Nepali

Young`s Literal Translation

Isaiah

41

1परमप्रभुले भन्नुहुन्छ, “टाढामा भएका देशहरू, शान्त बन र मकहाँ आऊ। जातिहरू बालवान होऊ। मकहाँ आऊ र बोल। हामी साथ साथै भेट्नेछौं, अनि को ठीक हो भनेर निर्णय गर्नेछौं।
1Keep silent towards Me, O isles, And the peoples pass on [to] power, They come nigh, then they speak, `Together — to judgment we draw near.`
2निम्न प्रश्नहरूका मलाई उत्तर देऊ जो मानिस पूर्वबाट आइरहेको छ उसलाई कसले जगायो? धार्मिकता उसँग हिंड्दछ। उसले आफ्नो तरवार चलाउँछ र जातिहरू परास्त गर्छ। तिनीहरू धूलोको जस्ता हुन्छन्। उसले आफ्नो धनु चलाउँछ र राजाहरूलाई जित्छ अनि तिनीहरू हावाले पराल उडाए झैं भाग्दछन्।
2Who stirred up from the east a righteous one? He calleth him to His foot, He giveth before him nations, And kings He causeth him to rule, He giveth [them] as dust [to] his sword, As driven stubble [to] his bow.
3उसले सैन्यहरूको खेदो गर्दछ र कहिल्यै घाइते हुँदैन्। उ कहिल्यै नपुगेका ठाउँहरू पुग्दछ।
3He pursueth them, he passeth over in safety A path with his feet he entereth not.
4कसले यी कुराहरू हुने गरायो? कसले यो गर्यो? कसले प्रारम्भदेखि सारा मानिसहरूलाई बोलायो? म, परमप्रभुले, यी कुराहरू गरे। म, परमप्रभु नै प्रथम मानिस हुँ, अनि जब पृथ्वीमा सारा थोकहरू समाप्त हुन्छन् म यहाँ हुनेछु।
4Who hath wrought and done, Calling the generations from the first? I, Jehovah, the first, and with the last I [am] He.
5तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ। तिमीहरू सबै सुदूर ठाउँहरू, पृथ्वीमाथि डरले कम्पित हौ। यहाँ मकहाँ आऊ र ध्यान दिएर सुन्‌।” अनि तिनीहरू आए।
5Seen have isles and fear, ends of the earth tremble, They have drawn near, yea, they come.
6“कर्मीहरू एकार्कामा सहयोग गर्छन आपस साथ निभाउँदछ। तिनीहरू बलियो हुनलाई परस्परमा प्रेरणा दिन्छन्।
6Each his neighbour they help, And to his brother he saith, `Be strong.`
7एकजना कर्मीले मूर्ति बनाउनलाई काठ काट्छ। त्यस मानिसले सुनारलाई प्रेरणा दिँन्छ। अर्को एकजना कर्मीले मार्तोल पिटेर धातुलाई चिल्लो पार्दछ। त्यसपछि त्यस कर्मीले लीही चलाउनेलाई प्रेरित गर्दछ। यो अन्तिम कर्मीले भन्दछ, ‘यो काम असल हो, धातु आउने छैन्।’ त्यसपछि भूईंमा नखसोस् भनेर त्यसलाई काँटी ठोकेर दरिलो बनाउँदछ ताकि त्यो कहिल्यै नढलोस्। अनि त्यो कहिल्यै हल्लिदैन।”
7And strengthen doth an artizan the refiner, A smoother [with] a hammer, Him who is beating [on] an anvil, Saying, `For joining it [is] good,` And he strengtheneth it with nails, it is not moved!
8परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ, याकूब मैले तिमीलाई रोजें। तिमी आब्राहाम परिवारका हौ। अनि म आब्राहामलाई प्रेम गर्दछु।
8— And thou, O Israel, My servant, Jacob, whom I have chosen, Seed of Abraham, My lover,
9तिमी टाढा देशमा थियौ, तर म तिमीकहाँ पुगें मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ। मैले भने, ‘तिमी मेरो दास हौ।’ तिमीलाई रोजें। अनि मैले तिमीलाई रद्ध गरिनँ।
9Whom I have taken hold of, from the ends of the earth, And from its near places I have called thee, And I say to thee, My servant Thou [art], I have chosen thee, and not rejected thee.
10सुर्ता नगर, म तिमीसितै छु। नडराऊ, म तिम्रै परमेश्वर हुँ। म तिमीलाई बलियो बनाउनेछु। म तिमीलाई सहायता दिनेछु, म तिमीलाई मेरो धार्मिकताको दाहिने हातले समाल्नेछु।
10Be not afraid, for with thee I [am], Look not around, for I [am] thy God, I have strengthened thee, Yea, I have helped thee, yea, I upheld thee, With the right hand of My righteousness.
