Nepali

Cebuano

2 Peter

2

1विगत समयमा झूटा अगमवक्ताहरु परमेश्वरका मानिसहरुको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरु तिमीहरुको समूहमा रहन्छन्। तिनीहरुले झूटा शिक्षाहरु दिन्छन्, ती शिक्षाहरुले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरुले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरुकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरु स्वयंलाई चाँडै ध्वंश पार्नेछन्।
1Kay kaniadto may mibangon nga mga bakakon nga mga manalagna usab sa taliwala sa katawohan, ingon man usab sa inyong taliwala may manindog nga mga magtutudlo nga bakakon, nga sa tago magpasulod ug malaglagong mga herejia, nga magalimod bisan pa sa Ginoo, nga mitubos kanila, nga nagadala sa ibabaw sa ilang kaugalingong hinanali nga pagkalaglag.
2धेरै मानिसहरु तिनीहरुले गरेका नराम्रा कुराहरु अनुसरण गर्छन्। तिनीहरुले गर्दा सत्य मार्गलाई अरु मानिसहरुले आलोचना गर्छन्।
2Ug daghan ang magasunod sa ilang mga buhat sa pagpatuyang, nga tungod kanila ang dalan sa kamatuoran pagapasipad-an.
3ती झूटा शिक्षकहरुले तिमीहरुबाट पैसा मात्र चाहने छन्। यसरी तिनीहरुले तिमीहरुलाई झूटा कथाहरु भनेर शोषण गर्नेछन्। तर ती झूटा शिक्षकहरुको विरुद्ध धेरै अघि नै न्याय तयार भएको छ। अनि उनी एकबाट जसले तिनीहरुलाई ध्वंश पार्नु हुनेछ तिनीहरु उम्कन पाउने छैनन्।
3Ug tungod sa kahikaw, nga inubanan sa mga malimbongong pulong, ipamaligya kamo; kang kinsang paghukom karon, gikan pa sa karaang panahon, dili magadugay, ug ang ilang pagkalaglag dili matulog.
4जब स्वर्गदूतहरुले पाप गरे तिनीहरुलाई दण्डविहीन जान दिइएन। अहँ परमेश्वरले तिनीहरुलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरुलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरुलाई न्याय नगरुञ्ञेल त्यहीं राख्नेछन्
4Kay kong ang Dios wala magpasaylo sa mga manolonda nga nakasala, kondili nga naghulog kanila sa infierno, ug nagtambug kanila sa halalum nga mga lubnganan sa kangitngitan, nga gitagana sa paghukom;
5अनि परमेश्वरले ती मानिसहरुलाई दण्ड दिनु भयो जो धेरै अघि जीवित थिए। परमेश्वरले संसारमा बाढी ल्याउनु भयो जुन मानिसहरुले भरिएको थियो जो परमेश्वर विरोधी थिए। तर परमेश्वरले नूहसित सात अन्य मानिसहरुलाई बचाए। नूह त्यो मानिस थिए जसले मानिसहरुलाई ठीक ढङ्गले बाँच्न उपदेश दिन्थे।
5Ug kong siya wala magpasaylo sa daan nga kalibutan, kondili nagluwas kang Noe uban sa pito, usa ka magwawali sa pagkamatarung, sa gipalonopan niya ang kalibutan sa mga dili-diosnon;
6अनि परमेश्वरले दुष्ट नगरहरु सदोम अनि गमोराहलाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरुलाई खरानीमा परिवर्तन नहुञ्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरुलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरुमाथि उहाहरण स्वरुप उपयोग गर्नुभयो।
6Ug sa gihimo nga abo ang mga lungsod sa Sodoma ug sa Gomorra, gihukman sila sa pagkabunkag, ginahimo sila nga usa ka panig-ingnan alang niadtong nagakinabuhi nga dili-diosnon;
7तर परमेश्वरले ती नगरहरुबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरुको फोहोर जीवनको कारण तिनले कष्ट पाए।
7Ug giluwas niya ang matarung nga si Lot, nga nasubo uyamut sa malaw-ay nga kagawian sa mga dautan:
8लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरुसंग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरुमा दुखी भएको थियो।
8(Kay kadtong tawo nga matarung, nga nagapuyo sa taliwala nila, sa pagtan-aw ug sa pagkadungog, ginasakit sa matag-adlaw ang iyang matarung nga kalag sa ilang mga tampalasang buhat):
9हो, परमेश्वरले यी सबै कुरा गरे। जब कष्ट आई पर्छ जसले आफ्नो सेवा गर्छन् तिनीहरुलाई बचाँउनु प्रभु परमेश्वर जान्नुहुन्छ। अनि उहाँले जान्नुहुन्छ न्यायको दिनसम्म ती दुष्ट मानिसहरुलाई कसरी अडकाउनु पर्छ।
9ang Ginoo mahibalong magluwas sa mga diosnon gikan sa mga pagtintal, ug sa pagbutang sa mga dili-matarung sa ilalum sa silot tagana sa adlaw sa paghukom;
10जो मानिसहरु तिनीहरुको पापमय कामवासना अनुसार कुकर्म गरेर बाँच्ने औ ती मानिसहरु जो परमेश्वरको अधिकार अस्वीकार गर्नेहरुलाई परमेश्वरले खास दण्ड दिनुहुनेछ। यी झूटा शिक्षकहरु आफूले चाहेका केही पनि गर्दछन्, अनि तिनीहरु स्वयं गर्व गर्छन्। तिनीहरु महिमामय स्वर्गदूतहरुको विरुद्ध नराम्रा कुरा गर्न डराउँदैनन्।
10Ug labi na gayud ang mga nagasunod sa unod, diha sa mga mahugaw nga kailibgon, ug nagatamay sa kagamhanan. Mga mapangahason, mga magbubuot sa ilang kaugalingon, dili sila mahadlok sa pagpasipala sa mga halangdon.
11सवर्गदूतहरु यी झूटा शिक्षकहरु भन्दा अधिक पराक्रमी अनि शक्तिशाली छन्। तर स्वर्गदूतहरुले झूटा शिक्षकहरुलाई दोषारोपन गर्दैनन् अनि तिनीहरुको बारेमा प्रभु अघि निन्दा गर्दैनन्।
11Bisan pa ang mga manolonda, nga labi pang kusgan ug gamhanan, wala makapasipala paghukom batok kanila sa atubangan sa Ginoo.
12तर यी झूटा शिक्षकहरु तिनीहरुले बुझेका कुरामा निन्दा गर्छन्। यी झूटा शिक्षकहरु, जंगली पसुहरु जस्तै मारिनुको निम्ति मात्र जन्मेका छन्, केही विचार नगरी काम गर्छन्। अनि यी झूटा शिक्षकहरु जंगली पशुहरु जस्तै नष्ट हुनेछन्।
12Apan kini sila, ingon sa mga mananap nga walay buot, nangatawo sa kinaiya sa mga mananap, pagakuhaon ug pagalaglagon, nga nagapasipala sila sa mga butang nga wala nila hibaloi; sa paglaglag kanila, pagalaglagon sila gayud,
13यी झूटा शिकहरुले धेरै मानिसहरुलाई चोट पुरयाँउछन्। यसर्य तिनीहरुले पनि चोट पाउनेछन्। त्यो तिनीहरुले गरेको कर्मको ज्याला हुनेछ। यी झूटा शिक्षकहरु, सबै मानिसहरु समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन्। तिनीहरु कुकर्ममा आनन्द लिन्छन् यसले तिनीहरुलाई खुशी पार्छ। यसर्थ तिनीहरु तिमीहरुमाझ फोहोर कलङक अनि दागहरु जस्तै हुन्। तिमीहरुसित साधरण भोजनमा भाग लिन्छन्। तिमीहरुलाई लज्जित तुल्याउँछ्न।
13Nga magaantus sila sa balus sa ilang pagkadili-matarung; mga tawo nga nagakalipay sa paghudyaka sa adlawan pa, mga mansa ug mga kahugawan, nga nangagubot sa ilang mga paglimbongay, samtang nagakombira sila uban kaninyo;
14हरेकपल्ट तिनीहरु स्त्रीलाई हेर्छन्, अनि तिनीहरु उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरु सदैव पाप गरिरहन्छन्। तिनीहरुले कसजोर मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरु आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरु श्रापित छन्।
14Nga may mga mata nga napuno sa pagpanapaw, ug dili sila arang makaundang sa pagpakasala; nga nagabuyo sa mga kalag nga mahuyang; nga may kasingkasing nga naanad sa kahakug; nga mga anak nga tinunglo;
