Nepali

Young`s Literal Translation

Job

29

1अय्यूबले क्रमशः आफ्नो कथा भनिरहेछ। अय्यूबले भन्योः
1And Job addeth to lift up his simile, and saith: —
2“केही महीना अघि वितेको जीवन म चाहन्छु। त्यस समयमा परमेश्वरले ममाथि नजर राख्नु भयो अनि मेरो हेरचाह गर्नुभयो।
2Who doth make me as [in] months past, As [in] the days of God`s preserving me?
3त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें। परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।
3In His causing His lamp to shine on my head, By His light I walk [through] darkness.
4म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो। ती दिनहरूमा परमेश्वरले मेरो घरलाई आशिष दिनुभयो।
4As I have been in days of my maturity, And the counsel of God upon my tent.
5म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो अनि मेरा बाल-बच्चाहरू मेरै वरिपरि थिए।
5When yet the Mighty One [is] with me. Round about me — my young ones,
6जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो। म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।
6When washing my goings with butter, And the firm rock [is] with me rivulets of oil.
7त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थें अनि शहरका मुखियाहरूसँग सभा-गृहमा बस्दथें।
7When I go out to the gate by the city, In a broad place I prepare my seat.
8सारा मानिसहरूले मलाई त्यहाँ आदर गर्दथे युवाहरूले म आउँदै गरेको देख्दा पाइला सारेर मलाई बाटो छोडिदिन्थे। आफ्नो श्रद्धा म प्रति प्रर्दशन गर्नलाई वृद्ध मानिसहरू बसेको ठाउँबाट उठ्दथे।
8Seen me have youths, and they, been hidden, And the aged have risen — they stood up.
9जनसमूहका नेताहरू बोल्न बन्द गर्दथे अनि हातहरू मुखमा राखेर अन्य मानिसहरूलाई चुपचाप बस्न लगाउँथे।
9Princes have kept in words, And a hand they place on their mouth.
10प्रमुख नेताहरू पनि बोल्दा आफ्ना आवाजहरू सानो पार्दथे। हो, मानौ तिनीहरूका जिब्रोहरू मुखको तालुमा टाँसिएको झैं भान हुन्थ्यो।
10The voice of leaders hath been hidden, And their tongue to the palate hath cleaved.
11मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे। मैले गरेका कुराहरूलाई तिनीहरू विचार्थे अनि तिनीहरूले मेरो प्रशंसा गर्थे।
11For the ear heard, and declareth me happy, And the eye hath seen, and testifieth [to] me.
12किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउथें। अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।
12For I deliver the afflicted who is crying, And the fatherless who hath no helper.
13मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।
13The blessing of the perishing cometh on me, And the heart of the widow I cause to sing.
14धार्मिकता मेरो लागि पोषाक थियो, निष्पक्षता मेरो लुगा र फेटा थियो।
14Righteousness I have put on, and it clotheth me, As a robe and a diadem my justice.
15म अन्धा मानिसहरूको लागि आँखा थिएँ, तिनीहरू जहाँ जान रूचाउथें म त्यतै डोराउँथें। म लङ्गडो मानिसहरूका लागि खुट्टा थिएँ, तिनीहरू जहाँ चाहन्छन् त्यतै बोकेर लान्थें।
15Eyes I have been to the blind, And feet to the lame [am] I.
16म गरीबहरूको लागि पिता समान थिएँ। यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आए मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थें।
16A father I [am] to the needy, And the cause I have not known I search out.
17म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरउपयोग गर्न रोक्थें अनि म उसलाई गल्ती तरीकाले जे लिने चेष्टा गरेको हुन्थ्यो त्यो फर्काउन लगाउथें।
17And I break the jaw-teeth of the perverse, And from his teeth I cast away prey.
18मेरै परिवार भित्र बुढो हुँदै म धेरै लामो बाँचुला भनेर सधैं सोच्दथें,
18And I say, `With my nest I expire, And as the sand I multiply days.`
19म सोच्थें म स्वास्थ्य र शक्तिशाली हौं स्वास्थ्य पालुवा जस्तै प्रशस्त पानी भएको जराहरू जस्तै अनि शीतले भिजेका हाँगाहरू जस्तो।
19My root is open unto the waters, And dew doth lodge on my branch.
20प्रत्येक नयाँ दिन उज्जवल नयाँ उत्तेजनापूर्ण सम्भावनाहरू हुने होलान भनी म सोच्थें।
20My honour [is] fresh with me, And my bow in my hand is renewed.
21बितेका दिनहरूमा मानिसहरूले मेरो कुरामा ध्यान दिन्थे। तिनीहरू मेरो सल्लाह सुन्दा चुपचाप रहन्थे। बोलिसके पछि मेरो कुरा सुन्नेहरूमा कसैको केही बोल्न रहँदैनथ्यो।
21To me they have hearkened, Yea, they wait, and are silent for my counsel.
22मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे, तिनीहरू अरू केही भन्ने थिएनन्। मेरो शब्दहरू तिनीहरूका कानहरूमा मन्द गतिमा पर्थे।
22After my word they change not, And on them doth my speech drop,
23मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले वर्षालाई पर्खिरहेछन्। तिनीहरूले मेरो शब्दहरू पिउँथे मानौ तिनीहरू बसन्तको बेलामा वर्षाको पानी थियो।
23And they wait as [for] rain for me, And their mouth they have opened wide [As] for the latter rain.
24जब म ती मानसिहरूसित हाँसे तिनीहहरूले यो विश्वास गर्न सकेनन्। मेरो आनन्दित अनुहारले उनीहरूलाई हतोत्साही गरेन।
24I laugh unto them — they give no credence, And the light of my face cause not to fall.
25म तिनीहरूकै मुखिया भए तापनि म ती मानिसहरूसँग रहन चाहन्थें। दुःखी मानिसहरूलाई सान्तवना दिंदै म तिनीहरूका छाउनीका समूहमा राजा झैं थिएँ।
25I choose their way, and sit head, And I dwell as a king in a troop, When mourners he doth comfort.