1सारा एक सय सत्ताईस वर्षसम्म बाँचिन्।
1And the life of Sarah is a hundred and twenty and seven years — years of the life of Sarah;
2अनि कनान देशको किर्यतअर्बा (हेब्रोन) शहरमा मरिन्। अब्राहाम आफ्नी पत्नीको मृत्युमा दुःखी भए अनि उनको निम्ति रोए।
2and Sarah dieth in Kirjath-Arba, which [is] Hebron, in the land of Caanan, and Abraham goeth in to mourn for Sarah, and to bewail her.
3त्यसपछि अब्राहामले आफ्नी मरेकी स्वास्नीलाई छोडेर हित्ती मानिसहरूसित कुरा गर्न गए।
3And Abraham riseth up from the presence of his dead, and speaketh unto the sons of Heth, saying,
4उनले भने, “म यस प्रदेशको बासिन्दा होइन। यहाँ त म केवल यात्री हुँ यसर्थ मेरी पत्नीको लाश गाडनुको निम्ति कही जग्गा छैन, म अलिकति जग्गा चाहन्छु म त्यो लाश गाडन सकूँ।”
4`A sojourner and a settler I [am] with you; give to me a possession of a burying-place with you, and I bury my dead from before me.`
5ती हित्ती मानिसहरूले अब्राहामलाई उत्तर दिए,
5And the sons of Heth answer Abraham, saying to him,
6“महाशय सुन्नु होस्, तपाईं हामीहरूमाझ परमेश्वरका एकजना मानिस हुनुहुन्छ यसर्थ हाम्रो चिहान घारीमा तपाईं जहाँ मन पराउनु हुन्छ त्यहाँ फिक्री नगरी आफ्नो पत्नीको लाश गाड्न सक्नु हुन्छ। तपाईंकी पत्नीको लाश गाडन यहाँ हामी मध्ये कसैले पनि बाधा दिन सक्तैनौ।”
6`Hear us, my lord; a prince of God [art] thou in our midst; in the choice of our burying-places bury thy dead: none of us his burying-place doth withhold from thee, from burying thy dead.`
7अब्राहाम उठे अनि मानिसहरूको सामुन्ने शिर निहुराए।
7And Abraham riseth and boweth himself to the people of the land, to the sons of Heth,
8तिनले तिनीहरूलाई भने, “यदि तपाईंहरू साँच्चै मेरी पत्नीको लाश गाड्नको निस्ति सहायता गर्नु हुन्छ भने मेरो कुरा सुन्नु होस् र सोअरको छोरो एप्रोनसित मेरो निम्ति कुरा गरिदिनु होस्।
8and he speaketh with them, saying, `If it is your desire to bury my dead from before me, hear me, and meet for me with Ephron, son of Zoar;
9उसलाई भन्नु होस् उसको खेतको आखिरमा मक्पेलाको ओडार छ र उनले मलाई त्यो मेरो दाममा चिहान बनाउन दियोस्।”
9and he giveth to me the cave of Machpelah, which he hath, which [is] in the extremity of his field; for full money doth he give it to me, in your midst, for a possession of a burying-place.`
10एप्रोन तिनीहरू कै बीचमा थियो। उनले अब्राहामलाई उत्तर दियो।
10And Ephron is sitting in the midst of the sons of Heth, and Ephron the Hittite answereth Abraham in the ears of the sons of Heth, of all those entering the gate of his city, saying,
11“होइन, महाशय। म तपाईंलाई जमीन दिनेछु। यी सब मानिसहरूकोअघि म तपाईंलाई ओडार दिनेछु जसको फलस्वरूप तपाईंले त्यस जग्गामा आफ्नी पत्नीको लाश गाड्न सक्नु हुन्छ।”
11`Nay, my lord, hear me: the field I have given to thee, and the cave that [is] in it, to thee I have given it; before the eyes of the sons of my people I have given it to thee — bury thy dead.`
12तब अब्राहामले हित्ती मानिसहरूको अघि शिर निहुराए।
12And Abraham boweth himself before the people of the land,
13ती सबै मानिसहरूको सम्मुख अब्राहामले एप्रोनसित भने, “तर म त खेतको पुरै मोल दिन चाहन्छु। मैले दिएको दाम स्वीकार गर्नु होस्। म मेरा मर्नेहरूलाई त्यहाँ गाड्छु।”
13and speaketh unto Ephron in the ears of the people of the land, saying, `Only — if thou wouldst hear me — I have given the money of the field — accept from me, and I bury my dead there.`
14एप्रोनले अब्राहामलाई उत्तर दियो,
14And Ephron answereth Abraham, saying to him,
15“हे महाशय मेरो कुरा सुन्नु होस्। त्यस जग्गाको दाम त चार सय चाँदीको शेकेल हुन सक्छ जो तपाईं र मेरो निम्ति यो कुनै ठूलो कुरा होइन। तपाईंले आफ्नी पत्नीको मृत देह त्यहाँ गाड्नु होस्।”
15`My lord, hear me: the land — four hundred shekels of silver; between me and thee, what [is] it? — thy dead bury.`
16अब्राहामले एप्रोनको कुरा माने अनि हित्ती मानिसहरूको सामुन्ने तिनले चार सय सिक्का चाँदी तौलीएर जमीनको धन्धा गर्ने व्यापारीको हातमा थमाई दिए।
16And Abraham hearkeneth unto Ephron, and Abraham weigheth to Ephron the silver which he hath spoken of in the ears of the sons of Heth, four hundred silver shekels, passing with the merchant.
17[This verse may not be a part of this translation]
17And established are the field of Ephron, which [is] in Machpelah, which [is] before Mamre, the field and the cave which [is] in it, and all the trees which [are] in the field, which [are] in all its border round about,
18[This verse may not be a part of this translation]
18to Abraham by purchase, before the eyes of the sons of Heth, among all entering the gate of his city.
19तब अब्राहामले उनकी पत्नीको मृत शरीरलाई मक्पेलाको चउरमा कनान देशको हेब्रोन (मम्रे) को छेऊमा गुफामा गाडे।
19And after this hath Abraham buried Sarah his wife at the cave of the field of Machpelah before Mamre (which [is] Hebron), in the land of Canaan;
20अब्राहामले त्यो जमीन र ओडार हित्ती मानिसहरूको अघि किने अनि त्यो तिनको कान्नी रूपले भयो अनि तिनले त्यो जमीन चिहान घारीको निम्ति प्रयोग गरे।
20and established are the field, and the cave which [is] in it, to Abraham for a possession of a burying-place, from the sons of Heth.