1राती मेरो ओछ्यानमा, म आफूले माया गरेको मानिस खोज्छु। मैले उसलाई खोजें तर पाउन सकिनँ।
1On my couch by night, I sought him whom my soul hath loved; I sought him, and I found him not!
2अब म उठ्छु म शहर वरीपरी घुम्छु। म मेरा प्रेमीलाई शहरको गल्ली र कुना कुनामा खोज्छु। मैले शहरका पालेहरूलाई भेटें, तर मैले उहाँलाई पाउँनु सकिनँ।
2— Pray, let me rise, and go round the city, In the streets and in the broad places, I seek him whom my soul hath loved! — I sought him, and I found him not.
3मलाई पालेहरूले भेटे शहर घुम्दै गर्दा मैले तिनीहरूलाई सोधें “के तिमीहरूले मेरा प्रेमीलाई देख्यौ?”
3The watchmen have found me, (Who are going round about the city), `Him whom my soul have loved saw ye?`
4जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ मैले मेरा प्रेमीलाई भेटेंे। मैले उहाँलाई समातें र उहाँलाई मेरी आमाको घरमा लगें अर्थात ती नारीको कोठामा जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।
4But a little I passed on from them, Till I found him whom my soul hath loved! I seized him, and let him not go, Till I brought him in unto the house of my mother — And the chamber of her that conceived me.
5हे यरूशलेमका तरूणीहरू हो। हरिण र मृगहरूलाई साक्षी राखेर मलाई आफ्नो वचन देऊ कि म तयार नभए सम्म तिमीले प्रेम ममा जागृत गर्ने छैनौ।
5I have adjured you, daughters of Jerusalem, By the roes or by the hinds of the field, Stir not up nor wake the love till she please!
6यी नारी को हुन् जो धेरै मानिसहरू सित मरूभूमिबाट आइरहेकी छिन्? तिनीहरूको पछि यस्तो धूलो निस्कँदैछ कि मानौं त्यो धूवाँको बादल हो, जुन धूवाँ बल्दै गरेको सुगन्धित रस, धूप अथवा सुगन्धित मसला बाट निस्कन्छ।
6Who [is] this coming up from the wilderness, Like palm-trees of smoke, Perfumed [with] myrrh and frankincense, From every powder of the merchant?
7सुलेमानको सवारी हेर! इस्राएलका साठ्ठी जना बलिया बलिया सैनिकहरूले त्यो पालकी रक्षा गरिरहेका छन्।
7Lo, his couch, that [is] Solomon`s, Sixty mighty ones [are] around it, Of the mighty of Israel,
8तिनीहरू सबै प्रशिक्षित सेनाहरू हुन्, रातमा आईपर्ने कुनै पनि विपत्तीको सामना गर्न तिनीहरू तत्पर छन्।
8All of them holding sword, taught of battle, Each his sword by his thigh, for fear at night.
9राजा सुलेमानले आफ्नो निम्ति यात्रा गर्ने पालकी बनाए। तिनको पालकीको काठ लेवनानबाट ल्याइएको हो।
9A palanquin king Solomon made for himself, Of the wood of Lebanon,
10त्यसका खम्बाहरू चाँदीले बनिएको छ, आधारहरू सुनको बनाएका छन् आसन बैजनी रंगका लुगाले ढाकिएको छ। त्यो यरूशलेमकी स्त्रीहरूको प्रेमले बुनिएको हो।
10Its pillars he made of silver, Its bottom of gold, its seat of purple, Its midst lined [with] love, By the daughters of Jerusalem.
11सियोनकी तरूणीहरू हो, बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर, त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्, जुन दिन उनको विवाह भएको थियो। त्यो दिन उनी अत्यन्तै खुशी थिए।
11Go forth, and look, ye daughters of Zion, On king Solomon, with the crown, With which his mother crowned him, In the day of his espousals, And in the day of the joy of his heart!