Nepali

Young`s Literal Translation

Psalms

118

1परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सर्वदा रहनेछ!
1Give ye thanks to Jehovah, For good, for to the age [is] His kindness.
2इस्राएल ले यसो भन्छ, “उहाँको स्नेहपूर्ण करूणा सदा सर्वदा रहनेछ!”
2I pray you, let Israel say, That, to the age [is] His kindness.
3पूजाहारीहरू यसो भन्छन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त सम्म रहनेछ!”
3I pray you, let the house of Aaron say, That, to the age [is] His kindness.
4मानिसहरूले परमप्रभुलाई पुज्दै यसो भन्दछन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त रहनेछ!”
4I pray you, let those fearing Jehovah say, That, to the age [is] His kindness.
5म संकटहरूमा फँसेको थिएँ। यसैले सहायताको निम्ति मैले परमप्रभुलाई डाकें। परमप्रभुले त्यसको जवाफ दिनुभयो अनि मलाई मुक्त पार्नुभयो।
5From the straitness I called Jah, Jah answered me in a broad place.
6परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन। मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउन सक्तैन।
6Jehovah [is] for me, I do not fear what man doth to me.
7परमप्रभु मेरो सहयोगी हुनुहुन्छ म मेरो शत्रुहरू परास्त भएको देख्नेछु।
7Jehovah [is] for me among my helpers, And I — I look on those hating me.
8मानिसहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
8Better to take refuge in Jehovah than to trust in man,
9तिमीहरूका नेताहरूमा भरोसा राख्नु भन्दा परमप्रभुमाथि नै भरोसा राख्नु उत्तम हो।
9Better to take refuge in Jehovah, Than to trust in princes.
10धेरै शत्रुहरूले मलाई घेरेर राखे तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।
10All nations have compassed me about, In the name of Jehovah I surely cut them off.
11शत्रुहरूले मलाई घरि-घरि हेरी रहे। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पार्दै गएँ।
11They have compassed me about, Yea, they have compassed me about, In the name of Jehovah I surely cut them off.
12शत्रुहरूले मलाई त्यसरी घेरे जसरी भीर माउरीहरूले घेर्दछ। तर, तिनीहरू छिट्टै नाश भएर गए जसरी पराल एकै छिनमा जलेर जान्छ। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पारें।
12They compassed me about as bees, They have been extinguished as a fire of thorns, In the name of Jehovah I surely cut them off.
13मेरो शत्रुहरूले ममा आक्रमण गरे अनि लगभग नष्ट गरीसकेका थिए। तर परमप्रभुले मलाई साथ दिनुभयो।
13Thou hast sorely thrust me to fall, And Jehovah hath helped me.
14परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ!
14My strength and song [is] Jah, And He is to me for salvation.
15तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ। परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
15A voice of singing and salvation, [Is] in the tents of the righteous, The right hand of Jehovah is doing valiantly.
16परमप्रभुको पाखुराहरू विजयी भएर उठे। परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16The right hand of Jehovah is exalted, The right hand of Jehovah is doing valiantly.
17म बाँच्ने छु मर्ने छैन अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
17I do not die, but live, And recount the works of Jah,
18परमप्रभुले मलाई दण्ड दिनु भयो, तर उहाँले मलाई मर्न दिनु भएन।
18Jah hath sorely chastened me, And to death hath not given me up.
19असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
19Open ye to me gates of righteousness, I enter into them — I thank Jah.
20तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्। विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्दछन्।
20This [is] the gate to Jehovah, The righteous enter into it.
21परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु। मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।
21I thank Thee, for Thou hast answered me, And art to me for salvation.
22जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्। त्यही मूल ढुङ्गा हुन गयो।
22A stone the builders refused Hath become head of a corner.
23परमप्रभुले यस्तो बनाउनु भयो। अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौ!
23From Jehovah hath this been, It [is] wonderful in our eyes,
24आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो। फेरि आज प्रफुल्लित र खुशी हौं!
24This [is] the day Jehovah hath made, We rejoice and are glad in it.
25मानिसहरूले भने, “परमप्रभुको प्रशंसा गर! परमप्रभुले हामीलाई बचाउनु हुन्छ!
25I beseech Thee, O Jehovah, save, I pray Thee, I beseech Thee, O Jehovah, prosper, I pray Thee.
26परमप्रभुको नाउँ गरेर आउने मानिसहरूलाई स्वागत छ।” पूजाहारीहरूले जवाफ दिए। “हामी तिमीहरूलाई परमप्रभुको मन्दिरमा स्वागत गर्दछौं!
26Blessed [is] he who is coming In the name of Jehovah, We blessed you from the house of Jehovah,
27परमप्रभुनै परमेश्वर हुनुहुन्छ। अनि उहाँले हामीलाई ग्रहण गर्नु हुन्छ। भेंडाका पाठालाई बलिदानको लागि बाँध अनि यसलाई वेदीको सींङ तर्फ ल्याऊ।”
27God [is] Jehovah, and He giveth to us light, Direct ye the festal-sacrifice with cords, Unto the horns of the altar.
28परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई धन्यवाद दिन्छु। म तपाइको प्रशंसा गर्छु।
28My God Thou [art], and I confess Thee, My God, I exalt Thee.
29परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सदा सर्वदा रहेनेछ।
29Give ye thanks to Jehovah, For good, for to the age, [is] His kindness!