15यी झूटा शिक्षकहरुले उचित मार्ग छोडेका छन् अनि तिनिहरुको जीवनलाई अनुचित मार्गमा लगेकाछन्। तिनीहरुले त्याही मार्ग अनुसरण गरे जुन मार्गमा बालाम हिँडेका थिए। बालाम बोअरका छोरा थिए। नराम्रो काम गरेको ज्याला उसले उत्साहले स्वीकार गरे।
15Nga namiya sa dalan nga matuod, nanghisalaag sila sa pagsunod sa dalan ni Balaam, nga anak ni Bosor, nga nahigugma sa suhol sa pagka-dilimatarung,
16तर एउटा गधाले बालामको कुकर्ममा ध्यानार्कषण गरायो। अनि गधा एउटा पशु हो जो बोल्न सक्तैन। तर त्यो गधा मानिसको आवाजमा बोल्यो अनि त्यसले बालामलाई उसको पागल सोचाईबाट रोक्यो।
16Apan gibadlong siya tungod sa iyang kalapasan nga kaugalingong buhat: usa ka asno nga amang misulti sa tingog sa tawo, ug mipugong sa kabuangan sa manalagna.
17ती झूटा शिक्षकहरु ती पानी नभएका मुहानहरु हुन्। तिनीहरु ती मेघहरु जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरुका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ.
17Kini sila maoy mga tinubdan nga walay tubig, mga dag-um nga gipalid sa usa ka unos; nga kanila ginatagana ang kaitum sa kangitngit nga walay katapusan.
18ती झूटा शिक्षकहरु त्यस्ता वचनहरुमा गर्व गर्छन् जसको केही अर्थ छैन. तिनीहरुले मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरुले, यस्ता मानिसहरुलाई आर्कषित गराइरहेछन् जो मानिसहरु कुकर्म गर्नेहरुबाट टाडा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरुले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्।
18Kay, sa nagasulti sila sa mga palabilabing pulong nga walay pulos, gihaylo nila sa mga kailibgon sa unod, pinaagi sa mga kalaw-ayan, kadtong mga bag-o lamang nga nakakalagiw gikan kanila nga mga nanagkinabuhi sa sayup;
19ती झूटा शिक्षकहरु स्वतंत्रता प्राप्रिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरु स्वयं स्वतन्त्र छैनन्। तिनीहरु ती ध्वंशात्मक कुराहरुका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ।
19Nga nagasaad kanila sa kagawasan, samtang sila sa ilang kaugalingon, mga ulipon sa pagkadunot; kay kadto nga nagdaug sa tawo, kini magadala kaniya ngadto sa kaulipnan.
20ती मानिसहरु संसारका नराम्रा कुराहरुबाट मुक्त तुल्याइएका थिए। तिनीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएका थिए। तर यदि तिनीहरु अझ ती चीजहरु तिर र्फकिन्छन् अनि तिनीहरुको नियन्त्रणमा रहन्छन् भने तिनीहरुको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।
20Kay kong, sa tapus sila makabulag sa mga kahilayan sa kalibutan pinaagi sa kahibalo sa atong Ginoo ug Manluluwas nga si Jesucristo, didto nagapus sila pag-usab, ug nadaug, ang ilang kaulahian nga kahimtang labi pang dautan kay sa nahauna.
21हो, तिनीहरुलाई दिइएको पवित्र शिक्षाबाट सही मार्ग चिन्नु अनि त्यसबाट र्फकनु भन्दा सही मार्ग तिनीहरुले कहिल्यै नचिनेको असल हुनथ्यो।
21Kay labi pa unta nga maayo alang kanila nga wala nila hiilhi ang dalan sa pagkamatarung, kay sa managsibog sila gikan sa balaang sugo nga gitugyan kanila sa tapus nila maila kini.
22तिनीहरुलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।” अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न र्फकन्छ।”
22Kini nahitabo kanila sumala sa matuod nga sanglitanan: Ang iro mibalik sa iyang gisuka; ug ang anay nga baboy nga nadigo mibalik ngadto sa paglunang sa yanang.