Nepali

Young`s Literal Translation

Psalms

147

1परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ। परमप्रभुप्रति स्तुतिगान गर! उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
1Praise ye Jah! For [it is] good to praise our God, For pleasant — comely [is] praise.
2परमप्रभुले यरूशलेम बनाउनु भयो। परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो, जसलाई कैदी बनाएर थुनिएको थियो।
2Building Jerusalem [is] Jehovah, The driven away of Israel He gathereth.
3परमेश्वरले तिनीहरूको भाँचेको हृदय निको पारिदिनु हुन्छ। तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
3Who is giving healing to the broken of heart, And is binding up their griefs.
4परमेश्वरले ताराहरू गन्नुहुन्छ र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
4Appointing the number of the stars, To all them He giveth names.
5हाम्रो स्वामी महान् हुनुहुन्छ। उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ। उहाँको ज्ञान अपार छ।
5Great [is] our Lord, and abundant in power, Of His understanding there is no narration.
6परमप्रभु विनम्र मानिसहरूलाई सघाउनु हुन्छ तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
6Jehovah is causing the meek to stand, Making low the wicked unto the earth.
7परमप्रभुलाई धन्यवाद छ। हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
7Answer ye to Jehovah with thanksgiving, Sing ye to our God with a harp.
8परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ। परमेश्वरले पृथ्वीमा वर्षा पठाउनु हुन्छ परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
8Who is covering the heavens with clouds, Who is preparing for the earth rain, Who is causing grass to spring up [on] mountains,
9परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ। परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
9Giving to the beast its food, To the young of the ravens that call.
10युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले उहाँलाई खुशी पार्दैन।
10Not in the might of the horse doth He delight, Not in the legs of a man is He pleased.
11परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ जसले उहाँलाई पूज्दछन्। परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ जसले उहाँको प्रेममा भरोसा राख्दछ।
11Jehovah is pleased with those fearing Him, With those waiting for His kindness.
12हे यरूशलेम! परमप्रभुको प्रशंसा गर! हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।
12Glorify, O Jerusalem, Jehovah, Praise thy God, O Zion.
13यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो। अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
13For He did strengthen the bars of thy gates, He hath blessed thy sons in thy midst.
14परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो। यसैले शत्रुहरूले तिमीहरुका अन्नहरू युद्धमा लगेनन्। अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
14Who is making thy border peace, [With] the fat of wheat He satisfieth Thee.
15परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो, यसले तुरन्तै पालन गर्यो।
15Who is sending forth His saying [on] earth, Very speedily doth His word run.
16जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिमबर्षा गराउनु हुन्छ। परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनुहुन्छ।
16Who is giving snow like wool, Hoar-frost as ashes He scattereth.
17परमेश्वरले आकाशबाट चट्टानहरू बर्षाउनुलाई असिना बनाउनु भयो। उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।
17Casting forth His ice like morsels, Before His cold who doth stand?
18त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो, अनि फेरि तातो बतास बहन थाल्यो हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।
18He sendeth forth His word and melteth them, He causeth His wind to blow — the waters flow.
19परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो, परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएल लाई दिनुभयो।
19Declaring His words to Jacob, His statutes and His judgments to Israel.
20परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन। परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन। परमप्रभुको प्रशंसा गर!
20He hath not done so to any nation, As to judgments, they have not known them. Praise ye Jah!