो।
1In the twenty and fifth year of our removal, in the beginning of the year, in the tenth of the month, in the fourteenth year after that the city was smitten, in this self-same day hath a hand of Jehovah been upon me, and He bringeth me in thither;
2दर्शनमा परमेश्वरले मलाई इस्राएल लिएर जानु भयो। उहाँले मलाई एउटा अति अल्गो पर्वतको छेउमा झार्नु भयो। पर्वतमा एउटा भवन थियो, जुन शहरको समान देखिन्थ्यो।
2in visions of God He hath brought me in unto the land of Israel, and causeth me to rest on a very high mountain, and upon it [is] as the frame of a city on the south.
3परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो। त्यहाँ एउटा मानिस थियो जो चम्काएको काँस जस्तै चम्किरहेको देखिन्थ्यो। त्यस मानिसले एउटा लुगा नाप्ने फिता अनि एउटा नाप्ने टाँगो आफ्नो हातमा लिएको थियो, त्यो मूल-ढोकामा उभिएको थियो।
3And He bringeth me in thither, and lo, a man, his appearance as the appearance of brass, and a thread of flax in his hand, and a measuring-reed, and he is standing at the gate,
4त्यस मानिसले मलाई भन्नुभन्यो! “हे मानिसको छोरो, आफ्नो आँखा अनि कानको उपयोग गर। यी चीजहरूप्रति ध्यान देऊ अनि मेरो भनाई सुन। जुन म तिमीलाई देखाउँछु, त्यसमा ध्यान देऊ। किन? किनकि तिमीलाई यहाँ ल्याएको हो, यसकारण म तिमीलाई यी चीजहरू देखाउँनु सक्छु। तिमीले इस्राएलको परिवारलाई त्यो सबै बताउँनु जुन तिमीले यहाँ देख्दैछौ।”
4and the man speaketh unto me: `Son of man, see with thine eyes, And with thine ears hear, And set thy heart to all that I am shewing thee, For, in order to shew [it] thee, Thou hast been brought in hither, Declare all that thou art seeing to the house of Israel.`
5मैले एउटा पर्खाल देखें जसले मन्दिर चारैतिरबाट घेरेको थियो। त्यो मानिसको हातमा चीजहरू नाप्ने एउटा टाँगो थियो। त्यो टाँगो छ हातको लामो थियो। प्रत्येक हात एक हात र चार औंला लम्बाई थियो। यसकारण त्यस मानिसले पर्खालको चौडाई मोटो नाप्यो। त्यो एक हात चौडाईको थियो। त्यस मानिसले पर्खालको उचाई नाप्यो। यो एक टाँगो अग्लो थियो।
5And lo, a wall on the outside of the house all round about, and in the hand of the man a measuring-reed, six cubits by a cubit and a handbreadth, and he measureth the breadth of the building one reed, and the height one reed.
6त्यसपछि त्यो मानिस पूर्वी द्वारपट्टि गयो। त्यो मानिस त्यसको खुडकिलोमाथि चढयो अनि मूल-ढोकाको संघार नाप्यो। त्यो एक टाँगो बराबर चौडाको थियो।
6And he cometh in unto the gate whose front [is] eastward, and he goeth up by its steps, and he measureth the threshold of the gate one reed broad, even the one threshold one reed broad,
7रक्षकको कोठा एक टाँगो लामो अनि एक टाँगो चौडाई थियो। कोठाको बीचको पर्खालको मोटाई पाँच हात थियो। मन्दिरतिर फर्काएको दलानको ढोकाको सँधार एक टाँगो लामो थियो।
7and the little chamber one reed long and one reed broad, and between the little chambers five cubits, and the threshold of the gate, from the side of the porch of the gate from within, one reed.
