Nepali

Young`s Literal Translation

Genesis

40

1पछि, फिरऊनका दुइजना नोकरहरूले फिरऊनप्रति केही गल्ती गरे। तिनीहरूमध्ये एकजना फिरऊनका लागि रोटी पकाउने अनि अर्को उनको दाखरस दिने नोकर थिए।
1And it cometh to pass, after these things — the butler of the king of Egypt and the baker have sinned against their lord, against the king of Egypt;
2फिरऊन यी रोटी पकाउने र दाखरस सेवा गर्ने मानिसहरूसित क्रोधित भए।
2and Pharaoh is wroth against his two eunuchs, against the chief of the butlers, and against the chief of the bakers,
3उनले तिनीहरूलाई फिरउनले यूसुफलाई जस्तै फोतिफरलाई झ्यालखानाम पठाए जसको मुख्य अगंरक्षकको घरमा जहाँ यूसुफ थियो।
3and giveth them in charge in the house of the chief of the executioners, unto the round-house, the place where Joseph [is] a prisoner,
4प्रमुखले ती दुइजनालाई यूसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस झ्यालखानामा केही दिन थिए।
4and the chief of the executioners chargeth Joseph with them, and he serveth them; and they are days in charge.
5एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो।
5And they dream a dream both of them, each his dream in one night, each according to the interpretation of his dream, the butler and the baker whom the king of Egypt hath, who [are] prisoners in the round-house.
6यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए।
6And Joseph cometh in unto them in the morning, and seeth them, and lo, they [are] morose;
7यूसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?”
7and he asketh Pharaoh`s eunuchs who [are] with him in charge in the house of his lord, saying, `Wherefore [are] your faces sad to-day?`
8ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।” यूसुफले तिनीहरूलाई भने, “परमेश्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।”
8And they say unto him, `A dream we have dreamed, and there is no interpreter of it;` and Joseph saith unto them, `Are not interpretations with God? recount, I pray you, to me.`
9यसर्थ दाखरस सेवकले यूसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें।
9And the chief of the butlers recounteth his dream to Joseph, and saith to him, `In my dream, then lo, a vine [is] before me!
10त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अगूँरको गुच्छा भयो।
10and in the vine [are] three branches, and it [is] as it were flourishing; gone up hath its blossom, its clusters have ripened grapes;
11मैले फिरऊनको प्याला समातेको थिए यसर्थ दाख टिपेर त्यो प्यालामा निचोरेर त्यो प्याला फिरऊनलाई दिएँ।”
11and Pharaoh`s cup [is] in my hand, and I take the grapes and press them into the cup of Pharaoh, and I give the cup into the hand of Pharaoh.`
12तब यूसुफले उत्तर दियो, “म सपनाको व्याख्या तिमीलाई दिनेछु। ती तीनवटा हाँगाहरूको अर्थ तीन दिन हो।
12And Joseph saith to him, `This [is] its interpretation: the three branches are three days;
13तीन दिन शेष हुनुअघि फिरऊनले यहाँ आएर तिमीलाई आफ्नो काममा जान अनुमति दिनेछन्। तिमीले त्यही काम गर्नेछौ जुन काम तिमीले फिरऊनसित पहिले गरिरहेका थियौ।
13yet, within three days doth Pharaoh lift up thy head, and hath put thee back on thy station, and thou hast given the cup of Pharaoh into his hand, according to the former custom when thou wast his butler.
14तर जब तिमी यहाँबाट मुक्ति पाउँछौ मलाई पनि सझना गर्नु। मलाई सहायता अनि मेरो भलाई गर। मेरो विषयमा फिरऊनलाई भन जसले गर्दा म यहाँबाट निस्कन सकुँ।
14`Surely if thou hast remembered me with thee, when it is well with thee, and hast done (I pray thee) kindness with me, and hast made mention of me unto Pharaoh, then hast thou brought me out from this house,
15मलाई हिब्रूहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।”
15for I was really stolen from the land of the Hebrews; and here also have I done nothing that they have put me in the pit.`
16त्यस रोटी पकाउनेले थाहा पायो अर्को नोकरको सपना राम्रो थियो। यसर्थ मुख्य रोटी पकाउनेले यूसुफलाई भने, “मैले पनि सपना देखें। मैले सपनामा देखें मेरो टाउको माथि रोटीले भरिएको तीनओटा डालाहरू थिए।
16And the chief of the bakers seeth that he hath interpreted good, and he saith unto Joseph, `I also [am] in a dream, and lo, three baskets of white bread [are] on my head,
17सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।”
17and in the uppermost basket [are] of all [kinds] of Pharaoh`s food, work of a baker; and the birds are eating them out of the basket, from off my head.`
18यूसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो।
18And Joseph answereth and saith, `This [is] its interpretation: the three baskets are three days;
19तीन दिनभित्र राजा यहाँ आउनु हुनेछ अनि तिमी कैदबाट मुक्त हुनेछौ। तब राजाले तिम्रो टाउको छिनाउनु हुनेछ अनि तिम्रो शरीर खुट्टामा झुण्ड्याउँनु हुनेछ अनि तिम्रो शरीरको मासु चराहरूले खानेछन्।” यूसुफलाई बिर्सिन्छन्
19yet, within three days doth Pharaoh lift up thy head from off thee, and hath hanged thee on a tree, and the birds have eaten thy flesh from off thee.`
20तीन दिनपछि फिरऊनको जन्म दिन थियो। फिरऊनले आफ्नो सबै नोकरहरूलाई भोज दिए। भोजमा फिरऊनले मुख्य दाखरस दिने र मुख्य रोटी पकाउने नोकरहरूलाई झ्यालखानाबाट निकाल्ने अनुमति दिए।
20And it cometh to pass, on the third day, Pharaoh`s birthday, that he maketh a banquet to all his servants, and lifteth up the head of the chief of the butlers, and the head of the chief of the bakers among his servants,
21फिरऊनले दाखरस दिने सेवकलाई मुक्त गर्यो अनि उसलाई आफ्नो पुरानो काममा नै लगायो। अनि दाखरस दिने सेवकले फिरऊनको हातमा दाखरसको प्याला राखिदियो।
21and he putteth back the chief of the butlers to his butlership, and he giveth the cup into the hand of Pharaoh;
22तर फिरऊनले मुख्य रोटी पकाउनेलाई फाँसी दियो अनि यूसुफले जे जे हुन्छ भनी बताएको थियो त्यही भयो।
22and the chief of the bakers he hath hanged, as Joseph hath interpreted to them;
23तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो। फिरऊनको सपना
23and the chief of the butlers hath not remembered Joseph, but forgetteth him.