1परमेश्वरले भन्नुहुन्छ, “अरीएलमा हेर! अरीएल। त्यो शहर, जहाँ दाऊदले छाउनी बनाएका थिए। उसको छुट्टीहरू, र्बष पछि लगातार भयो।
1Wo [to] Ariel, Ariel, The city of the encampment of David! Add year to year, let festivals go round.
2मैले अरीएललाई दण्डित गरें। त्यो शहर खिन्नता र विलापले परिपूर्ण भयो। तर सधैं मेरो अरीएल भई।
2And I have sent distress to Ariel, And it hath been lamentation and mourning, And it hath been to me as Ariel.
3अरीएल मैले तिम्रो वरिपरि सैनिकहरू तैनाथ पारें र राखें। मैले तिम्रो विरूद्ध विशाल युद्ध आह्वान गरें तिमी पराजित भयौ।
3And I encamped, O babbler, against thee, And I laid siege against thee — a camp. And I raised up against thee bulwarks.
4अनि भूईंमा ढल्यौ। अब, म भूईंबाट प्रेतको आवाज जस्तो तिम्रो आवाज सुन्दछु तिम्रो शब्दहरू मैलाबाट आउने सुक्खा आवाज जस्तो छ।”
4And thou hast been low, From the earth thou speakest, And from the dust makest thy saying low, And thy voice hath been from the earth, As one having a familiar spirit, And from the dust thy saying whisperest,
5त्यहाँ धूलोका कणहरू जस्तै धेरैजना विदेशीहरू छन्। त्यहाँ हावामा उडने फूलको पराग जस्तै धेरै क्रुर मानिसहरू छन्। अचानक तिमीकहाँ नै आउनेछन्।
5And as small dust hath been The multitude of those scattering thee, And as chaff passing on the multitude of the terrible, And it hath been at an instant — suddenly.
6सेनाहरूका परमप्रभुले तिमीहरूलाई भूईंचालो, बज्रपात र डरलाग्दो होहल्लाद्वारा दण्ड दिनु हुन्छ। भुवँरी, आँधी-बेरी र आगो थिए, जेले जलाउँछन अनि नष्ट पार्छ।
6By Jehovah of Hosts thou art inspected, With thunder, and with an earthquake, And great noise, hurricane, and whirlwind, And flame of devouring fire.
7धेरै-धेरै जातिहरू अरीएलको विरूद्ध युद्ध गर्न तयार भए यो एक भयानक सपना जस्तो थियो। सैनिकहरूले अरीएललाई घेरेर दण्डित गरे।
7And as a dream, a vision of night, hath been The multitude of all the nations Who are warring against Ariel, And all its warriors, and its bulwark, Even of those distressing her.
8तर यो पनि सैन्यहरूको लागि सपना जस्तै भयो। तिनीहरूले मन पराएको केही भेटेनन्। यो एक जना भोको मानिसले भोजनको सपना देखे जस्तै थियो। जब त्यो मानिस ब्यूँझिन्छ, ऊ भोकै हुनेछ। यो एकजना तिर्खाएको मानिसले देखेको पानीको सपना जस्तै हुनेछ। जब मानिस ब्यूँझन्छ, ऊ तिर्खाएकै हुन्छ। यो सियोनको विरोधमा लड्ने प्रत्येक राष्ट्रको लागि साँचो हो, ती राष्ट्रहरू सन्तुष्ट थिएनन्।
8And it hath been, as when the hungry dreameth, And lo, he is eating, And he hath waked, and empty [is] his soul, And as when the thirsty dreameth, And lo, he is drinking, and he hath waked, And lo, he is weary, and his soul is longing, So is the multitude of all the nations Who are warring against mount Zion.
9आश्चर्यचकित र छक्क पर। तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।
9Tarry and wonder, look ye, yea, look, Be drunk, and not with wine, Stagger, and not with strong drink.
10परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ। परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्नेछ।) परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।
10For poured out on you hath Jehovah a spirit of deep sleep, And He closeth your eyes — the prophets, And your heads — the seers — He covered.
11यी कुरारू घट्ने छन् म तिमीहरूलाई भन्छु, तर तिमीहरूले मलाई बुझ्ने छैनौ। मेरा शब्दहरू त्यस्ता शब्दहरू हुन् जो पुस्तकमा बन्द र मोहर लगाएको छ। तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिनसक्छौ जसले पढन सक्छ, अनि त्यस मानिसलाई त्यो पुस्तक पढनु भन्। तर त्यस मानिसले भन्नेछ, “म त्यो पुस्तक पढन सक्तिनँ, यो बन्द छ र म खोल्नु सक्तिनँ”
11And the vision of the whole is to you, As words of the sealed book, That they give unto one knowing books, Saying, `Read this, we pray thee,` And he hath said, `I am not able, for it [is] sealed;`
12अथवा तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिन सक्छौ जसले पढन सक्दैन्। अनि त्यस मानिसलाई पढ भनेर भन्। त्यस मानिसले भन्नेछ, “म यो पुस्तक पढन सक्तिन किनभने म पढन जान्दिन्।”
12And the book is given to him who hath not known books, Saying, `Read this, we pray thee,` And he hath said, `I have not known books.`
13मेरो मालिकले भन्नुहुन्छ, “ती मानिसहरूले मलाई प्रेम गर्छु भन्छन्। तिनीहरूले मलाई मुखबाट शब्दहरू निकालेर सम्मान दर्शाउँछन्। तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। तिनीहरूले मप्रति दर्शाएका आदर अनि गौरव केही होइन तिनीहरूले केवल मानव विधिहरू स्मरण गरेका मात्र हुन्।
13And the Lord saith: Because drawn near hath this people, with its mouth, And with its lips they have honoured Me, And its heart it hath put far off from Me, And their fear of Me is — A precept of men is taught!