11हेर, कतिपय मानिसहरू तिमीसँग रिसिएका छन्। तर तिनीहरू लज्जित हुनेछन्। तिम्रा शत्रुहरू हराउनेछन् र विलाई जानेछन्।
11Lo, all those displeased with thee, They are ashamed and blush, They are as nothing, yea, perish Do the men who strive with thee.
12तिमीले ती मानिसहरूलाई खोज्नेछौ जो तिम्रो विरोधीहरू थिए, तर तिमीले तिनीहरूलाई भेटाउन सक्ने छैनौ। ती मानिसहरू जो तिम्रो विरूद्ध लडे तिनीहरू पूर्ण रूपमा बिलाई जानेछन्।
12Thou seekest them, and findest them not, The men who debate with thee, They are as nothing, yea, as nothing, The men who war with thee.
13म परमप्रभु तिम्रो परमेश्वर हुँ। मैले तिम्रो दाहिने हात समाति रहेकोछु। अनि म तिमीलाई भन्दछु नडराऊ। म तिम्रो साथमा हुनेछु।
13For I, Jehovah thy God, Am strengthening thy right hand, He who is saying to thee, `Fear not, I have helped thee.`
14हे बहुमूल्य यहूदा, नडराऊ! मेरा इस्राएलका प्रिय मानिसहरू, भयभीत न हौ म साँच्चि नै तिमीहरूलाई सघाउने छु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नु भएको थियो। इस्राएलका पवित्र परमप्रभु जसले तिमीलाई बचाए उहाँले ती कुराहरू भन्नुभयो
14Fear not, O worm Jacob, ye men of Israel, I helped thee, an affirmation of Jehovah, Even thy redeemer, the Holy One of Israel.
15“हेर, म तिमीलाई एक झाँटने उपकरण बनाउनेछु। त्यो उपकरण धेरै तीखा दाँतहरू भएका हुनेछन्, कृषकहरूले यो अन्न कुट्नलाई चलाउने छन् यसकारण तिनीहरूले अन्न देखि खोस्टा अलग्गै पार्नेछन्। तिमी पर्वतहरूमाथि कुल्चिँदै हिडनेछौ र तिनीहरूलाई धूलोपीठो पार्नेछौ। तिमीले पहाडहरूलाई छिल्काहरू जस्तो पार्नेछौ।
15Lo, I have set thee for a new sharp threshing instrument, Possessing teeth, thou threshest mountains, And beatest small, and hills as chaff thou makest.
16तिमीले तिनीहरूलाई बतास फ्याँकी दिनेछौ, अनि तिनीहरूलाई उडाएर लैजाने छ र छरपष्ट पारिदिने छ। तब तिमी परमप्रभुमा रमाहट हुनेछौ। तिमी इस्राएलका पवित्र परमप्रभुसँग गर्व गर्नेछौ।”
16Thou winnowest them, and a wind lifteth them up, And a whirlwind scattereth them, And thou — thou rejoicest in Jehovah, In the Holy One of Israel dost boast thyself.
17“गरीब र दीन-दुखी मानिसहरूले पानी खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्। तिनीहरूको जिब्राहरू सुवखा छन्। म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु। म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।
17The poor and the needy are seeking water, And there is none, Their tongue with thirst hath failed, I, Jehovah do answer them, The God of Israel — I forsake them not.
18म सुक्खा पहाडहरूमा नदीहरू बगाइ दिनेछु। म झरनाको मूल फुटाएर बेंसीहरूमा बगाउने छु। म पानीले भरिपूर्ण पार्नेछु मरूभूमिलाई तलाउमा परिर्वतन गर्नेछु। त्यहाँ सुख्खा भूमिहरूमा झरनाका पानी हुनेछ।
18I open on high places rivers, And in midst of valleys fountains, I make a wilderness become a pond of water, And a dry land become springs of water.
19देवदारूहरू मरूभूमिमा उम्रिनेछन्, त्यहाँ बबुलका रूखहरू, चन्दनका र जैतूनका रूखहरू र धूपीका रूखहरू हुनेछन्।
19I give in a wilderness the cedar, Shittah, and myrtle, and oil-tree, I set in a desert the fir-pine and box-wood together.
20मानिसहरूले ती कुराहरू हेर्नेछन्। अनि उनीहरूले बुझ्ने छन् कि यी सबै परमप्रभुकै शक्तिले भएका हुन्। मानिसहरूले यी कुराहरू देख्नेछन् अनि तिनीहरूले बुझ्न थाल्नेछन कि इस्राएलका पवित्र परमप्रभुले यी कुराहरू गरेका हुन्।”
20So that they see, and know, And regard, and act wisely together, For the hand of Jehovah hath done this, And the Holy One of Israel hath prepared it.
