Nepali

Cebuano

2 Corinthians

9

1परमेश्वरका मानिसहरूलाई गरिने सहायताको विषयमा मैले तिमीहरूलाई लेख्नु पर्दैन।
1Kay mahatungod sa ministerio sa mga balaan, walay kinahanglan kanako ang pagsulat kaninyo.
2म जान्दछु तिमीहरू सहायता गर्न इच्छुक छौ। म्यासिडोनियाका मानिसहरूसित म यसबारे प्रशंसा गरिरहन्छु। अखैयाका बासिन्दाहरू हो, तिमीहरू पोहोरदेखि नै दान दिनु तयार थियौ भनेर मैले तिमीहरूलाई जनाइसकेको छु। अनि तिमीहरूले दान दिनु चाहेकोले, यहाँका धेरै अरू मानिसहरू उत्साहित बनिए अनि अहिले त्यसो गर्न इच्छुक छन्।
2Kay hingbaloan ko ang inyong pagkamainiton, nga tungod niana kamo gipagarbo ko kanila nga mga taga-Macedonia, nga ang Acaya naandam sukad pa sa tuig nga miagi; ug ang inyong kakugi nakapadasig sa daghan uyamut kanila:
3तर म यी भाइहरूलाई तिमीहरूकहाँ नै पठाउँदैछु। म पक्का गराउन चाहन्छु कि तिमीहरूको बारेमा हामी जो गर्व गर्छौ यस विषयमा व्यर्थ सावित नहोस्। तिमीहरूको विषयमा जे भनियो त्यसको लागि म चाहन्छु कि तिमीहरू तयार बस।
3Apan akong gisugo ang mga igsoon, aron ang among pagpagarbo mahitungod kaninyo, dili mawalay-pulos niining pagkabutanga; aron nga, ingon sa giingon ko, makaandam kanamo:
4यदि कुनै मानिस जो म्यासिडोनियाबाट मसित आउँछ र तिमीहरू तयार नरहेको पाए भने हामीलाई लाजमर्दो हुनेछ। हामी लज्जित हुनेछौं कारण तिमीहरूमाथी हामीले भरोशा गरेका थियौं। अनि वास्तवमा तिमीहरू पनि लज्जित हुनेछौ।
4Tingali kong mahitabo gayud nga manguban kanako ang mga taga-Macedonia, ug hipalgan nila nga kamo wala makaandam, kami (sa dili pag-ingon nga kamo), maulawan niini nga pagsalig.
5त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।
5Busa gihunahuna ko nga kinahanglan ang pagtambag sa mga igsoon, nga mouna sila nganha kaninyo, ug andamon nila nga daan ang ginasaad ninyo nga kadagaya, aron kini maandam ingon sa kadagaya, ug dili ingon nga sa pinugsanay.
6याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ।
6Apan kini ang giingon ko: Ang nagapugas sa kanihit, magaani usab sa kanihit; ug ang nagapugas sa kadagaya, magaani usab sa kadagaya.
7हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ
7Ang tagsatagsa ingon sa ginatuyo sa iyang kasingkasing: dili nga adunay kasubo, bisan nga sa mga kinahanglan; kay gihigugma sa Dios ang humalatag nga malipayon.
8अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ।
8Ug gamhanan ang Dios sa paghimo nga modagaya ang tanang gracia nganha kaninyo; aron kamo, nga nasangkap gihapon sa tanang mga butang, magamadagayaon alang sa tanan nga maayong buhat;
9[This verse may not be a part of this translation]
9Ingon sa nahasulat: Gisabwag niya sa halayo; gihatag niya sa mga kabus: ang iyang pagkamatarung nagapadayon sa gihapon,
10परमेश्वर नै एक हुन्, जसले रोप्नेलाई बिउ दिनु हुन्छ अनि उहाँले खानलाई रोटी दिनुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई बिऊ दिनुहुन्छ र ती बिऊ बढाऊनु हुन्छ। तिम्रो दयाभावबाट उहाँले प्रशस्त बाली उठाउनु हुन्छ।
10Ug siya nga nagahatag ug binhi sa magpupugas ug tinapay alang sa pagkaon, magahatag ug magapadaghan sa inyong binhi aron ikapugas, ug pagadugangan ang mga bunga sa inyong pagkamatarung;
11परमेश्वरले तिमीलाई हरतरहले धनी बनाउनु हुनेछ जसमा कि तिमी सधैं मुक्तभावले दान दिनु सक्नेछौ। अनि हामी मार्फत धन्यवाद चढाउनेछन्।
11Kamo nga ginapadato niya sa tanang butang sa bug-os nga pagkamahinatagon, nga nagabuhat pinaagi kanamo ug sa pagpasalamat sa Dios.
12तिमीहरूले यस सेवालाई दिइरहेको दानले परमेश्वरका मानिसहरूको खाँचो टार्छ। तर तिम्रो दयाभावले यति नै मात्र गर्दैन, यसले परमेश्वर प्रति धन्यवादका भावना उर्लेर आउछन्।
12Kay ang ministerio niini nga pag-alagad, dili lamang nakapuno sa kakulangan sa mga balaan, kondili nagapadagaya usab pinaagi sa daghang mga pagpasalamat sa Dios:
13यो सेवा जुन तिमी गरिरहेकाछौ त्यो तिम्रो विश्वाशको प्रमाण हो। यसकै कारणले मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछ। तिमीहरूले परमेश्वरको प्रशंसा गर्छन् किन कि तिमीहरू ख्रीष्टको सुसमाचारलाई मान्छौ-जुन समाचारलाई तिमीहरू विश्वास गर्छौं भन्छौ। मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन् किन कि तिमीहरू मुक्तभावले तिनीहरूसित र सबैसित मिल्दछौ।
13Sa pagtan-aw nga nasulayan namo pinaagi niining pag-alagad, sila nagahimaya sa Dios, tungod sa pagkamatinumanon sa inyong pagsugid sa Maayong Balita ni Cristo, ug tungod sa pagkamahinatagon ninyo sa inyong amot alang kanila ug alang sa tanan;
14अनि जब तिनीहरू तिमीहरूकोलागि प्रार्थना गर्दछन् तिनीहरू तिमीहरूलाई दिनु भएको असीम अनुग्रहले तिनीहरूलाई यस्तो लाग्छ। 15उनको वयान गर्न नसक्ने दानको लागि परमेश्वरलाई धन्यवाद देऊ।
14Samtang sila usab, uban ang pagpangamuyo kaninyo, nangandoy sila kaninyo, pinaagi sa labaw gayud nga gracia sa Dios diha kaninyo.
15[This verse may not be a part of this translation]
15Salamat sa Dios tungod sa iyang hatag nga dili ikaasoy sa mga pulong.