1मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें। हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्!
1To the Overseer, for Jeduthun. — A Psalm of Asaph. My voice [is] to God, and I cry, my voice [is] to God, And He hath given ear unto me.
2मेरो स्वामी, जब म संकटमा परें म तपाईं कहाँ आएँ तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन।
2In a day of my distress the Lord I sought, My hand by night hath been spread out, And it doth not cease, My soul hath refused to be comforted.
3मैले परमेश्वरको बारेमा सोचें, अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ।
3I remember God, and make a noise, I meditate, and feeble is my spirit. Selah.
4तपाईंले मलाई सुत्न दिनु भएन म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ।
4Thou hast taken hold of the watches of mine eyes, I have been moved, and I speak not.
5मैले बितेका कुराहरू सम्झिरहेको थिएँ। धेरै अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ।
5I have reckoned the days of old, The years of the ages.
6रातमा, मैले आफ्ना गीतहरूको बारेमा सोच्ने प्रयास गरें। मैले आफैंलाई बुझ्ने कोशिश गरें।
6I remember my music in the night, With my heart I meditate, and my spirit doth search diligently:
7म छक्क पर्छु, “के हाम्रो स्वामीले हामीलाई सदाको लागि त्याग्नु भयो? के फेरि उहाँ हामीसित खुशी हुनु हुन्न?
7To the ages doth the Lord cast off? Doth He add to be pleased no more?
8के फेरि हामीसँग उहाँ बात मार्न सक्नु हुनेछ? के परमेश्वरको प्रेम सदाको निम्ति बिलायो छ?”
8Hath His kindness ceased for ever? The saying failed to all generations?
9करूणा के हो भन्ने कुरा उहाँले भुल्नु भयो? उहाँको समवेदना जति क्रोधमा परिवर्तन भयो?”
9Hath God forgotten [His] favours? Hath He shut up in anger His mercies? Selah.
10तब मैले सोचें, “जुन कुराले मलाई सधैं सताई रहन्छ त्यो होः ‘के सर्वशक्तिमान् परमेश्वरले आफ्नो शक्ति गुमाउनु भयो?”‘
10And I say: `My weakness is, The changes of the right hand of the Most High.`
11म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर। परमेश्वर, म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो।
11I mention the doings of Jah, For I remember of old Thy wonders,
12तपाईंले के गर्नु भएको थियो त्यो मैले सोचें। म तपाईंका सबै शक्तिशाली कार्यहरू सोच्दछु।
12And I have meditated on all Thy working, And I talk concerning Thy doings.
13परमेश्वर, तपाईंका बाटोहरू पवित्र छन्, तपाईं बाहेक कोही पनि महान् छैन।
13O God, in holiness [is] Thy way, Who [is] a great god like God?
14तपाईं परमेश्वर हुनुहुन्छ जसले अचम्मका कामहरू गर्नु हुन्छ। तपाईंले मानिसहरूलाई आफ्नो महान् शक्तिहरू देखाउनु भयो।
14Thou [art] the God doing wonders. Thou hast made known among the peoples Thy strength,
15तपाईंको शक्तिले मानिसहरूलाई बचाउनु भयो तपाईंले याकूब र यूसफका सन्तानहरूलाई बचाउनु भयो।
15Thou hast redeemed with strength Thy people, The sons of Jacob and Joseph. Selah.
16परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो। गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे।
16The waters have seen Thee, O God, The waters have seen Thee, They are afraid — also depths are troubled.
17बाक्लो बादलहरूले पानी बर्षाए। मानिसहरूले डरलाग्दो उच्चबादलहरूमा बिजुली चम्केको देखें।
17Poured out waters have thick clouds, The skies have given forth a noise, Also — Thine arrows go up and down.
18त्यहाँ बिजुलीको गडगडाहट थियो, तब बिजुलीको चमक्ले संसार नै उज्यालो पार्यो अनि पृथ्वी काम्न थाल्यो र थर्थर भयो।
18The voice of Thy thunder [is] in the spheres, Lightnings have lightened the world, The earth hath trembled, yea, it shaketh.
19परमेश्वर, तपाईं गहिरो पानी भएर हिंड्नु भयो तपाईंले गहन समुद्र पार गर्नुभयो, तर तपाईंले कुनै छाप छोड्नु भएन।
19In the sea [is] Thy way, And Thy paths [are] in many waters, And Thy tracks have not been known.
20तपाईंले आफ्ना भक्तजनहरूलाई भेडा सहर डोर्याउन मोशा र हारूनलाई खटाउनु भयो।
20Thou hast led as a flock Thy people, By the hand of Moses and Aaron!