Nepali

Young`s Literal Translation

Ezekiel

7

1तब परमप्रभुको सन्देश मकहाँ आयो।
1And there is a word of Jehovah unto me, saying, `And thou, son of man, Thus said the Lord Jehovah to the ground of Israel:
2उहाँले भन्नुभयो, “हे मानिसको छोरा, अब परमप्रभु मेरो मालिकको सन्देश यस प्रकार छ। यो सन्देश इस्राएल देशको निम्ति हो अन्त्य! अन्त्य आइरहेको छ। सारा देश नष्ट हुनेछ।
2An end, come hath the end on the four corners of the land.
3अब तिम्रो अन्त्य आएको छ। म देखाउँने छु कि म तिमीहरू प्रति कति क्रोधित छु। म तिमीलाई त्यो नराम्रो कर्मका निम्ति दण्ड दिनेछु जुन तिमीले गरेका छौ। तिमीले जुन डरलाग्दो काम गरेका छौ म तिमीलाई त्यसको दण्ड तिराउँने छु।
3Now [is] the end unto thee, And I have sent Mine anger upon thee, And judged thee according to thy ways, And set against thee all thine abominations.
4म तिमीहरूलाई दया देखाउने छँईन म तिमीहरू प्रति टिठाउँने छैन। म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु। तिमीहरूले डरलाग्दो काम गरेका छौ। अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।”
4And no pity on thee hath Mine eye, nor do I spare, For thy ways against thee I do set, And thine abominations are in thy midst, And ye have known that I [am] Jehovah.
5परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो, “एक पछि अर्को गर्दै आपत आउँनेछ।
5Thus said the Lord Jehovah: Evil, a single evil, lo, it hath come.
6अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ।
6An end hath come, come hath the end, It hath waked for thee, lo, it hath come.
7तिमी इस्राएलका मानिसहरू, के तिमीहरूले चेताउनीको ध्वनी सुनिरहेकोछौ? शत्रुहरू आउँदैछन्। त्यो दण्डको समय चाँढै आउँदैछ। शत्रुहरूको खैलाबैला झन चर्को हुँदै पर्वतमाथि पुग्दैछ।
7Come hath the morning unto thee, O inhabitant of the land! Come hath the time, near [is] a day of trouble, And not the shouting of mountains.
8म चाँडै नै देखाउँनेछु कि म कति क्रोधित छु। म तिम्रो विरूद्ध मेरो सारा क्रोध प्रकट गर्नेछु। म ती नराम्रो कामको निम्ति दण्ड दिनेछु जुन तिमीले गरेकाछौ। तिमीलाई तिमीले गरेको डरलाग्दो कार्यको निम्ति ज्याला दिन लगाउनेछु।
8Now, shortly I pour out My fury on thee, And have completed Mine anger against thee, And judged thee according to thy ways, And set against thee all thine abominations.
9म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोडने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।
9And not pity doth Mine eye, nor do I spare, According to thy ways unto thee I give, And thine abominations are in thy midst, And ye have known that I [am] Jehovah the smiter.
10“दण्डको त्यो समय आई पुग्यो। दण्ड फूलहरू फूल्न शुरू भए जस्तै शुरू हुनेछ; के तिमीले चेताउनीको ध्वनी सुन्दैछौ? परमेश्वरले संकेत दिनु भएकोछ। फूल फूल्नु लागे झैं दण्ड आरम्भ हुँदैछ। घमण्डी राजा नबूकदनेस्सर तयार छ।
10Lo, the day, lo, it hath come, Gone forth hath the morning, Blossomed hath the rod, flourished the pride.
11त्यो हिंस्रक मानिस दुष्ट मानिसहरूलाई दण्ड दिन तयारी भइरहेको छ। ऊ तिनीहरू मध्येको एकजना होइन। ऊ तिनीहरूको भीडबाट एक जना होइन। ऊ तिनीहरूको सन्तान मध्येको पनि एक होइन। ऊ तिनीहरूको अगुवाहरू मध्यको पनि होइन।
11The violence hath risen to a rod of wickedness, There is none of them, nor of their multitude, Nor of their noise, nor is there wailing for them.
12“दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ।
12Come hath the time, arrived hath the day, The buyer doth not rejoice, And the seller doth not become a mourner, For wrath [is] unto all its multitude.
13मानिस जसले उसको सम्पत्ति बेच्छ यो उसले फिर्ता पाउने छैन। यद्यपि मानिस जीवित रहेता पनि उसले उसको सम्पत्ति फिर्ता पाउँने छैन। किनभने यो दर्शन सम्पूर्ण समूहका मानिसहरूका निम्ति हो। यसलाई फिर्ता लिन सक्तैन। प्रत्येक मानिसले उसको पापहरूको कारण उसको ज्यान सम्म बचाउनु सक्तैन।
13For the seller to the sold thing turneth not, And yet among the living [is] their life, For the vision [is] unto all its multitude, It doth not turn back, And none by his iniquity doth strengthen his life.
14“तिनीहरूले मानिसहरूलाई चेताउनी दिन तुरही बजाउने छन्। मानिसहरू युद्ध गर्नको निम्ति तयार रहन्छन्। तर तिनीहरू युद्ध गर्न निस्कने छैनन्। किनभने तिनीहरू सबैसित अत्यनतै क्रोधित छु।
14They have blown with a trumpet to prepare the whole, And none is going to battle, For My wrath [is] unto all its multitude.
15तरवार लिएर शत्रुहरू शहरको बाहिर छन्। रोग अनि भोक शहर भित्र छ। यदि कोही पनि शत्रुको मैदानमा गयो भने शत्रुको सेनाले त्यसलाई मार्नेछ। यदि उ शहरमा बस्यो भने रोग र भोकले उसलाई नष्ट पार्नेछ।
