1परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः
1The burden of Babylon that Isaiah son of Amoz hath seen:
2“त्यस पर्वतमाथि यी झण्डा उठाऊ जहाँ केही पनि उब्जिन्दैन्। मानिसहरूलाई बोलाऊ। तिम्रा हातहरू हल्लाऊ। तिनीहरूका प्रमुख मानिसहरूलाई प्रवेशद्वारहरूबाट छिर्नु भन!”
2`On a high mountain lift ye up an ensign, Raise the voice to them, wave the hand, And they go in to the openings of nobles.
3परमेश्वरले भन्नुभयोः “मैले ती मानिसहरूलाई जन समूहबाट छुट्याएँ अनि म आफै नै तिनीहरूलाई आज्ञा दिनेछु। म रिसाएको छु। ती मानिसहरूलाई दण्ड दिनका लागि मैले मेरा सबभन्दा भेला गरें। उत्तम मानिसहरूलाई यी खुशी मानिसहरूको लागि म र्गवित छु।
3I have given charge to My sanctified ones, Also I have called My mighty ones for Mine anger, Those rejoicing at Mine excellency.`
4“त्यहाँ पर्वतहरूमा ठूलो हल्ला छ। ध्यान लगाएर हल्ला सुन्। यो धेरै राष्ट्रहरूका मानिसहरूको हल्ला जस्तो छ। सेनाहरूका परमप्रभुले आफ्ना सैनिकहरूलाई एक साथ बोलाइरहनु भएको छ।
4A voice of a multitude in the mountains, A likeness of a numerous people, A voice of noise from the kingdoms of nations who are gathered, Jehovah of Hosts inspecting a host of battle!
5परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्। तिनीहरू क्षितिज पारिबाट आइरहेका छन्। परमप्रभुले आफ्नो क्रोध दर्शाउनलाई ती सेनाहरूलाई हतियार स्वरूप चलाउनु हुनेछ। ती सेनाहरूले सम्पूर्ण देश नै नष्ट परिदिनेछन्।”
5They are coming in from a land afar off, From the end of the heavens, Jehovah and the instruments of His indignation, To destroy all the land.
6परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।
6Howl ye, for near [is] the day of Jehovah, As destruction from the Mighty it cometh.
7मानिसहरूले आफ्नो हिम्मत हार्नेछन् र मानिसहरूलाई डरले कमजोर बनाउने छ।
7Therefore, all hands do fail, And every heart of man doth melt.
8प्रत्येक मानिस डराउने छन्। नानी जन्माउन ओटकी आइमाईको पेटको पीडा सरह डरले तिनीहरूका पेटमा पीडा हुनेछ। तिनीहरूका अनुहार आगो जस्तो रातो हुने छ। मानिसहरू छक्क पर्नेछन् किनभने त्यस्तो डरले भरिएको हेराई तिनीहरूका छिमेकिहरूका अनुहारहरूमा समेत हुनेछ।
8And they have been troubled, Pains and pangs they take, As a travailing woman they are pained, A man at his friend they marvel, The appearance of flames — their faces!
9हेर, परमप्रभुको विशेष दिन आइरहेछ! यो दिन भयानक हुनेछ। परमेश्वर रिसाउनु हुनेछ अनि उहाँले देश ध्वंश पारि दिनुहुनेछ। प्रत्येक पापीलाई त्यस देश छोड्नु वाध्यतामा पार्नुहुनेछ।
9Lo, the day of Jehovah doth come, Fierce, with wrath, and heat of anger, To make the land become a desolation, Yea, its sinning ones He destroyeth from it.
10आकाश अन्धकार हुने छ। घाम, जून र तारा-मण्डलहरू चम्कने छैनन्।
10For the stars of the heavens, and their constellations, Cause not their light to shine, Darkened hath been the sun in its going out, And the moon causeth not its light to come forth.
11परमेश्वर भन्नुहुन्छ, “म यस संसारमा नराम्रा कुरा हुने कारण सृष्टि गर्नेछु। म दुष्ट मानिसहरूलाई तिनीहरूको पापको लागि दण्ड दिन्छु। म घमण्डीको शेखी झारिदिनेछु। म तिनीहरूप्रति कुनै दया-माया राख्ने छैन।
11And I have appointed on the world evil, And on the wicked their iniquity, And have caused to cease the excellency of the proud, And the excellency of the terrible I make low.
