Nepali

Young`s Literal Translation

Isaiah

26

1त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछन परमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ। हामीसँग बलियो शहर छ। हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्।
1In that day sung is this song in the land of Judah: `We have a strong city, Salvation He doth make walls and bulwark.
2प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्। ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्।
2Open ye the gates, that enter may a righteous nation, Preserving stedfastness.
3परमप्रभु तपाईंले मानिसहरूलाई साँचो शान्ति दिनुभयो जो तपाईंमाथि आस्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्।
3An imagination supported Thou fortifiest peace — peace! For in Thee it is confident.
4यसकारण, सर्धै परमप्रभुमा भरोसा राख। किन? परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ!
4Trust ye in Jehovah for ever, For in Jah Jehovah [is] a rock of ages,
5तर परमप्रभुले अंहकारी शहरहरू ध्वंश गर्नुहुनेछ। अनि त्यहाँ बसिरहेका मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले, त्यो उच्च शहरलाई भूईंमा झारि दिनुहुनेछ यो धुलोमा खस्ने छ।
5For He bowed down the dwellers on high, A city set on high He maketh low, He maketh it low unto the earth, He causeth it to come unto the dust,
6तब गरीब र साधरण मानिसहरू त्यो भग्नावशेषमाथि हिंड्ने छन्।
6Tread it down doth a foot, Feet of the poor — steps of the weak.
7असल मानिसहरूको लागि जिउने बाटो ईमानदारीता हो। भद्र मानिसहरूले यस्तो बाटो पहिल्याउछँन् जुन सीधा र साँचो हुन्छ अनि तपाईंले बाटो सजिलो पार्नु भयो जसले गर्दा तिनीहरू आरामसित हिडन सकुन्।
7The path for the righteous [is] uprightness, O upright One, The path of the righteous Thou dost ponder.
8तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं। हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।
8Also, [in] the path of Thy judgments, O Jehovah, we have waited [for] Thee, To Thy name and to Thy remembrance [Is] the desire of the soul.
9मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ। अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनेको प्रात कालमा तपाईंसँग रहन चाहन्छ। जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ, मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।
9[With] my soul I desired Thee in the night, Also, [with] my spirit within me I seek Thee earnestly, For when Thy judgments [are] on the earth, The inhabitants of the world have learned righteousness.
10यदि तपाईंले तिनीहरूलाई करूणा दर्शाउनु भयो भने दुष्ट मानिसहरूले राम्रो काम गर्न सिक्ने छैनन्। उनीहरू राम्रो संसारमा बसे ता पनि दुष्ट मानिसहरूले अनिष्ट कामहरू मात्र गर्दछन्। त्यो दुष्ट मानिसले कहिले पनि परमप्रभुको महानता देख्ने छैन।
10The wicked findeth favour, He hath not learned righteousness, In a land of straightforwardness he dealeth perversely, And seeth not the excellency of Jehovah.
11तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ, तर तिनीहरू यसलाई देख्दैनन्। तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्। निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्। निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।
11O Jehovah, high [is] Thy hand — they see not, They see the zeal of the people, and are ashamed, Also, the fire — Thine adversaries, consumeth them.
12परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ, किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।
12O Jehovah, Thou appointest peace to us, For, all our works also Thou hast wrought for us.
13हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तर विगतमा हामी अन्य देवताहरूको पछि लाग्यौं। हामी अन्य मालिकहरूका अधीनमा भयौ। तर अब हामी चाहन्छौं कि मानिसहरूले खाली तपाईंको नाउँ मात्र सम्मान गर्छौ।
13O Jehovah our God, lords have ruled us besides Thee, Only, by Thee we make mention of Thy name.
14ती मृत देवताहरू जीवत हुनेछैनन्। ती प्रेतहरू मृत्युबाट बौरी उठ्नेछैनन्। तपाईंले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु भएको छ। जसले हामीलाई सोच्न लगाउँदछन् त्यो प्रत्येक कुरा नाश गर्नु भयो।
14Dead — they live not, Rephaim, they rise not, Therefore Thou hast inspected and dost destroy them, Yea, thou destroyest all their memory.
15तपाईंले त्यस राष्ट्रलाई सधाउनु भयो जसलाई तपाईं माया गर्नु हुन्थ्यो। तपाईंले उसको साँध बढाउनु भयो। हे परमप्रभु, तपाईंको नाउँ गरिमापूर्ण छ।
15Thou hast added to the nation, O Jehovah, Thou hast added to the nation, Thou hast been honoured, Thou hast put far off all the ends of earth.
16हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन् तिनीहरूले तपाईंलाई याद गर्दछन्। जब तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ। मानिसहरूले तपाईं प्रति चुपचाप प्रार्थना गर्दछन्।
16O Jehovah, in distress they missed Thee, They have poured out a whisper, Thy chastisement [is] on them.
17हे परमप्रभु, जब हामी तपाईं सँग थिएनौं, हामी प्रसुतो वेदनामा रूने स्त्री जस्तै थियौं।
17When a pregnant woman cometh near to the birth, She is pained — she crieth in her pangs, So we have been from Thy face, O Jehovah.
18हामीलाई प्रचण्ड वेदना थियो। तर हामीले हावा मात्र जन्मायौं। हामीले संसारका लागि मानिसहरू बनाउन सकेनौं। हामीले यस धर्तीमा मुक्ति ल्याएनौं।
18We have conceived, we have been pained. We have brought forth as it were wind, Salvation we do not work in the earth, Nor do the inhabitants of the world fall.
19तर परमप्रभु भन्नुहुन्छ “तिम्रा मानिसहरू पहिल्यै मरिसकेका छन्, तर तिनीहरू फेरि बाँच्नेछन्। मेरा मानिसहरूका मृत शरीरहरू मृत्युबाट उठ्नेछन्। मृत मानिसहरू भूईंमा उभिएर आनन्दित हुन्छन्! शीतले तपाईंलाई यस प्रकार छोप्नेछ जसरी नयाँ विहानको शीतमा प्रकाशका चमक हुन्छ। नयाँ समय आएको संकेत दिन्छ जब पृथ्वीले मृत्युलाई त्याग गर्छ।”
19`Thy dead live — My dead body they rise. Awake and sing, ye dwellers in the dust, For the dew of herbs [is] thy dew, And the land of Rephaim thou causest to fall.
20हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ। ढोकाहरू बन्द गर। केही क्षणको लागि आफ्ना कोठाहरूभित्र लुक। परमेश्वरको क्रोध शान्त नभइञ्जेल सम्म लुक।
20Come, My people, enter into thy inner chambers, And shut thy doors behind thee, Hide thyself shortly a moment till the indignation pass over.
21संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई परमप्रभुले आफ्नो ठाउँ छोडेर आउनु हुनेछ। पृथ्वीमा जो जो मारिए उनीहरूको रगत प्रकट गराइनेछ। पृथ्वीले धेरै बेरसम्म मृत-मानिसहरू छिपाउने छैन।
21For, lo, Jehovah is coming out of His place, To charge the iniquity of the inhabitant of the earth upon him, And revealed hath the earth her blood, Nor doth she cover any more her slain!`