15The sword [is] without, And the pestilence and the famine within, He who is in a field by sword dieth, And he who is in a city, Famine and pestilence devour him.
16“तर कति मानिसहरू बाँचेर निस्कने छन्। ती बाँचेका मानिसहरू भागेर पहाडमाथि जानेछन्। तर तिनीहरू सुखी हुने छैनन्। तिनीहरू आफ्नो पापले गर्दा दुखी हुनेछन्। तिनीहरू चिच्याउने छन् अनि ढुकुरले जस्तै दुखले भरिएको आवाज निकाल्नेछन्।
16And escaped away have their fugitives, And they have been on the mountains As doves of the valleys, All of them make a noising — each for his iniquity.
17मानिसहरू यति थकित र खिन्न हुनेछन् कि तिनीहरू आफ्नो हात पनि उठाउँनु सक्ने छैनन्। तिनीहरूको खुट्टा पानी जस्तै हुनेछ।
17All the hands are feeble, and all knees go — waters.
18तिनीहरूले भाङ्गरा लगाउँने छन् अनि डरले काम्ने छन्। तिमीहरू प्रत्येकको अनुहारमा लाज देख्ने छौ। तिनीहरूले शोक देखाउनको निम्ति आफ्नो टाउको खौराउँने छन्।
18And they have girded on sackcloth, And covered them hath trembling, And unto all faces [is] shame, And on all their heads — baldness.
19तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फ्याँकिदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किन? किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन्। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरू थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्याएनन्।
19Their silver into out-places they cast, And their gold impurity becometh. Their silver and their gold is not able to deliver them, In a day of the wrath of Jehovah, Their soul they do not satisfy, And their bowels they do not fill, For the stumbling-block of their iniquity it hath been.
20“ती मानिसहरूले तिनीहरूको सुन्दर गहना उपयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु।
20As to the beauty of his ornament, For excellency He set it, And the images of their abominations, Their detestable things — they made in it, Therefore I have given it to them for impurity,
21म तिनीहरूलाई विदेशीहरूको हातमा छोडिदिनेछु। ती विदेशीहरूले तिनीहरूको हाँसो उडाउनेछन्। ती विदेशीहरूले तिनीहरू मध्ये कतिलाई मार्नेछन अनि कतिलाई बन्दी बनाउँनेछन्।
21And I have given it into the hand of the strangers for a prey, And to the wicked of the land for a spoil, And they have polluted it.
22म आफ्नो अनुहार तिनीहरूदेखि फर्काउनेछु तिनीहरूलाई हेर्नेछैन्। ती विदेशीहरूले मेरो मन्दिर भत्काउनेछन् तिनीहरू त्यो पवित्र भवनको गुप्त भागमा जान्छन् अनि त्यसलाई अपवित्र बनाउँनेछन्।
22And I have turned My face from them, And they have polluted My hidden place, Yea, come into it have destroyers, and polluted it.
23“कैदीहरूकानिम्ति साङ्गली तयार पार! किन? किनभने धेरै मानिसहरूलाई अरू मानिसहरू मारेको खातिर दण्ड दिनेछ। त्यहाँ शहरका प्रत्येक ठाउँहरूमा अत्याचार फैलिने छ।
23Make the chain; for the land Hath been full of bloody judgments, And the city hath been full of violence.
24म अरू देशहरूबाट दुष्ट मानिसहरू ल्याउँनेछु। अनि ती दुष्ट मानिसहरूले सबै इस्राएलका मानिसहरूका घरहरू पाउँनेछन्। म सबै शक्तिशाली मानिसहरूलाई घमण्डी हुनुबाट रोक्नेछु। अरू देशहरूका ती मानिसहरूले तिमीहरूको पूजा गर्ने सबै स्थानहरू लिनेछन्।
24And I have brought in the wicked of the nations, And they have possessed their houses, And I have caused to cease the excellency of the strong, And polluted have been those sanctifying them.
25“तिमीहरू मानिसको डरले काम्ने छौ। तिमीहरू शान्ति खोज्नेछौ तर त्यहाँ पाउँने छैनौं।
25Destruction hath come, And they have sought peace, and there is none.
26तिमीले एक पछि एक गर्दै दुखको कथा सुन्ने छौ। तिमीले नराम्रो खबर बाहेक अरू केही सुन्ने छैनौ। तिमीले अगमवक्ताको खोजी गरेर दर्शन सोध्नेछौ, तर तिमीहरूले केही पनि पाउने छैनौ। पूजाहारीसँग तिमीहरूलाई दिने व्यवस्थाको शिक्षा केही पनि हुने छैन अनि बूढा-प्रधानहरूसँग तिमीलाई दिने राम्रो सल्लाह हुनेछैन।
26Mischief on mischief cometh, and report is on report, And they have sought a vision from a prophet, And law doth perish from the priest, And counsel from the elders,
27तिमीहरूको राजा तिनीहरूको निम्ति रूनेछन् जो मरिसकेको छ। अगुवाहरूले शोक वस्त्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउँनेछन्। किन? किनकि म त्यसको बदला लिन्छु जुन तिनीहरूले गरेका छन्। म तिनीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।”
27The king doth become a mourner, And a prince putteth on desolation, And the hands of the people of the land are troubled, From their own way I deal with them, And with their own judgments I judge them, And they have known that I [am] Jehovah!`