14यसैले म तिनीहरूलाई लगातार प्रभाव पूर्ण र अचम्म लाग्दा कामहरू गरेर चकित पारिरहन्छु। तिनीहरूका ज्ञानी मानिसहरूले आफ्ना विवेकहरू हराउनेछन्। तिनीहरूमा बुझ्ने क्षमता हुँदैन।”
14Therefore, lo, I am adding to do wonderfully with this people, A wonder, and a marvel, And perished hath the wisdom of its wise ones, And the understanding of its intelligent ones hideth itself.`
15ती मानिसहरू धेरै कुराहरू परमप्रभुबाट लुकाउने कोशिश गर्दछन्। तिमीहरूले सोच्दछन् कि परमप्रभुले बुझ्नु हुन्न्। तिनीहरूले आफ्नो दुष्ट कार्यहरू अँध्यारोमा गर्नेछन्, तिनीहरूले आफैलाई भन्ने छन्, “कसैले पनि हामीलाई देख्न सक्तैन। हामी को हौं भनेर पनि कसैले चिन्दैन।”
15Wo [to] those going deep from Jehovah to hide counsel, And whose works have been in darkness. And they say, `Who is seeing us? And who is knowing us?`
16तिमी अन्योलमा पर्नेछौ। तिमी माटो र कुमालेलाई बराबर हो भन्ने सोच्छौ। तिमी सोच्छौ एउटा चीज जुन बनाइन्छ त्यसले आफ्नो सृष्टिकर्तालाई भन्न सक्छ, “तिमीले मलाई बनाएनौ।” यो आफूलाई सृष्टि गर्नेलाई भनिरहेको भाडाँ जस्तै हो, “तिमी बुझ्दैनौं।”
16Your perversion! as clay is the potter esteemed? That the work saith of its maker, `He hath not made me?` And the framed thing said of its framer, `He did not understand?`
17यो सत्य हो। केही समय पछि कर्मेल पर्वत झैं लबानोनले मलिलो माटो पाउनेछ अनि कर्मेल पर्वतको खेतहरू बाक्ला बन जस्तै हुनेछन्।
17Is it not yet a very little, And turned hath Lebanon to a fruitful field, And the fruitful field for a forest is reckoned?
18बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ।
18And heard in that day have the deaf the words of a book, And out of thick darkness, and out of darkness, The eyes of the blind do see.
19परमप्रभुले दीन, दुःखीहरूलाई खुशी बनाउनु हुनेछ। ती दुखी मानिसहरूले इस्राएलको परम पवित्रतामा आनन्द मानाउनेछन्।
19And the humble have added joy in Jehovah, And the poor among men In the Holy One of Israel rejoice.
20दुष्ट र निर्दयी मानिसहरूको अन्त भएपछि यस्तो घटना हुनेछ। जब ती मानिसहरूले नराम्रा कामहरू गर्दै आनन्द लुटिरहेको दिनहरू समाप्त भएपछि यस्तो घटना हुनेछ।
20For ceased hath the terrible one, And consumed hath been the scorner, And cut off have been all watching for iniquity,
21ती मानिसहरूले असल मानिसहरूका बारेमा झूटो कुरा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई न्यायालयमा पुर्याउन खोज्दछन्। ती निर्दोष मानिसहरूलाई नाश पार्न चाहन्छ।
21Causing men to sin in word, And for a reprover in the gate lay a snare, And turn aside into emptiness the righteous.
22यसैले परमप्रभु याकूबका परिवारसित बात मार्नु हुन्छ। उहाँ उही परमप्रभु हुनुहुन्छ जसले अब्राहामलाई स्वतन्त्र पार्नु भयो। परमप्रभु भन्नुहुन्छ, “अब याकूब लज्जित र व्याकुल हुनेछैन् न त तिनीहरूको अनुहार पहेंलो हुनेछ।
22Therefore, thus said Jehovah, Who ransomed Abraham, Concerning the house of Jacob: `Not now ashamed is Jacob, Nor now doth his face become pale,
23उसले आफ्नो छोरा-छोरीहरू देख्नेछ अनि उसले मलाई मेरो नाउँ पवित्र छ भन्नेछ। ती केटा-केटीलाई मैले आफ्ना हातहरूले बनाएँ। अनि ती केटा-केटीहरूले याकूबका पर-मपवित्र एकदमै विशेष प्रकारको रहेछ भन्नेछन्। ती केटाकेटीहरूले इस्राएलका परमेश्वरलाई मान्ने छन्।
23For in his seeing his children, The work of My hand, in his midst, They sanctify My name, And have sanctified the Holy One of Jacob, And the God of Israel they declare fearful.
24धेरै जना मानिसहरूले बुझेनन् यसैले तिनीहरूले गल्ती कामहरू गरे। ती मानिसहरूले बुझेनन्, तर तिनीहरूले आफ्नो शिक्षा पाउनेछन्।”
24And the erring in spirit have known understanding, And murmurers learn doctrine!`