21परमप्रभु, याकूबका राजाले भन्नहुन्छ, “आऊ मलाई तिमीहरूका वाद-विवादहरू बताऊ। मलाई तिमीहरूका प्रमाणहरू देखाऊ, अनि हामी ती कुराहरू ठीक रहेछन् भनेर निर्णय गर्नेछौ।
21Bring near your cause, saith Jehovah, Bring nigh your mighty ones, saith the king of Jacob.
22तिमीहरूका झूटा देवताहरू आउनु पर्छ अनि के भइरहेछ बताउनु पर्छ। “आदिमा के भयो? हामीलाई बताऊ। भविष्यमा के हुने हो? हामीलाई बताऊ। हामी एकदम ध्यान दिएर सुन्नेछौ। तब मात्र हामीहरू जान्नेछौ कि अर्को पल्ट के हुने हो।
22They bring nigh, and declare to us that which doth happen, The first things — what they [are] declare ye, And we set our heart, and know their latter end, Or the coming things cause us to hear.
23हामीलाई ती कुराहरू बताऊ जुन के हुने होला हामीले जान्नै पर्छ। तब तिमीहरू वास्तवमा देवताहरू नै हौ भनेर हामी विश्वास गर्ने छौ। केही त गर! जे पनि गर राम्रो वा नराम्रो। तब तिमी जीउँदो नै हौ भनेर हामी देख्नेछौ। अनि हामी तिमीलाई पछ्याउने छौं।
23Declare the things that are coming hereafter, And we know that ye [are] gods, Yea, ye may do good or do evil, And we look around and see [it] together.
24“हेर, झूटा देवताहरू, तिमीहरू वास्तवमा केही पनि होइनौ। तिमीहरू केही गर्न सक्तैनौ। केवल मूर्ख मानिसहरूले मात्र तिमीहरूलाई पुज्ने छन्।”
24Lo, ye [are] of nothing, and your work of nought, An abomination — it fixeth on you.
25“मैले उत्तरबाट एकजना मानिसलाई माथि उठाउएको छु। उ पूर्वबाट आइरहेकोछ जहाँबाट सूर्य उदाउँछ। उसले मेरो आराधना गर्छ। एकजना कुमाले जसले भाँडा बनाउँछ, हिलो माटोमा हिडँछ। त्यस्तै प्रकारले त्यो मानिस राजाहरूलाई मिचेर हिँड्छ।”
25I have stirred up [one] from the north, And he cometh, From the rising of the sun he calleth in My name, And he cometh in [on] prefects as [on] clay, And as a potter treadeth down mire.
26यस्तो हुन भन्दा अघि हामीलाई कसले भन्यो? हामीले उनलाई परमेश्वर भनेर घोषणा गर्नुपर्छ। के तिमीहरूको एउटै मूर्तिले यी कुराहरूको विषय भन्यो र? अहँ। ती कुनै पनि मूर्तिहरूले हामीलाई केही पनि भनेनन्। ती मूर्तिहरूले एउटा शब्द पनि भनेनन् अनि ती झुटा देवताहरूले तिमीले भनेका शब्दहरू सुन्न सक्तैनन्।
26Who hath declared from the first, and we know? And beforetime, and we say, `Righteous?` yea, there is none declaring, Yea, there is none proclaiming, Yea, there is none hearing your sayings.
27सियोनका बारेमा ती कुराहरू भन्ने म, परमप्रभु, नै प्रथम ब्याक्ती थिएँ। मैले यो समाचार सहित यरूशलेममा सन्देशवाहकहरू पठाएँ “हेर, तिम्रा मानिसहरू फर्केर आइरहेछन्।”
27First to Zion, Behold, behold them, And to Jerusalem one proclaiming tidings I give,
28मैले ती झूटा देवताहरूमा हेरें। तिनीहरू केही भन्नलाई कोही पनि बुद्धिमानी थिएनन्। मैले तिनीहरूलाई प्रश्नहरू गरें तर तिनीहरूले एउटा शब्द पनि भनेनन्।
28And I see that there is no man, Yea, of these that there is no counsellor, And I ask them, and they return word:
29ती सारा देवताहरू वास्तवमा केही पनि होइनन्। ती मूर्तिहरू पूर्णत महत्वहीन छन्। तिनीहरूले केही गर्न सक्तैनन्।
29`Lo, all of them [are] vanity, Nought [are] their works, Wind and emptiness their molten images!`