1“अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।
1And yet, I pray thee, O Job, Hear my speech and [to] all my words give ear.
2म बोल्न तयार छु।
2Lo, I pray thee, I have opened my mouth, My tongue hath spoken in the palate.
3मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु। ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।
3Of the uprightness of my heart [are] my sayings, And knowledge have my lips clearly spoken.
4परमेश्वरको आत्माले मलाई बनाउनु भयो। मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।
4The Spirit of God hath made me, And the breath of the Mighty doth quicken me.
5अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ। तिम्रो जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ।
5If thou art able — answer me, Set in array before me — station thyself.
6परमेश्वरको समक्ष तिमी र म बराबर छौं परमेश्वरले हामी दुवैलाई बनाउँन माटो प्रयोग गर्नु भयो।
6Lo, I [am], according to thy word, for God, From the clay I — I also, have been formed.
7अय्यूब म देखि नडराऊ म तिमीमाथि निष्ठूर हुने छैन।
7Lo, my terror doth not frighten thee, And my burden on thee is not heavy.
8तर अय्यूब, तिमीले भनेको मैले सुनें।
8Surely — thou hast said in mine ears, And the sounds of words I hear:
9तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु, मैले केही गल्ती काम गरिनँ म दोषी छैन।
9`Pure [am] I, without transgression, Innocent [am] I, and I have no iniquity.
10मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ। परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।’
10Lo, occasions against me He doth find, He doth reckon me for an enemy to Him,
11परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो, परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’
11He doth put in the stocks my feet, He doth watch all my paths.`
12तर, अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु। किन? किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।
12Lo, [in] this thou hast not been righteous, I answer thee, that greater is God than man.
13अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ। तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।
13Wherefore against Him hast thou striven, When [for] all His matters He answereth not?
14परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ, यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्।
14For once doth God speak, and twice, (He doth not behold it.)
15हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ, अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्।
15In a dream — a vision of night, In the falling of deep sleep on men, In slumberings on a bed.
16तिनीहरू एकदमै भयभीत हुन्छन् जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।
16Then He uncovereth the ear of men, And for their instruction sealeth:
17परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ, अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।
17To turn aside man [from] doing, And pride from man He concealeth.
18परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ। परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ।
18He keepeth back his soul from corruption, And his life from passing away by a dart.
19दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर अनि उसका हडडीहरू सधैं रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ।
19And he hath been reproved With pain on his bed, And the strife of his bones [is] enduring.
20तब त्यस मानिसले खान सक्तैन्। त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।
20And his life hath nauseated bread, And his soul desirable food.
21उसको शरीर जीर्ण हुँदै जान्छ अनि उ हाड र छाला मात्र हुन्छ।
21His flesh is consumed from being seen, And high are his bones, they were not seen!
22त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ अनि उसको जीवन सम्मुखिन हुन्छ।
22And draw near to the pit doth his soul, And his life to those causing death.
23परमेश्वसंग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ। त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ।
23If there is by him a messenger, An interpreter — one of a thousand, To declare for man his uprightness:
24त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्। उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’
24Then He doth favour him and saith, `Ransom him from going down to the pit, I have found an atonement.`
25तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ। त्यो मानिस पहिले जस्तो तन्देरी थियो त्यस्तै नै हुनेछ।
25Fresher [is] his flesh than a child`s, He returneth to the days of his youth.
26त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ। त्यो मानिस आनन्दले चिच्याउने छ अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।
26He maketh supplication unto God, And He accepteth him. And he seeth His face with shouting, And He returneth to man His righteousness.
27तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।
27He looketh on men, and saith, `I sinned, And uprightness I have perverted, And it hath not been profitable to me.
28परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो। अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’
28He hath ransomed my soul From going over into the pit, And my life on the light looketh.`
29परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।
29Lo, all these doth God work, Twice — thrice with man,
30किन? त्यस मानिसलाई सावधान गराउन अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग्न सकोस्।
30To bring back his soul from the pit, To be enlightened with the light of the living.
31अय्यूब, मेरो कुरा होशियारीले सुन, शान्त हौ र मलाई बोल्न देऊ।
31Attend, O Job, hearken to me, Keep silent, and I — I do speak.
32तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन। मलाई उत्तर देऊ, किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।
32If there are words — answer me, Speak, for I have a desire to justify thee.
33तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ। शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।”
33If there are not — hearken thou to me, Keep silent, and I teach thee wisdom.