1हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।
1By David. Judge me, O Jehovah, for I in mine integrity have walked, And in Jehovah I have trusted, I slide not.
2हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।
2Try me, O Jehovah, and prove me, Purified [are] my reins and my heart.
3मैले तपाईंको साँचो प्रेम कहिल्यै बिर्सिएको छुइनँ अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ।
3For Thy kindness [is] before mine eyes, And I have walked habitually in Thy truth.
4म ती व्यर्थका मानिसहरू मध्येको होइन। म दुष्टका संगतहरूलाई घृणा गर्छु।
4I have not sat with vain men, And with dissemblers I enter not.
5म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु। म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैन।
5I have hated the assembly of evil doers, And with the wicked I sit not.
6हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस् म तपाईंको वेदीको वरिपरि हिंड्न सकूँ।
6I wash in innocency my hands, And I compass Thine altar, O Jehovah.
7हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु। म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।
7To sound with a voice of confession, And to recount all Thy wonders.
8हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।
8Jehovah, I have loved the habitation of Thy house, And the place of the tabernacle of Thine honour.
9हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।
9Do not gather with sinners my soul, And with men of blood my life,
10ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्।
10In whose hand [is] a wicked device, And their right hand [is] full of bribes.
11तर म निर्दोष छु। यसैले परमेश्वरको म प्रति कृपा रहोस् र रक्षा गर्नुहोस्।
11And I, in mine integrity I walk, Redeem me, and favour me.
12म सबै विपदहरूबाट सुरक्षित छु। हे परमप्रभु, म तपाईंका मानिसहरूको महासभामा, बोलाइएकाहरूको माझमा जब उभिन्छु त्यहाँ तपाईंको प्रशंसा गर्नेछु।
12My foot hath stood in uprightness, In assemblies I bless Jehovah!