1एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुर्किएको मानिस) र शावल थिए।
1Ug kaniadto may mga manalagna ug mga magtutudlo nga didto sa Antioquia: si Bernabe, ug si Simon, nga ginganlan Niger, ug si Lucio, nga taga-Cirene, ug si Manahen, nga kasuso ni Herodes nga tetrarca, ug si Saulo.
2ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।”
2Ug samtang sila nag-alagad sa Ginoo, ug nagpuasa, miingon ang Espiritu Santo: Ipinig kanako si Bernabe ug si Saulo alang sa buhat nga kanila ako nagatawag.
3तब तिनीहरूले उपवास र प्रार्थना गरे, तिनीहरूले बर्णाबास र शावल माथि आफ्नो हात राखे अनि बाहिर पठाए।
3Unya, sa nakapuasa ug sa nakaampo ug sa nakapandung sila sa ilang mga kamot sa ibabaw kanila, gipalakaw sila.
4बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे।
4Busa, sanglit gisugo sila sa Espiritu Santo, milugsong sa Seleucia; ug gikan didto misakay sila padulong sa Cipro.
5तब तिनीहरू सलामिस भन्ने ठाउँमा पुगे, त्यहाँ यहूदीहरूका सभाघरहरूमा तिनीहरूले परमेश्वरको सुसमाचारको प्रचार गरे। यूहन्ना र मर्कूस पनि सहयोगीको रूपमा तिनीहरूलसंगै थिए।
5Ug sa nakadangat sila sa Salamina, gimantala nila ang pulong sa Dios sa mga sinagoga sa mga Judio. Ug uban usab kanila si Juan ingon nga ilang katabang.
6तिनीहरूले सम्पूर्ण टापू पार गरेर पाफोस भन्ने शहरमा आइपुगे। तिनीहरूले त्यहाँ एक यहूदी जादूवाला भेटे। उसको नाउँ बारयेशू थियो। उनी एक झूटो अगमवक्ता थिए।
6Ug sa nalatas na nila ang tibook nga pulo hangtud sa Papho, hingkaplagan nila ang usa ka salamangkero nga Judio, manalagna nga bakakon, nga ginganlan si Barjesus;
7बारयेशू सँधैं नै र्सगियस पौलस प्रशासकसित बस्दथे। र्सगियस पौलस एक बुद्धिमानी मानिस थिए। उनले बर्णाबास र शावललाई बोलाए। उनी परमेश्वरको सन्देश सुन्न चाहन्थे।
7Nga kauban sa gobernador nga si Sergio Paulo, usa ka tawo nga masinabuton. Kini nagpatawag ngadto kaniya kang Bernabe ug kang Saulo, ug naninguha siya sa pagpatalinghug sa pulong sa Dios.
8तर जादूगर इलुमास बर्णाबास र शावलको विरोधमा थियो। ग्रीक भाषामा येशूलाई इलुमास भनिन्छ। इलुमासले प्रशासकलाई येशूमाथि विश्वास गर्न रोक्न चाहन्थे।
8Apan misukol kanila si Elimas, ang salamangkero nga malimbongon (kay mao kini ang iyang ngalan, kong hubaron), nga naninguha siya sa pagpasalaag sa pagtoo sa gobernador.
9तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे।
9Unya si Saulo, nga ginganlan usab si Pablo, nga napuno sa Espiritu Santo, mitutok kaniya,
10अनि भने, “तँ शैतानको छोरो! तँ सबै सही कुराको शत्रु होस्। तँमा शैतानी छक्कापञ्जा मात्र छ। के तैले सधैं प्रभुको सत्यहरूलाई झूटहरूमा परिणत गर्न छोडदैनस्!
10Ug miingon: Ah, ikaw nga napuno sa tanang limbong, ug sa tanang pagluib, anak ikaw sa yawa, ug kaaway sa tanang pagkamatarung, dili ka ba moundang sa pagbalit-ad sa mga matul-id nga dalan sa Ginoo?