8तब त्यस मानिसले मन्दिरसँगको मूल-ढोकाको प्रशेव कक्ष नाप्यो जुन यो एक टाँगो चौडाको थियो।
8And he measureth the porch of the gate from within one reed,
9यो आठ हात लामो थियो। तब त्यस मानिसले मूल-ढोकाको दलान नाप्यो। त्यो आठ हात थियो। त्यस मानिसले मूल-ढोकाको द्वारको स्तम्भहरू नाप्यो। हरेक द्वार स्तम्भ दुइ हात चौडाईको थियो। दलानको दैलो भित्रपट्टि थियो।
9and he measureth the porch of the gate eight cubits, and its posts two cubits, and the porch of the gates from within,
10मूल-ढोकाको प्रत्येक भित्तामा तीन-तीनवटा सानो-सानो कोठाहरू थिए। उसले प्रत्येक कोठा नाप्यो। ती कोठाहरू र दुवैतिरका स्तम्भहरू एकै नापका थिए।
10and the little chambers of the gate eastward, three on this side, and three on that side; one measure [is] to them three, and one measure [is] to the posts, on this side and on that side.
11त्यस मानिसले मूल-ढोकाको दैलोको चौडाइ नाप्यो। यो दश हात चौडा अनि तेह्र हात लामो थियो।
11And he measureth the breadth of the opening of the gate ten cubits, the length of the gate thirteen cubits;
12प्रत्येक कोठाको छेउमा एउटा पर्खाल थियो, कोठा वर्गाकार थियो अनि प्रत्येक भित्ताको चौडा छ हात थियो।
12and a border before the little chambers, one cubit, and one cubit [is] the border on this side, and the little chamber [is] six cubits on this side, and six cubits on that side.
13त्यस मानिसले मूल-ढोकाको एउटा कोठाको छानाबाट अर्को कोठाको छाना सम्म नाप्यो। त्यो एउटा ढोकाबाट आर्को ढोका सम्म पच्चीस हात लामो थियो।
13And he measureth the gate from the roof of the [one] little chamber to the roof of another; the breadth twenty and five cubits, opening over-against opening.
14त्यस मानिसले प्रवेश द्वार पनि नाप्यो। यो बीस हात चौडाको थियो। प्रवेश द्वारको चारैतिर चोक थियो।
14And he maketh the posts of sixty cubits, even unto the post of the court, the gate all round about;
15प्रवेश द्वारको मूल-ढोका पुरै बाहिरपट्टि देखि मूल-ढोकाको भित्र सम्म नाप्दा पचास हात थियो।
15and by the front of the gate of the entrance, by the front of the porch of the inner gate, fifty cubits;
16रक्षाको कोठाहरूको सबै भागमा भित्र अनि चोकमा स-साना झ्यालहरूथिए। झ्यालहरूको चौडा भागहरू द्वार तिर र्फ्केको थियो। ढोकाको प्रत्येक द्वार स्तम्भम खजूरका बोटहरू खोपिएका थिए।
16and narrow windows [are] unto the little chambers, and unto their posts at the inside of the gate all round about — and so to the arches — and windows all round about [are] at the inside, and at the post [are] palm-trees.
17तब त्यो मानिसले मलाई बाहिरी चोकमा ल्यायो। पक्का बाटोको छेउमा तीसवटा कोठाहरू थिए। मैले कोठाहरू अनि ढुङ्गा छापिएकोबाटो देखें।
17And he bringeth me in unto the outer court, and lo, chambers and a pavement made for the court all round about — thirty chambers on the pavement —
18पक्का बाटो ढोकाहरूको छेउबाट गएको थियो। पक्का बाटो त्यति नै फराकिलो ढोकाहरू जस्तै थियो। यो तल्लो पक्का बाटो थियो।
18and the pavement unto the side of the gates over-against the length of the gates [is] the lower pavement;
19त्यसपछि त्यो मानिसले तलको मूल-ढोकाको छेउको भित्रपट्टिबाट लिएर चोकको पर्खाल छेउको भित्री पट्टि सम्म नाप्यो। त्यो एक सय हात पूर्व अनि उत्तरमा थियो।
19and he measureth the breadth from before the lower gate, to the front of the inner court, on the outside, a hundred cubits, eastward and northward.
