1म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु। म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
1Praise by David. I exalt Thee, my God, O king, And bless Thy name to the age and for ever.
2म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु। म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
2Every day do I bless Thee, And praise Thy name to the age and for ever.
3परमप्रभु महान् हुनुहुन्छ मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन् उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
3Great [is] Jehovah, and praised greatly, And of His greatness there is no searching.
4परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति मानिसहरूले सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
4Generation to generation praiseth Thy works, And Thy mighty acts they declare.
5तपाईंको शाही र महिमा अश्चर्यजनक छन् म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
5The honour — the glory of Thy majesty, And the matters of Thy wonders I declare.
6हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्। म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
6And the strength of Thy fearful acts they tell, And Thy greatness I recount.
7मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्। मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।
7The memorial of the abundance of Thy goodness they send forth. And Thy righteousness they sing.
8परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
8Gracious and merciful [is] Jehovah, Slow to anger, and great in kindness.
9परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ। परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
9Good [is] Jehovah to all, And His mercies [are] over all His works.
10परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ। तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
10Confess Thee O Jehovah, do all Thy works, And Thy saints do bless Thee.
11तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ। तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
11The honour of Thy kingdom they tell, And [of] Thy might they speak,
12परमप्रभु। यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्दछन्।
12To make known to sons of men His mighty acts, The honour of the majesty of His kingdom.
13परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ। तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
13Thy kingdom [is] a kingdom of all ages, And Thy dominion [is] in all generations.
14पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ। परमप्रभु जो संकटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
14Jehovah is supporting all who are falling, And raising up all who are bowed down.
15परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन् अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
15The eyes of all unto Thee do look, And Thou art giving to them their food in its season,
16परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
16Opening Thy hand, and satisfying The desire of every living thing.
17प्रत्येक कुरा परमप्रभुले गर्नुभएको धार्मिक अनि उचित छ। प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ भन्ने दर्शन्छ।
17Righteous [is] Jehovah in all His ways, And kind in all His works.
18जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
18Near [is] Jehovah to all those calling Him, To all who call Him in truth.
19परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ, ध्यान दिनुहुन्छ। उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
19The desire of those fearing Him He doth, And their cry He heareth, and saveth them.
20जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
20Jehovah preserveth all those loving Him, And all the wicked He destroyeth.
21म परमप्रभुको प्रशंसा गर्नेछु! म प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु!
21The praise of Jehovah my mouth speaketh, And all flesh doth bless His holy name, To the age and for ever!