Nepali

Young`s Literal Translation

Psalms

65

1सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु। मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु।
1To the Overseer. — A Psalm of David. A Song. To Thee, silence — praise, O God, [is] in Zion, And to Thee is a vow completed.
2सबै मानिसहरू तपाईंकहाँ आउँछन् किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ।
2Hearer of prayer, to Thee all flesh cometh.
3जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन् तब तपाईंले ती पापीहरू लैजानुहुन्छ।
3Matters of iniquities were mightier than I, Our transgressions — Thou dost cover them.
4हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ। तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ। अनि हामी अत्यन्त खुशी छौं। तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।
4O the happiness of [him whom] Thou choosest, And drawest near, he inhabiteth Thy courts, We are satisfied with the goodness of Thy house, Thy holy temple.
5हे परमेश्वर, हामीलाई बचाउँनु होस्। धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन् अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ। तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ। संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।
5By fearful things in righteousness Thou answerest us, O God of our salvation, The confidence of all far off ends of earth and sea.
6परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो। हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ।
6Establishing mountains by His power, He hath been girded with might,
7परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो। परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो।
7Restraining the noise of seas, the noise of their billows, And the multitude of the peoples.
8संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्। सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ।
8And the inhabitants of the uttermost parts From Thy signs are afraid, The outgoings of morning and evening Thou causest to sing.
9तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ। परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो अनि त्यहाँको पानीले उप्जनी गराउँछ।
9Thou hast inspected the earth, and waterest it, Thou makest it very rich, the rivulet of God [is] full of water, Thou preparest their corn, When thus Thou dost prepare it,
10तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो, तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो अनि ताजा उद्भिद्हरू उमार्नु भयो।
10Its ridges have been filled, Deepened hath been its furrow, With showers Thou dost soften it, Its springing up Thou blessest.
11तपाईंले नयाँ-वर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो। तपाईंले हाते-गाडी धेरै फसलहरूले भर्नुभयो।
11Thou hast crowned the year of Thy goodness, And Thy paths drop fatness.
12तपाईंले मरूभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो।
12Drop do the pastures of a wilderness, And joy of the heights Thou girdest on.
13चउरहरू भेंडाहरूले भरिएका छन्, बेंसीहरू अन्नले पुरिएका छन्। हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्।
13Clothed have lambs the flock, And valleys are covered with corn, They shout — yea, they sing!