20तब त्यस मानिसले उत्तर द्वारको लम्बाई अनि चौडाई नाप्यो। त्यो बाहिर चोकको चारैतिरको भित्तामा थियो।
20As to the gate of the outer court whose front [is] northward, he hath measured its length and its breadth;
21यसको हरेक पट्टि तीन-तीन वटा कोठा थियो। यसको द्वार स्तम्भ अनि दलानको नाप एकै थियो, जुन पहिला मूल-ढोकाको थियो। मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौंडा थियो।
21and its little chambers, three on this side, and three on that side, and its posts and its arches have been according to the measure of the first gate, fifty cubits its length, and the breadth five and twenty by the cubit;
22यसको झ्यालहरू यसको दलान अनि यसको खजूरको बोटहरूले सिँगारेका चित्रका नापहरू त्यही थियो जुन पूर्व पट्टिको मूल-ढोकामा थियो। मूल-ढोका सम्म सातवटा खुट्किला थिए। मूल-ढोकाको दलान भित्र थियो।
22and its windows, and its arches, and its palm-trees [are] according to the measure of the gate whose face [is] eastward, and by seven steps they go up on it, and its arches [are] before them.
23भित्री चोकमा उत्तरको मूल-ढोका सम्म पुग्ने एउटा मूल-ढोका थियो। यो पूर्वको मूल-ढोका बराबर थियो। त्यस मानिसले एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एउटा मूल-ढोकादेखि अर्को मूल-ढोका सम्म सय हात थियो।
23And the gate of the inner court [is] over-against the gate at the north and at the east; and he measureth from gate unto gate, a hundred cubits.
24तब त्यो मानिसले मलाई दक्षिण पर्खालतिर लिएर गयो। मैले दक्षिणमा एउटा ढोका देखें। त्यस मानिसले छेवैको पर्खालहरू अनि दलान नाप्यो। त्यो नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो।
24And he causeth me to go southward, and lo, a gate southward, and he hath measured its posts and its arches according to these measures;
25यसको चारैतिर अरू मूल-ढोकाहरूको जस्तै झ्यालहरू थिए। मूल द्वारको नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।
25and windows [are] to it and to its arches all round about, like these windows, fifty cubits the length, and the breadth five and twenty cubits;
26सातवटा खुट्किलाले यो मूल-ढोका सम्म पुर्याउँथ्यो। यसको दलान भित्र थियो। हरेक पट्टि एक-एकवटा द्वारस्तम्भमा खजूरको नक्शा थियो।
26and seven steps [are] its ascent, and its arches [are] before them, and palm-trees [are] to it, one on this side, and one on that side, at its posts;
27भित्र चोकमा दक्षिणपट्टि एउटा मूल-ढोका थियो। त्यस मानिसले दक्षिण पट्टिको एउटा मूल-ढोकाबाट अर्को मूल-ढोका सम्म नाप्यो। यो एक सय हातको थियो।
27and the gate of the inner court [is] southward, and he measureth from gate unto gate southward, a hundred cubits.
28त्यसपछि त्यो मानिसले मलाई दक्षिण मूल-ढोकाबाट भित्री चोकमा लिएर गयो। दक्षिणको मूल-ढोकाको नाप त्यति नै थियो जति अरू मूल-ढोकाहरूको थियो।
28And he bringeth me in unto the inner court by the south gate, and he measureth the south gate according to these measures;
29कोठाका छेउको पर्खालहरू अनि दलानको नाप बराबर थियो जति अरू मूल-ढोकाहरूको थियो। झ्यालहरू, मूल-ढोका अनि दलानको चारैपट्टि थियो। मूल-ढोकाकोहरू नाप पचास हात लामो अनि पच्चीस हात चौडा थियो।
29and its little chambers, and its posts, and its arches [are] according to these measures, and windows [are] to it and to its arches all round about; fifty cubits the length, and the breadth twenty and five cubits.
