1हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
1A Secret Treasure of David. Preserve me, O God, for I did trust in Thee.
2मैले परमप्रभुलाई भने, “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ, प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
2Thou hast said to Jehovah, `My Lord Thou [art];` My good [is] not for thine own sake;
3परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो। परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।
3For the holy ones who [are] in the land, And the honourable, all my delight [is] in them.
4तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्। तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन। म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
4Multiplied are their griefs, [Who] have hastened backward; I pour not out their libations of blood, Nor do I take up their names on my lips.
5अहँ, मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ। हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ, तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
5Jehovah [is] the portion of my share, and of my cup, Thou — Thou dost uphold my lot.
6मेरो भाग आश्चर्यपूर्ण छ, मेरो उत्तराधिकार अति सुन्दर छ।
6Lines have fallen to me in pleasant places, Yea, a beauteous inheritance [is] for me.
7म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ। राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।
7I bless Jehovah who hath counselled me; Also [in] the nights my reins instruct me.
8परमप्रभुलाई मैले सधैं आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
8I did place Jehovah before me continually, Because — at my right hand I am not moved.
9मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ। अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
9Therefore hath my heart been glad, And my honour doth rejoice, Also my flesh dwelleth confidently:
10किन? किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा छोडनु हुनेछैन। तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कूहुन दिनुहुने छैन।
10For Thou dost not leave my soul to Sheol, Nor givest thy saintly one to see corruption.
11तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ। तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।
11Thou causest me to know the path of life; Fulness of joys [is] with Thy presence, Pleasant things by Thy right hand for ever!