1परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।
1And Jehovah saith unto me: Though Moses and Samuel should stand before Me, My soul is not toward this people, Send from before My face, and they go out.
2ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ, ‘ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।
2And it hath come to pass, when they say to thee, Whither do we go out? that thou hast said unto them, Thus said Jehovah: Those who [are] for death — to death, And those who are for the sword, to the sword, And those who are for famine, to famine, And those who are for captivity, to captivity.
3म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।
3And I have appointed over them four kinds, an affirmation of Jehovah, The sword to slay, and the dogs to drag, And the fowl of the heavens, And the beast of the earth, to consume and to devour.
4यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’
4And I have given them for a trembling To all kingdoms of the earth, Because of Manasseh son of Hezekiah king of Judah, For that which he did in Jerusalem.
5यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दुखी हुने छैन। कुनै मानिस पनि तिम्रो निम्ति दुखी साथै रूने छैन कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्।
5For who hath pity on thee, O Jerusalem? And who doth bemoan for thee? And who turneth aside to ask of thy welfare?
6यरूशलेम, तिमीले मलाई त्याग्यौ।” यो सन्देश परमप्रभुबाट आएको छ। “तिमी जाऊ। यसकारण म तिमीलाई नष्ट पार्छु। तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकें।
6Thou — thou hast left Me — an affirmation of Jehovah, Backward thou goest, And I stretch out My hand against thee, And I destroy thee, I have been weary of repenting,
7म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले यस ठाउँको शहरका फाटकहरूमा तितर-बितर पारिदिनेछु। मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु। म तिनीहरूका नानीहरू लैजानेछु।
7And I scatter them with a fan, in the gates the land, I bereaved, I have destroyed My people, From their ways they turned not back.
8धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्। त्यहाँ बेशी विधवाहरू हुनेछन् म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु, त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ। म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु, म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।
8Its widows have been more to Me than the sand of the seas, I brought in to them — against the mother — A young man — a spoiler — at noon. I caused to fall upon her suddenly, wrath and trouble.
9शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ, अनि मानिसहरूलाई मार्ने छ। तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ। सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे। उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ। उसलाई अपमानित र लज्जित पारिनेछ। बाँकी रहेका मानिसहरू शत्रुहरूको अघि युद्धमा मारिनेछन्,” परमप्रभु भन्नुहुन्छ।
9Languished hath the bearer of seven, She hath breathed out her spirit, Gone in hath her sun while yet day, It hath been ashamed and confounded, And their residue to the sword I give up before their enemies, An affirmation of Jehovah.
10हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।
10Wo to me, my mother, For thou hast borne me a man of strife, And a man of contention to all the land, I have not lent on usury, Nor have they lent on usury to me — All of them are reviling me.
11परमप्रभुले भन्नुभयो, “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु। मैले तिम्रा निम्ति संकटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”
11Jehovah said, Did I not direct thee for good? Did not I intercede for thee in a time of evil, And in a time of adversity, with the enemy?
12“यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।
12Doth one break iron — northern iron, and brass?
13तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु।
13Thy strength and thy treasures For a prey I do give — not for price, Even for all thy sins, and in all thy borders.
14हे यहूदाका मानिसहरू! म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु। तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ जुन तिमीहरू कहिल्यै जानेका छैनौ। मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”
14And I have caused thine enemies To pass over into the land — Thou hast not known, For a fire hath been kindled in Mine anger, Against you it doth burn.
15हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धर्य धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?
15Thou, Thou hast known, O Jehovah, Remember me, and inspect me, And take vengeance for me of my pursuers, In Thy long-suffering take me not away, Know — I have borne for Thee reproach.
16तपाईंको सन्देश मकहाँ आयो। हे सेनाहरूका परमप्रभु तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।
16Thy words have been found, and I eat them, And Thy word is to me for a joy, And for the rejoicing of my heart, For Thy name is called on me, O Jehovah, God of Hosts.
17जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए म कहिल्यै भीडमा बसिन। म एक्लै बसें कारण तपाईंको दैविक हात ममाथि थियो अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो।
17I have not sat in an assembly of deriders, Nor do I exult, because of thy hand, — Alone I have sat, For [with] indignation Thou hast filled me.
18किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन।”
18Why hath my pain been perpetual? And my wound incurable? It hath refused to be healed, Thou art surely to me as a failing stream, Waters not stedfast.
19तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ। यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ, अनि महत्वहीन शब्दहरू बोलेनौ भने तिमी मेरा प्रवक्ता हुन सक्छौ। यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ अनि तिमीकहाँ आउँनु पर्छ तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।
19Therefore, thus said Jehovah: If thou turnest back, then I bring thee back, Before Me thou dost stand, And if thou bringest out the precious from the vile, As My mouth thou art! They — they turn back unto thee, And thou dost not turn back unto them.
20म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु” परमप्रभु भन्नुहुन्छ।
20And I have made thee to this people For a wall — brazen — fenced, And they have fought against thee, And they do not prevail against thee, For with thee [am] I to save thee, And to deliver thee — an affirmation of Jehovah,
21“म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन्। तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”
21And I have delivered thee from the hand of evil doers, And I have ransomed thee From the hand of the terrible!