30त्यसको चारैतिर त्यहाँ एउटा प्रवेश कोठा थियो। दलानहरू पच्चीस हात लामो अनि पाँच हात चौंडाको थियो।
30As to the arches all round about, the length [is] five and twenty cubits, and the breadth five cubits;
31प्रवेश कोठा बाहिर पट्टिको आँगन तिर थिए। यसको द्वार-स्तम्भहरूमाथि खजूरका बोटहरूका चित्र खोपिएको थियो। त्यहाँ जानलाई आठवटा खुड्किला थिए।
31and its arches [are] unto the outer court, and palm-trees [are] unto its posts, and eight steps [are] its ascent.
32त्यो मानिसले मलाई पूर्व पट्टिबाट भित्री चोकमा ल्यायो। उसले मूल-ढोका नाप्यो। त्यस मूल-ढोकाको नाप त्यही थियो। जुन अरू मूल-ढोकाको थियो।
32And he bringeth me in unto the inner court eastward, and he measureth the gate according to these measures;
33पूर्वी द्वारको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलानको नाप त्यही थियो जुन अरू मूल-ढोकाको थियो मूल-ढोका अनि दलानको चारैतिर झ्यालहरू थिए। पूर्वी मूल-ढोका पचास हात लामो अनि पच्चीस हात चौडा थियो।
33and its little chambers, and its posts, and its arches [are] according to these measures: and windows [are] to it and to its arches all round about, the length fifty cubits, and the breadth five and twenty cubits;
34त्यसको प्रवेश कोठा बाहिरको आँगनतिर थिए। प्रत्येक स्तम्भमा खजूरको बोटको चित्रहरू खोपिएको थिए। यसको सिँढीमा आठवटा खुड्किला थिए।
34and its arches [are] toward the outer court, and palm-trees [are] toward its posts, on this side and on that side, and eight steps [are] its ascent.
35त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारमा ल्यायो। उसले त्यो नाप्यो। त्यसको नाप त्यही थियो जुन अरू मूल-ढोकाहरूको थियो अर्थात,
35And he bringeth me in unto the north gate, and hath measured according to these measures;
36यसको कोठाहरू, द्वार-स्तम्भहरू अनि दलान त्यस्तै थिए। मूल-ढोकाको चारैतिर झ्यालहरू थिए। यो पचास हात लामो अनि पच्चीस हात चौडाको थियो।
36its little chambers, its posts, and its arches; and windows [are] to it all round about: the length fifty cubits, and the breadth five and twenty cubits;
37बाहिरको आगनतिर दलान थियो। प्रत्येक भित्तामाथि खजूरको बोटको चित्रहरू थिए अनि यसको सिँढीमा आठवटा खुड्किला थिए।
37and its posts [are] to the outer court, and palm-trees [are] unto its posts, on this side and on that side, and eight steps [are] its ascent.
38एउटा कोठा थियो जसको ढोका मूल-ढोकाको प्रवेश कक्षको छेउमा थियो। यो त्यहाँ थियो जहाँ पूजाहारीले होमबलिको निम्ति पशुहरूलाई नुहाई दिन्थे।
38And the chamber and its opening [is] by the posts of the gates, there they purge the burnt-offering.
39मूल-ढोकाको प्रवेश द्वारको दुवै पट्टि दुइ-दुइवटा टेबल थियो। पापका निम्ति होमबलि, दोषबलि अनि पापबलि अपराधका निम्ति भेटिको पशुहरू त्यही टेबलमाथि मारिन्थ्यो।
39And in the porch of the gate [are] two tables on this side, and two tables on that side, to slaughter on them the burnt-offering, and the sin-offering, and the guilt-offering;
40दलानको बाहिर जहाँ उत्तरी मूल-ढोका खोलिन्छ, त्यहाँ दुइवटा टेबल थियो अनि मूल-ढोकाको प्रवेश कक्षको अर्को तिर दुइवटा टेबल थियो।
40and at the side without, at the going up to the opening of the north gate, [are] two tables; and at the other side that [is] at the porch of the gate, [are] two tables;
41मूल-ढोकाभित्र चारवटा टेबल थियो। चारवटा टेबल मूल-ढोकाको बाहिर थियो। सबै मिलाएर आठवटा टेबल थियो। पूजारीहरूले यी टेबलहरूमा बलिका निम्ति पशुहरू मार्थे।
41four tables [are] on this side, and four tables on that side, at the side of the gate, eight tables on which they slaughter.
