1परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर। उहाँको महिमा र शक्तिको प्रशंसा गर।
1A Psalm of David. Ascribe to Jehovah, ye sons of the mighty, Ascribe to Jehovah honour and strength.
2परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं। आफ्ना खास पोशाक लगाएर उहाँको उपासना गरौं।
2Ascribe to Jehovah the honour of His name, Bow yourselves to Jehovah, In the beauty of holiness.
3परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ। मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ। यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
3The voice of Jehovah [is] on the waters, The God of glory hath thundered, Jehovah [is] on many waters.
4परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ। उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
4The voice of Jehovah [is] with power, The voice of Jehovah [is] with majesty,
5परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ। परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
5The voice of Jehovah [is] shivering cedars, Yea, Jehovah shivers the cedars of Lebanon.
6परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ। यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ। सिरिओन हल्लिन्छ। त्यो सानो बाख्रा नाच्दै गरे झैं देखिन्छ।
6And He causeth them to skip as a calf, Lebanon and Sirion as a son of Reems,
7परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
7The voice of Jehovah is hewing fiery flames,
8परमप्रभुको आवाजले मरूभूमि पनि चम्काई दिन्छ। कादेशको मरूभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
8The voice of Jehovah paineth a wilderness, Jehovah paineth the wilderness of Kadesh.
9परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ। परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ; तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।
9The voice of Jehovah paineth the oaks, And maketh bare the forests, And in His temple every one saith, `Glory.`
10जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो अनि सदा सर्वदको लागि राजा नै हुनुहुनेछ।
10Jehovah on the deluge hath sat, And Jehovah sitteth king — to the age,
11परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्। परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिले आशीर्वाद दिऊन्।
11Jehovah strength to his people giveth, Jehovah blesseth His people with peace!