Nepali

Young`s Literal Translation

Psalms

138

1हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु। सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
1By David. I confess Thee, with all my heart, Before the gods I do praise Thee.
2हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाँउछु। म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो!
2I bow myself toward Thy holy temple, And I confess Thy name, For Thy kindness, and for Thy truth, For Thou hast made great Thy saying above all Thy name.
3हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें। अनि तपाईंले मलाई जवाफ दिनुभयो! मलाई तपाईंले बल दिनुभयो।
3In the day I called, when Thou dost answer me, Thou dost strengthen me in my soul [with] strength.
4हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
4O Jehovah, all kings of earth confess Thee, When they have heard the sayings of Thy mouth.
5तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन् किनभने परमप्रभुको महिमा महान् छ।
5And they sing in the ways of Jehovah, For great [is] the honour of Jehovah.
6परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ, तर पनि उँहाले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ। परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ, तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
6For high [is] Jehovah, and the lowly He seeth, And the haughty from afar He knoweth.
7परमेश्वर, यदि म संकटमा परे भने मलाई सप्राण राख्नुहोला। यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनु होस्।
7If I walk in the midst of distress Thou quickenest me, Against the anger of mine enemies Thou sendest forth Thy hand, And Thy right hand doth save me.
8परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो। परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ। परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!
8Jehovah doth perfect for me, O Jehovah, Thy kindness [is] to the age, The works of Thy hands let not fall!