42होमबलिका निम्ति काटिएको ढुङ्गाको चारबाट टेबल थिए। यी टेबलहरू डेढ हात लामो, डेढ हात चौडा अनि एक हात अल्गो थियो। पूजाहारीले होमबलि अनि बलिदानका निम्ति जुन पशुहरू मार्थे, उसले मार्ने हतियारहरू त्यो टेबलमा राख्थे।
42And the four tables for burnt-offering [are] of hewn stone: the length one cubit and a half, and the breadth one cubit and a half, and the height one cubit: on them they place the instruments with which they slaughter the burnt-offering and the sacrifice.
43चार औंला चौडा भएको बीट पुरै टेबलमा लगाएको थियो। भेटीका निम्ति मासु टेबलमाथि राखिन्थ्यो।
43And the boundaries [are] one handbreadth, prepared within all round about: and on the tables [is] the flesh of the offering.
44भित्री चोकको मूल-ढोकाको बाहिर दुइवटा कोठाहरू थिए। एउटा उत्तरी मूल-ढोकासँग थियो। यसको दलान दक्षिणपट्टि थियो। अर्को कोठा दक्षिण मूल-ढोका पट्टि थियो। यसको दलान उत्तरपट्टि थियो।
44And on the outside of the inner gate [are] chambers of the singers, in the inner court, that [are] at the side of the north gate, and their fronts [are] southward, one at the side of the east gate [hath] the front northward.
45त्यस मानिसले मलाई भन्यो, “त्यो कोठा, जसको दलान दक्षिणपट्टि छ, यो त्यहाँ काम गरिरहेका अनि मन्दिरको सेवा गरिरहेका पूजाहारीहरूको लागि हो।
45And he speaketh unto me: `This chamber, whose front [is] southward, [is] for priests keeping charge of the house;
46तर त्यो कोठा जसको दलान उत्तरपट्टि छ, त्यो त्यहाँ काम गरिरहेका पूजाहारीहरूका निम्ति हो जो आफ्नो काममा छन् अनि वेदीको सेवा गर्नेहरूका निम्ति हो। यी सबै पूजाहारीहरू सादोकका सन्तानहरू हुन्। सादोकको वंशज नै लेवी कुलका एक मात्र मानिस हो, जो परमप्रभुको सेवा आफैसित बलि ल्याएर गर्न सक्छ।”
46and the chamber, whose front [is] northward, [is] for priests keeping charge of the altar: they [are] sons of Zadok, who are drawing near of the sons of Levi unto Jehovah, to serve Him.`
47त्यस मानिसले चोक नाप्यो। चोक पूर्ण वर्गाकारको थियो। त्यो एक सय हात लामो अनि एक सय हात चौडाको थियो। वेदी मन्दिरको छेउमा थियो।
47And he measureth the court: the length a hundred cubits, and the breadth a hundred cubits, square, and the altar [is] before the house.
48त्यो मानिसले मलाई मन्दिरको दलानमा लिएर गयो अनि त्यसको हरेक द्वार-स्तम्भ नाप्यो। यहाँ प्रत्येक पट्टि पाँच हात थियो। मूल-ढोका चौध हात चौडाईको थियो। मूल-ढोका छेउको पर्खाल तीन हात प्रत्येक पट्टि थियो।
48And he bringeth me in unto the porch of the house, and he measureth the post of the porch, five cubits on this side, and five cubits on that side, and the breadth of the gate, three cubits on this side, and three cubits on that side;
49दलान बीस हात लामो अनि बाह्र हात चौंडाको थियो। दलान सम्म दश खुडकिलाहरू थिए। द्वार-स्तम्भको सहायताको लागि दुवैतिर स्तम्भ थियो।
49the length of the porch twenty cubits, and the breadth eleven cubits; and by the steps whereby they go up unto it: and pillars [are] at the posts, one on this side, and one on that side.