1मेरो आत्मा, परमप्रभुको प्रशंसा गर! प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।
1By David. Bless, O my soul, Jehovah, And all my inward parts — His Holy Name.
2हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
2Bless, O my soul, Jehovah, And forget not all His benefits,
3परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ। उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।
3Who is forgiving all thine iniquities, Who is healing all thy diseases,
4परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।
4Who is redeeming from destruction thy life, Who is crowning thee — kindness and mercies,
5परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ। उहाँले हाम्रो जवानीलाई गरूड जस्तो नयाँ तुल्याउनुहुन्छा।
5Who is satisfying with good thy desire, Renew itself as an eagle doth thy youth.
6परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ, जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।
6Jehovah is doing righteousness and judgments For all the oppressed.
7परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो। परमेश्वरले उहाँको शक्तिशाली कामहरू इस्राएल का मानिसहरूलाई देखाउनु भयो।
7He maketh known His ways to Moses, To the sons of Israel His acts.
8परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ। परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।
8Merciful and gracious [is] Jehovah, Slow to anger, and abundant in mercy.
9परमप्रभुले सधैं आलोचना गर्नु हुन्न परमप्रभु सधैं हामीसँग क्रोधित भएर बस्नु हुन्न।
9Not for ever doth He strive, Nor to the age doth He watch.
10हामीले परमेश्वरको विरूद्ध पाप गर्यौ। तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन जसको लागि हामी योग्य थियौं।
10Not according to our sins hath He done to us, Nor according to our iniquities Hath He conferred benefits upon us.
11परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ।
11For, as the height of the heavens [is] above the earth, His kindness hath been mighty over those fearing Him.
12अनि परमेश्वरले हाम्रो पापहरू पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
12As the distance of east from west He hath put far from us our transgressions.
13परमप्रभु आफ्ना भक्तजनहरूसंग त्यस्तो स्नेही हुनुहुन्छ जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।
13As a father hath mercy on sons, Jehovah hath mercy on those fearing Him.
14परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ, हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।
14For He hath known our frame, Remembering that we [are] dust.
15हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ।
15Mortal man! as grass [are] his days, As a flower of the field so he flourisheth;
16परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं। जुन फूलहरू छिट्टै हुर्किन्छन्। त्यसपछि तातो बतासको झोका आएर मर्छन। झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो।
16For a wind hath passed over it, and it is not, And its place doth not discern it any more.
17तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।
17And the kindness of Jehovah [Is] from age even unto age on those fearing Him, And His righteousness to sons` sons,
18परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको करार पालन गर्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको आदेश पालन गर्छन्।
18To those keeping His covenant, And to those remembering His precepts to do them.
19परमेश्वरको सिंहासन स्वर्गमा छ। अनि उहाँले सबै थोकमा शासन गर्नुहुन्छ।
19Jehovah in the heavens Hath established His throne, And His kingdom over all hath ruled.
20हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।
20Bless Jehovah, ye His messengers, Mighty in power — doing His word, To hearken to the voice of His Word.
21हे उहाँका सबै सिपाहीहरू! परमप्रभुको प्रशंसा गर। तिमीहरू उहाँको दासहरू हौ। जो परमप्रभुले इच्छा गर्नुहुन्छ तिमीहरू त्यही काम गर्दछौ।
21Bless Jehovah, all ye His hosts, His ministers — doing His pleasure.
22परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो। परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नु हुन्छ, अनि ती सबै थोकहरूले परमप्रभुको गुण-गाऊनु पर्छ! हे मेरो प्राण परमप्रभुको गुण-गान गर!
22Bless Jehovah, all ye His works, In all places of His dominion. Bless, O my soul, Jehovah!