Nepali

Young`s Literal Translation

Isaiah

52

1जाग! जाग! हे सियोन! आफै वस्त्र लगाऊ! आफ्नो शक्ति धारण गरेर पवित्र यरूशेलेममा उभ! मानिसहरू जो परमेश्वरको बाटोमा हिंड्न तयार भएनन तिमीहरूकहाँ फेरि प्रवेश गर्नेछैन्। ती मानिसहरू शुद्ध र सफा छैनन्।
1Awake, awake, put on thy strength, O Zion, Put on the garments of thy beauty, Jerusalem — the Holy City; For enter no more into thee again, Do the uncircumcised and unclean.
2धूलो टक्टकाऊ। आफ्ना आश्चर्य पोषाकहरू लगाऊ! यरूशलेम, सियोनको छोरी, तिमी कैदी थियौ। तर अहिले, आफ्नो साङ्गलाहरूबाट मुक्त छौ जुन बन्धन तिम्रा घाँटी वरिपरि बाँधिएका थिए।
2Shake thyself from dust, arise, sit, O Jerusalem, Bands of thy neck have loosed themselves, O captive, daughter of Zion.
3परमप्रभु भन्नुहुन्छ, “तिमीहरू पैसाकोलागि बेचिएनौ। यसकारण म तिमीहरूलाई मुक्त पार्न पैसाको प्रयोग गर्ने छैन्।”
3For thus said Jehovah: `For nought ye have been sold, And not by money are ye redeemed.`
4परमप्रभु, मेरो मालिकले भन्नुहुन्छ, “मेरा मानिसहरू पहिले बस्नलाई मिश्रतिर गए अनि त्यसपछि तिनीहरू दासहरू भए। पछि अश्शूरले तिनीहरूलाई दास बनाए।
4For thus said the Lord Jehovah: `To Egypt My people went down at first to sojourn there, And Asshur — for nought he hath oppressed it.
5अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरेन्। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैं नराम्रा कुराहरू गर्दछन्।”
5And now, what — to Me here, An affirmation of Jehovah, That taken is My people for nought? Its rulers cause howling, — an affirmation of Jehovah, And continually all the day My name is despised.
6परमप्रभु भन्नुहुन्छ, “यस्तो भयो, यसकारण मेरा मानिसहरूले मेरो बारेमा सिक्नेछन्। मेरा मानिसहरूले म को हुँ भनेर जान्नेछन्। मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन्, अनि तिनीहरूले म उही परमेश्वर हुँ भनेर जान्नेछन् जो उनीहरूसित बोलिरहेकोछु।”
6Therefore doth My people know My name, Therefore, in that day, Surely I [am] He who is speaking, behold Me.`
7एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं!” तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!”
7How comely on the mountains, Have been the feet of one proclaiming tidings, Sounding peace, proclaiming good tidings, Sounding salvation, Saying to Zion, `Reigned hath thy God.`
8शहरका पहरादारहरू चिच्याउन थाले। तिनीहरू सबै एकार्कामा आनन्दित छन्। किन? किनभने तिनीहरू प्रत्येकले परमप्रभु सियोन तर्फ फर्किरहेको देख्दछन्।
8The voice of thy watchmen! They have lifted up the voice, together they cry aloud, Because eye to eye they see, in Jehovah`s turning back [to] Zion.
9यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किन? किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ।
9Break forth, sing together, O wastes of Jerusalem, For Jehovah hath comforted His people, He hath redeemed Jerusalem.
10परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्।
10Jehovah hath made bare His holy arm Before the eyes of all the nations, And seen have all the ends of the earth, The salvation of our God.
11तिमीहरू बन्दी मुक्त हुनुपर्छ। त्यो ठाउँ छोड। पूजाहरीहरू, तिमीहरूले जे चीजहरू बोक्छौ सबै पूजामा उपयोग हुन्छन्, यसैले आफूलाई शुद्ध पार। कुनै चीज नछोऊ जुन पवित्र छैन।
11Turn aside, turn aside, go out thence, The unclean touch not, go out from her midst, Be ye pure, who are bearing the weapons of Jehovah.
12तिमीहरू कैदबाट मुक्त हुनेछौ, तर तिनीहरूले तिमीहरूलाई छोडन हतार गर्दैनन्। तिमीहरू बलपूर्वक खेदिनेछैनौ। तिमीहरू हिँडनेछौ अनि तिमीहरूसँग परमप्रभु हिँडनुहुनेछ। परमप्रभु तिमीहरूका सामुने जानुहुनेछ अनि इस्राएलका परमेश्वर पछिल्तिर हुनुहुनेछ।
12For not in haste do ye go out, Yea, with flight ye go not on, For going before you [is] Jehovah, And gathering you [is] the God of Israel!
13“हेर मेरो दासलाई। उ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्।
13Lo, My servant doth act wisely, He is high, and hath been lifted up, And hath been very high.
14“तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो।
14As astonished at thee have been many, (So marred by man his appearance, And his form by sons of men.)
15तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन तर तिनीहरूले बुझे।”
15So doth he sprinkle many nations. Concerning him kings shut their mouth, For that which was not recounted to them they have seen, And that which they had not heard they have understood!