1हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्। तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
1A Psalm of David, `To cause to remember.` Jehovah, in Thy wrath reprove me not, Nor in Thy fury chastise me.
2हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ। तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।
2For Thine arrows have come down on me, And Thou lettest down upon me Thy hand.
3तपाईंले मलाई दण्ड दिनुभयो। अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ। मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखिरहे छन्।
3Soundness is not in my flesh, Because of Thine indignation, Peace is not in my bones because of my sin.
4म अधर्म कामहरूको दोषी छु। अनि त्यो दोष भारी बोके छ। म टाउको उठाएर हिंड्न पनि लज्जित छु।
4For mine iniquities have passed over my head, As a heavy burden — too heavy for me.
5मैले मूर्ख कामहरू गरें। अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।
5Stunk — become corrupt have my wounds, Because of my folly.
6म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु, म दिनभरि हताश-हताश हुन्छु।
6I have been bent down, I have been bowed down — unto excess, All the day I have gone mourning.
7मलाई ज्वरो आएको छ, अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।
7For my flanks have been full of drought, And soundness is not in my flesh.
8म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिन। मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
8I have been feeble and smitten — unto excess, I have roared from disquietude of heart.
9मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो। मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
9Lord, before Thee [is] all my desire, And my sighing from Thee hath not been hid.
10मेरो मुटु बढता ढुक्ढुकी रहेछ। मेरो बल तुरिन्दै गइरहेछ, अनि म अन्धो हुन लागिरहेछु।
10My heart [is] panting, my power hath forsaken me, And the light of mine eyes, Even they are not with me.
11मेरा बिमारीको कारणले गर्दा मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्। मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
11My lovers and my friends over-against my plague stand. And my neighbours afar off have stood.
12मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्। तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्। सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
12And those seeking my soul lay a snare, And those seeking my evil Have spoken mischievous things, And they do deceits meditate all the day.
13तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैन्। म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैन्।
13And I, as deaf, hear not. And as a dumb one who openeth not his mouth.
14म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन। म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिन र प्रमाणित पनि गर्न सक्तिनँ।
14Yea, I am as a man who heareth not, And in his mouth are no reproofs.
15किन? किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु। हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
15Because for Thee, O Jehovah, I have waited, Thou dost answer, O Lord my God.
16यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्। तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।
16When I said, `Lest they rejoice over me, In the slipping of my foot against me they magnified themselves.
17म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु। म मेरो पीडा बिर्सिन सक्तिनँ।
17For I am ready to halt, And my pain [is] before me continually.
18हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने। म आफ्नो पापहरूको विषयमा दुःखी छु।
18For mine iniquity I declare, I am sorry for my sin.
19मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्, अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
19And mine enemies [are] lively, They have been strong, and those hating me without cause, Have been multiplied.
20मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें। मैले सुकार्य गर्ने प्रयास मात्र गरें, तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।
20And those paying evil for good accuse me, Because of my pursuing good.
21हे परमप्रभु, मलाई त्यागी नजानुहोस्। हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
21Do not forsake me, O Jehovah, My God, be not far from me,
22चाँडै आउनुहोस र मलाई सहयोग दिनुहोस्! हे मेरो परमेश्वर, रक्षा गर्नुहोस्!
22Haste to help me, O Lord, my salvation!