12त्यहाँ केही मानिसहरू मात्र छोडिनछन्। सुन जस्ता निष्खोट मानिस पाउन त्यहाँ दुर्लभ हुनेछ। अनि ती अलिकति रहेका मानिसहरू खाँटी सुन झैं बहुमूल्य हुनेछन्।
12I make man more rare than fine gold, And a common man than pure gold of Ophir.
13मेरो क्रोधमा म आकाश थर्काई दिनेछु। अनि पृथ्वी आफ्नो ठाउँबाट हट्नेछ।” त्यो त्यस दिन हुनेछ, जब सेनाहरूका परमप्रभू क्रोधित हुनुहुन्छ।
13Therefore the heavens I cause to tremble, And the earth doth shake from its place, In the wrath of Jehovah of Hosts, And in a day of the heat of his anger.
14तब मानिसहरू घाइते मृग जस्तै भाग्नेछन्। तिनीहरू गोठालो नभएको भेडा जस्तै भाग्नेछन्। तिनीहरू भागेर आफ्नो देश र मानिसहरूकहाँ जानेछन्।
14And it hath been, as a roe driven away, And as a flock that hath no gatherer, Each unto his people — they turn, And each unto his land — they flee.
15अनि ती शत्रुहरूले ज-जसलाई पक्रनेछन् ती सबैलाई तरवारले मार्नेछन्।
15Every one who is found is thrust through, And every one who is added falleth by sword.
16तिनीहरूका घरमा भएका सबै चीज-बीजहरू चोरिनेछ। तिनीहरूका पत्नीहरूको इज्जत लूटिनेछ। तिनीहरूका नानीहरूलाई कुटेर मार्नेछन् तर मानिसहरूले हेरिरहेका हुनेछन्।
16And their sucklings are dashed to pieces before their eyes, Spoiled are their houses, and their wives lain with.
17परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरूद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्।
17Lo, I am stirring up against them the Medes, Who silver esteem not, And gold — they delight not in it.
18आक्रमण गर्दा सिपाहीहरूले बाबेलका जवानहरूलाई मार्नेछन्। सिपाहीहरूले भर्खर जन्मिएका नानीहरूमाथि समेत दया र करूणा देखाउने छैनन्। सिपाहीहरू नानीहरूप्रति दयालु हुने छैनन्।
18And bows dash young men to pieces, And the fruit of the womb they pity not, On sons their eye hath no pity.
19“सदोम र गमोरा जस्तै नै बाबेल पनि ध्वंश पारिनेछ। परमेश्वरले यस्तो ध्वंशात्मक घट्ना घटाउनु हुनेछ जहाँ केही रहने छैन। सबै राज्यहरूमा बाबेल सर्वश्रेष्ठ छ। बासिन्दाहरू आफ्नो राज्यप्रति साह्रै र्गवित हुनेछन्।
19And Babylon, the beauty of kingdoms, The glory, the excellency of the Chaldeans, Hath been as overthrown by God, With Sodom and with Gomorrah.
20तर मानिसहरू भविष्यमा त्यहाँ बस्न योग्यका हुने छैनन्। अरबीहरूले त्यहाँ तम्बु टाँग्ने छैनन्। गोठालाहरूले आफ्ना भोजनको लागि त्यहाँ भेडा ल्याउने छैनन्।
20She doth not sit for ever, Nor continueth unto many generations, Nor doth Arab pitch tent there, And shepherds lie not down there.
21जङ्गलबाट आएका जङ्गली जनावरहरू मात्र त्यहाँ बाँचिरहेका हुनेछन्। मानिसहरू बाबेलमा भएका आफ्ना घरहरूमा बस्नु पाउने छैनन्। घरहरूमा लाटोकोसेरोहरू र ठूल-ठूला चराहरू बस्नेछन्। लामा-लामा भुत्लाहरू भएका जङ्गली बाख्राहरू त्यस घरहरूमा चराहरू हिडनेछन्।
21And Ziim have lain down there, And full have been their houses of howlings, And dwelt there have daughters of an ostrich, And goats do skip there.
22जङ्गली कुकुरहरू अनि ब्वाँसोहरू बाबेलका विशाल महलहरूमा कराउने छन्। बाबेल खतम हुनेछ। बाबेलको अन्त नजिकै आइसक्यो। त्यो विध्वंशको दिन म पर्खने छैन्।”
22And Aiim have responded in his forsaken habitations, And dragons in palaces of delight, And near to come [is] her time, And her days are not drawn out!