1त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो वर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने,
1And it cometh to pass, in that year, in the beginning of the reign of Zedekiah king of Judah, in the fourth year, in the fifth month, spoken unto me hath Hananiah son of Azur the prophet, who [is] of Gibeon, in the house of Jehovah, before the eyes of the priests, and all the people, saying,
2“सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाच्नेछु।
2`Thus spake Jehovah of Hosts, God of Israel, saying, I have broken the yoke of the king of Babylon;
3दुइ वर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु।
3Within two years of days I am bringing back unto this place all the vessels of the house of Jehovah that Nebuchadnezzar king of Babylon hath taken from this place, and doth carry to Babylon,
4म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।”‘
4And Jeconiah son of Jehoiakim, king of Judah, and all the removed of Judah, who are entering Babylon, I am bringing back unto this place — an affirmation of Jehovah; for I do break the yoke of the king of Babylon.`
5तब अगमवक्ता यर्मियाले पूजाहारीहरू र अन्य मानिसहरू जो परमप्रभुको मन्दिरमा उभिरहेका थिए तिनीहरूको सम्मुख अगमवक्ता हनन्याहलाई जवाफ दिए।
5And Jeremiah the prophet saith unto Hananiah the prophet, before the eyes of the priests, and before the eyes of all the people who are standing in the house of Jehovah,
6अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले साँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जम्मै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ।
6Yea, Jeremiah the prophet saith, `Amen! so may Jehovah do; Jehovah establish thy words that thou hast prophesied, to bring back the vessels of the house of Jehovah and all the removal from Babylon, unto this place.
7“हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन।
7`Only, hear, I pray thee, this word that I am speaking in thine ears, and in the ears of all the people.
8हनन्याह त्यहाँ तिमी र म अगमवक्ता हुन भन्दा धेरै अघि नै अगमवक्ताहरू थिए। तिनीहरूले युद्ध, अनिकाल, भयानक रूढी धेरै देशहरू र महान राज्यहरूमा आउनेछ भनेर प्रचार गरेका थिए।
8The prophets who have been before me, and before thee, from of old, even they prophesy concerning many lands, and concerning great kingdoms, of battle, and of evil, and of pestilence.
9तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”
9The prophet who doth prophesy of peace — by the coming in of the word of the prophet, known is the prophet that Jehovah hath truly sent him.`
10यर्मियाले आफ्नो काँधमा जूवा भिरि रहेका थिए। तब अगमवक्ता हनन्याहले यर्मियाको काँधबाट जूवा निकाली दिए। हनन्याहले त्यो जुवा भाँचिदिए।
10And Hananiah the prophet taketh the yoke from off the neck of Jeremiah the prophet, and breaketh it,
11तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जूवा म सबै जातिहरूको काँधबाट दुइ वर्ष भित्रमा भाँचि दिन्छु।”‘ त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए।
11And Hananiah speaketh before the eyes of all the people, saying, `Thus said Jehovah, Thus I break the yoke of Nebuchadnezzar king of Babylon, within two years of days, from off the neck of all the nations;` and Jeremiah the prophet goeth on his way.
12जब हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिए परमप्रभुको वचन यर्मियालाई आयो।
12And there is a word of Jehovah unto Jeremiah after the breaking, by Hananiah the prophet, of the yoke from off the neck of Jeremiah the prophet, saying,
13परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुनछ हनन्याहलाई भन ‘तिमीले काठको जुवाहरू भाँचिदियौ। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु।’
13`Go, and thou hast spoken unto Hananiah, saying, Thus said Jehovah, Yokes of wood thou hast broken, and I have made instead of them yokes of iron;
14सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘म सारा जातिहरूका काँघमा फलामको जूवा लगाइदिनेछु ताकि तिनीहरूले बाबेलका राजा नबूकदनेस्सरको सेवा गरून। तिनीहरू राजा नबूकदनेस्सरका दास-दासीहरू हुनेछन्। म उसलाई जङ्गली जानवर माथि पनि राज गर्ने क्षमता प्रदान गर्नेछु।”‘
14For thus said Jehovah of Hosts, God of Israel, A yoke of iron I have put on the neck of all these nations to serve Nebuchadnezzar king of Babylon, and they have served him, and also the beast of the field I have given to him.`
15तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह। परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ।
15And Jeremiah the prophet saith unto Hananiah the prophet, `Hear, I pray thee, O Hananiah; Jehovah hath not sent thee, and thou hast caused this people to trust on falsehood.
16यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चाँडै म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही वर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरूद्ध भडकायौ।”‘
16Therefore thus said Jehovah, Lo, I am casting thee from off the face of the ground; this year thou diest, for apostacy thou hast spoken concerning Jehovah.`
17अगमवक्ता हनन्याह त्यही वर्षको सातौं महीनामा मरे।
17And Hananiah the prophet dieth in that year, in the seventh month.