1हे परमेश्वर, म आत्मा र हृदय सहित स्तुति-गीतहरू गाऊन र बजाउनलाई तयार छु।
1A Song, a Psalm of David. Prepared is my heart, O God, I sing, yea, I sing praise, also my honour.
2साङ्गीतहरू एवं वीणाहरूले सूर्यलाई जगाँऊ!
2Awake, psaltery and harp, I awake the dawn.
3हे परमेश्वर, हामी तपाईंलाई जातिहरू माझ गुण-गान गर्नेछौ।
3I thank Thee among peoples, O Jehovah, And I praise Thee among the nations.
4परमप्रभु! तपाईंको प्रेम आकाशभन्दा पनि उच्च छ। तपाईंको सत्यता उच्चतम बादल भन्दा पनि उच्च छ।
4For great above the heavens [is] Thy kindness, And unto the clouds Thy truth.
5हे परमेश्वर, आकाशभन्दा पनि माथि उठनुहोस्! सारा संसारले तपाईंको महिमालाई देखोस्।
5Be Thou exalted above the heavens, O God, And above all the earth Thy honour.
6हे परमेश्वर, आफ्ना मित्रहरू बचाउनलाई त्यसो गर्नुहोस्। मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस अनि तपाईंको महान् शक्ति बचाउनलाई प्रयोग गर्नुहोस्।
6That Thy beloved ones may be delivered, Save [with] Thy right hand, and answer us.
7परमेश्वर उहाँको मन्दिरमा बोल्नु भयोः “म युद्ध जित्ने छु अनि विजयी भएर प्रफुल्लित हुनेछु! म यो धर्ती आफ्ना मानिसहरूको माझमा भाग गरेर बाँडिदिने छु। शेकेम तिनीहरूलाई दिनेछु। म तिनीहरूलाई सुक्कोत बेंसी दिनेछु।
7God hath spoken in His holiness: I exult, I apportion Shechem, And the valley of Succoth I measure,
8गिलाद र मनस्से मेरो हुनेछ। एप्रैम मेरो शिरकवज हुनेछ, यहूदा मेरो राजदण्ड हुनेछ।
8Mine [is] Gilead, mine [is] Manasseh, And Ephraim [is] the strength of my head, Judah [is] my lawgiver,
9मोआब मेरो खुट्टा धुने ठूलो गर्दुवा हुनेछ, एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ, म पलिस्तिलाई परास्त गर्ने छु अनि विजय भएको खुसीमा कराउने छु।”
9Moab [is] a pot for my washing, Upon Edom I cast my shoe, Over Philistia I shout habitually.
10कसले मलाई शत्रुहरूको किल्लातिर लैजाने हो? कसले मलाई एदोमको विरूद्ध लडाइँ गर्न लैजाने हो?
10Who doth bring me in to the fenced city? Who hath led me unto Edom?
11हे परमेश्वर, यी सबै कुराहरू सार्थक पार्न तपाईंले मात्र मलाई सहायता गर्न सक्नु हुन्छ। तर तपाईंले हामीलाई त्यागेर जानु भयो! तपाईं हाम्रा सेनाहरूसँग जानु भएन!
11Hast not Thou, O God, cast us off? And Thou goest not out, O God, with our hosts!
12हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्। मानिसहरूले हामीलाई सघाउन सक्दैनन्!
12Give to us help from adversity, And vain is the salvation of man.
13परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ। परमेश्वरले हाम्रा शत्रुहरू पराजित गर्न सक्नु हुन्छ।
13In God we do mightily, And He doth tread down our adversaries!