1हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए,
1My son! if thou hast been surety for thy friend, Hast stricken for a stranger thy hand,
2तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ।
2Hast been snared with sayings of thy mouth, Hast been captured with sayings of thy mouth,
3तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसंग क्षमा माग।
3Do this now, my son, and be delivered, For thou hast come into the hand of thy friend. Go, trample on thyself, and strengthen thy friend,
4अलिकति समय पनि नपर्ख अथवा नसुत।
4Give not sleep to thine eyes, And slumber to thine eyelids,
5मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।
5Be delivered as a roe from the hand, And as a bird from the hand of a fowler.
6हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।
6Go unto the ant, O slothful one, See her ways and be wise;
7कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन।
7Which hath not captain, overseer, and ruler,
8तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।
8She doth prepare in summer her bread, She hath gathered in harvest her food.
9हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ।
9Till when, O slothful one, dost thou lie? When dost thou arise from thy sleep?
10अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।”
10A little sleep, a little slumber, A little clasping of the hands to rest,
11अनि उसको गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।
11And thy poverty hath come as a traveller, And thy want as an armed man.
12एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि
12A man of worthlessness, a man of iniquity, Walking [with] perverseness of mouth,
13उसले मानिसहरूलाई छक्याउँन आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औली द्वारा इशारा गर्छ।
13Winking with his eyes, speaking with his feet, Directing with his fingers,
14उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।
14Frowardness [is] in his heart, devising evil at all times, Contentions he sendeth forth.
15तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।
15Therefore suddenly cometh his calamity, Instantly he is broken — and no healing.
16परमेश्वरले छ वटा कुराहरूलाई घृणा गर्नुहुन्छ, सात वटा जो घृणित छन्।
16These six hath Jehovah hated, Yea, seven [are] abominations to His soul.
17आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।
17Eyes high — tongues false — And hands shedding innocent blood —
18त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।
18A heart devising thoughts of vanity — Feet hasting to run to evil —
19नीतिवचन तथा अरू कही पनि जहाँ सात कुराहरू भनिएकोछ, ती सात कुराहरू यी नै भनी कुनै निश्चय छैन। तर सात भन्दा धेरै नै भनिएकोछ। जहाँ सात होइन आठ भनिन्छ, त्यसको अर्थ धेरै भन्दा पनि अझ धेरै मानिनु पर्छ।
19A false witness [who] doth breathe out lies — And one sending forth contentions between brethren.
20हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर।
20Keep, my son, the command of thy father, And leave not the law of thy mother.
21उनीहरूले भनेका वचनहरू सधैं हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख।
21Bind them on thy heart continually, Tie them on thy neck.
22जब तिमी अगि बढने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।
22In thy going up and down, it leadeth thee, In thy lying down, it watcheth over thee, And thou hast awaked — it talketh [with] thee.
23किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।
23For a lamp [is] the command, And the law a light, And a way of life [are] reproofs of instruction,
24तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ।
24To preserve thee from an evil woman, From the flattery of the tongue of a strange woman.
25उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।
25Desire not her beauty in thy heart, And let her not take thee with her eyelids.
26एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।
26For a harlot consumeth unto a cake of bread, And an adulteress the precious soul hunteth.
27जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाहि जल्दैन?
27Doth a man take fire into his bosom, And are his garments not burnt?
28एउटा मानिस बल्दै गरेको कोइला माथि हिडन सक्छ अनि उसको खुट्टा चाहि जल्दैन के यस्तो हुन सक्छ?
28Doth a man walk on the hot coals, And are his feet not scorched?
29जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।
29So [is] he who hath gone in unto the wife of his neighbour, None who doth touch her is innocent.
30[This verse may not be a part of this translation]
30They do not despise the thief, When he stealeth to fill his soul when he is hungry,
31[This verse may not be a part of this translation]
31And being found he repayeth sevenfold, All the substance of his house he giveth.
32तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।
32He who committeth adultery [with] a woman lacketh heart, He is destroying his soul who doth it.
33उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन।
33A stroke and shame he doth find, And his reproach is not wiped away,
34त्यस पर स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति दया कहिल्यै जाग्दैन।
34For jealousy [is] the fury of a man, And he doth not spare in a day of vengeance.
35त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिंदैनँ।
35He accepteth not the appearance of any atonement, Yea, he doth not consent, Though thou dost multiply bribes!