Nepali

Young`s Literal Translation

Jeremiah

26

1योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो।
1In the beginning of the reign of Jehoiakim son of Josiah, king of Judah, hath this word been from Jehovah, saying:
2परमप्रभुले भन्नुभयो “यर्मिया, परमप्रभुको मन्दिर चोकमा तिमी उभ र यो वचन भन। मन्दिरमा आराधना गर्न आउने यहूदाका सबै बासिन्दाहरूलाई भन। मैले भनेको प्रत्येक कुरा उनीहरूलाई भन। मेरो सन्देशको कुनै भाग पनि नछोड।
2`Thus said Jehovah, Stand thou in the court of the house of Jehovah, and thou hast spoken unto all [those of] the cities of Judah who are coming in to bow themselves in the house of Jehovah, all the words that I have commanded thee to speak unto them, thou dost not diminish a word.
3यो हुनसक्छ, तिनीहरूले सुन्नेछन् अनि मेरो सन्देश पालन गर्नेछन् र तिनीहरू खराब काम गर्नुबाट रोकिनेछन्। यदि तिनीहरू परिर्वतन भए भने म मेरो तिनीहरूलाई तिनीहरूको दुष्टकर्मका निम्ति सजाय दिन जुन योजना तयार पारेकोछु त्यो बदलिनेछु।
3If so be they hearken, and turn back each from his evil way, then I have repented concerning the evil that I am thinking of doing to them, because of the evil of their doings.
4तिमीले तिनीहरूलाई भन्नेछौ, ‘यही नै परमप्रभु भन्नुहुन्छ यदि तिमीहरूले मेरा कुराहरू सुनेनौ अनि मैले तिमीहरू अघि राखेको शिक्षाहरू।
4`And thou hast said unto them: Thus said Jehovah, If ye do not hearken unto Me, to walk in My law, that I set before you,
5मेरा दास अगमवक्ताहरू जसलाई मैले तिमीहरूकहाँ समय समयमा पठाएको थिए तर तिनीहरूका वचनहरू अनुसरण गरेनौ, तिमीहरूले तिनीहरूको कुराहरू सुनेनौ।
5To hearken to the words of My servants the prophets, whom I am sending unto you, yea, rising early and sending, and ye have not hearkened,
6तब म यो मन्दिरलाई शिलोह जस्तै बनाउनेछु अनि पृथ्वीभरिको मानिसहरूका निम्ति यो शहर एक श्राप झैं बनाउनेछु।”
6Then I have given up this house as Shiloh, and this city I give up for a reviling to all nations of the earth.`
7पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने।
7And the priests, and the prophets, and all the people, hear Jeremiah speaking these words in the house of Jehovah,
8परमप्रभुले दिनुभएको आदेश अनुसार यर्मियाले सबै कुराहरू मानिसहरूलाई भनी समाप्त गरे। तब पूजाहारीहरू, अगमवक्ताहरू र सारा मानिसहरूले यर्मियालाई समाते अनि भने, “तिमी निश्चय नै मर्नेछौ।
8And it cometh to pass, at the completion of Jeremiah`s speaking all that Jehovah hath commanded him to speak unto all the people, that the priests, and the prophets, and all the people catch him, saying, Thou dost surely die,
9कसरी तिमीले परमप्रभुको नाउँमा यति नराम्रो कुरा गर्ने आँट गर्यौ? कसरी परमप्रभुको यो मन्दिर शीलोहमा ध्वंस भए जस्तो हुनेछ भन्ने आँट कसरी गर्यौ? कुन आँटले तिमीले यरूशलेम निर्जन मरूभूमि झैं हुनेछ भन्यौ?” परमप्रभुको मन्दिरमा सबै मानिसहरू यर्मियाको विरूद्ध भेला भए।
9Wherefore hast thou prophesied in the name of Jehovah, saying, `As Shiloh this house shall be, and this city is wasted, without inhabitant?` and all the people are assembled unto Jeremiah in the house of Jehovah.
10जब यहूदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए।
10And the heads of Judah hear these things, and they go up from the house of the king [to] the house of Jehovah, and sit in the opening of the new gate of Jehovah.
11त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”
11And the priests and the prophets speak unto the heads, and unto all the people, saying, `Judgment of death [is] for this man, for he hath prophesied against this city, as ye have heard with your ears.`
12तब यर्मियाले यहूदाका सबै प्रशासकहरू र मानिसहरूसँग बात गरे। “परमप्रभुले मलाई यो मन्दिर र शहर बारे यी सबै कुराहरू जो तिमीहरूले सुन्यौ, भन्न पठाउनु भयो।
12And Jeremiah speaketh unto all the heads, and unto all the people, saying, `Jehovah sent me to prophesy concerning this house, and concerning this city, all the words that ye have heard;
13तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ।
13And now, amend your ways, and your doings, and hearken to the voice of Jehovah your God, and Jehovah doth repent concerning the evil that He hath spoken against you.
14मेरो विषयको कुरा र म तिमीहरूकै हातमा छु। तिमीहरूलाई जे ठीक लाग्छ त्यही गर।
14`And I, lo, I [am] in your hand, do to me as is good and as is right in your eyes;
15तर यदि तिमीहरूले मलाई मार्यौ भने, एउटा कुराको लागि निश्चित हौ। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउँनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्न पठाउनु भयो जो तिमीहरूले सुन्यौ।”
15Only, know ye certainly, that if ye are putting me to death, surely innocent blood ye are putting on yourselves, and on this city, and on its inhabitants; for truly hath Jehovah sent me unto you to speak in your ears all these words.`
16त्यसपछि सबै प्रशासकहरू र मानिसहरू बोले। ती मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यर्मियालाई मार्नु हुँदैन। जति कुराहरू यर्मियाले हामीलाई भने ती सबै परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो।”
16And the heads and all the people say unto the priests and unto the prophets, `There is not for this man a judgment of death, for in the name of Jehovah our God he hath spoken unto us.`
17तब कतिपय बूढा-पाकाहरू उठे र सबै मानिसहरूलाई भने।
17And certain of the elders of the land rise up, and speak unto all the assembly of the people, saying,
18तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भने सेनाहरूका परमप्रभु भन्नुहुन्छ “सियोन ध्वंस हुने छ। यो जोतेको खेतझैं हुनेछ। यरूशलेम ढुङ्गाको थाक हुनेछ। परमप्रभुको मन्दिर भएको डाँडा, जगंल र बनमाराहरूको रित्तो डाँडा बनिनेछ। “
18`Micah the Morashtite hath been prophesying in the days of Hezekiah king of Judah, and he saith unto all the people of Judah, saying: Thus said Jehovah of Hosts: Zion is a plowed field, and Jerusalem is heaps, And the mountain of the house is for high places of a forest.
19“यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आटेकाछौं।”
19`Put him at all to death did Hezekiah king of Judah, and all Judah? Did he not fear Jehovah? yea, he appeaseth the face of Jehovah, and Jehovah repenteth concerning the evil that He spake against them; and we are doing great evil against our souls.
20विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे।
20`And also there hath been a man prophesying in the name of Jehovah, Urijah son of Shemaiah, of Kirjath-Jearim, and he prophesieth against this city, and against this land according to all the words of Jeremiah,
21राजा यहोयाकीम र उनका सैनिक अधिकारीहरू अनि यहूदाका प्रमुखहरूले ऊरियाहले गरेको प्रचार सुने। तिनीहरू क्रोधित भए। राजा यहोयाकीमले ऊरियाहलाई मार्न चाहन्थे। तर ऊरियाहले त्यो कुरा चाल पाए। ऊरियाह डराए र मिश्र देशमा भागेर गए।
21And the king Jehoiakim, and all his mighty ones, and all the heads, hear his words, and the king seeketh to put him to death, and Urijah heareth, and feareth, and fleeth, and goeth in to Egypt.
22तर राजा यहोयाकिमले एलनातान नाउँ भएका एक मानिस र अन्य मानिसहरूलाई मिश्रमा पठाए। एलनातान अकबोरको छोरा थियो।
22And the king Jehoiakim sendeth men to Egypt — Elnathan son of Achbor, and men with him unto Egypt —
23तिनीहरूले ऊरियाहलाई मिश्रबाट ल्याए अनि यहोयाकीमलाई सुम्पिए। यहोयाकीमले ऊरियाहलाई तरवारले मार्नु भन्ने हुकुम दिए। ऊरियाहको मृत शरीर साधारण मानिसहरू गाडने चिहानमा फ्याँकिदिए।
23And they bring out Urijah from Egypt, and bring him in unto the king Jehoiakim, and he smiteth him with a sword, and casteth his corpse unto the graves of the sons of the people.`
24अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए।
24Only, the hand of Ahikam son of Shaphan hath been with Jeremiah so as not to give him up into the hand of the people to put him to death.