11अब प्रभुले तँलाई छुनु हुनेछ अनि तुरन्तै तँ अन्धा हुनेछस्। केही समय तँ केही देख्न सक्ने छैनस् यहाँ सम्म कि घामको किरण पनि देख्दैनस्।” तुरन्तै इलुमासमाथि धुम्म अनि अन्धार झरयो। ऊ वरिपरि घुम्यो, अनि हात समातेर उसको मार्ग देखाउनलाई मानिसहरू खोज्यो।
11Ug tan-awa karon, ang kamot sa Ginoo nagapaibabaw kanimo ug mabuta ka nga dili ka makakita sa adlaw sulod sa usa ka panahon. Ug sa gilayon nahulog kaniya ang usa ka gabon ug kangitngit: ug sa nagalibutlibut siya nangita kong kinsa ang magaagak kaniya sa kamot.
12जब प्रशासक र्सगियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए।
12Unya ang gobernador, sa nakita niya ang nahitabo, mitoo nga nahatingala sa pagtolon-an sa Ginoo.
13पावल र उनीसंग भएका मानिसहरू पाफोसबाट जहाजमा गए। तिनीहरू प्याम्फिलियाको एक शहर पर्गामा आई पुगे। तर यूहन्ना मर्कूसले तिनीहरूलाई छाडे, उनी यरूशलेम फर्के।
13Ug si Pablo ug ang iyang mga kauban milayag gikan sa Papho, ug midunggo sila sa Perge sa Pamphylia. Apan si Juan mibulag kanila, ug mipauli sa Jerusalem.
14तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे।
14Ug sa nahaagi sila sa Perge, naka-abut sila sa Antioquia sa Pisidia, ug mingsulod sila sa sinagoga sa adlaw nga igpapahulay ug milingkod.
15मोशाका नियमहरू र अगमवक्ताहरूको पुस्तकहरू पाठ गरिए। त्यसपछि सभा-घरको कर्मचारीहरूरले पावल र बर्णाबासलाई एक समाचार पठाए। यो समाचारमा भनिएको थियोः “बन्धुहरू, यदि तपाईंहरू केही भन्नुहुन्छ, जो मानिसहरूका निम्ति लाभदायक छ भने, कृपया भन्नुहोस!”
15Ug sa tapus ang pagbasa sa Kasugoan ug sa mga Manalagna, gipasugoan sila sa mga pangulo sa sinagoga: Kaigsoonan: kong kamo may mga pulong nga tambag alang sa katawohan isulti ninyo.
16पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यु-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँचो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ!
16Unya mitindog si Pablo, ug sa nakasinyas sa iyang mga kamot, miingon: Magpatalinghug kamo, mga taga-Israel, ug kamo nga mga nangahadlok sa Dios.
17इस्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भएर बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो।
17Ang Dios niining katawohan sa Israel nagpili sa atong mga ginikanan; ug gibayaw niya ang lungsod samtang sila nagpuyo ingon nga dumuloong sa yuta sa Egipto, ug sila gipagula niya uban ang iyang makagagahum nga bukton.
18अनि परमेश्वरले उनीहरूको व्यवहार त्यस मरूभूमिमा चालीस र्वष सम्म सहनु भयो।
18Ug sa giantus niya ang ilang mga batasan sa may kap-atan ka tuig sa kamingawan,
19परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो।
19Ug sa gilaglag niya ang pito ka mga nasud sa yuta sa Canaan, iyang gihatag kanila ang ilang yuta nga usa ka kabilin sa may upat ka gatus ug kalim-an ka tuig.
20यी सम्पूर्ण घटनाहरू लगभग् 450 र्वषको अवधि सम्म थियो। “त्यसपछि, परमेश्वरले अगमवक्ता शामूएलको अवधिसम्म तिनीहरूलाई न्यायकर्त्ताहरू दिनुभयो।
20Ug sa human niini iyang gihatagan sila ug mga maghuhukom hangtud kang Samuel nga manalagna.
21तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस र्वषसम्म राजा भएर राज गरे।
21Ug unya nangayo sila ug hari; ug gihatag kanila sa Dios si Saulo, nga anak ni Cis, usa ka tawo sa banay ni Benjamin, sa may kap-atan ka tuig.
22शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।
22Ug sa iyang gikuha siya, gipatindog niya si David, aron mahimong hari nila; nga gipamatud-an niya usab nga nagaingon: Nakita ko si David nga anak ni Jesse, tawo nga ingon sa akong kasingkasing, nga magabuhat sa tanan nako nga kabubut-on.
23परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इस्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ।
23Sa kaliwatan niini, ingon sa saad, ang Dios nagpatindog alang sa Israel usa ka Manluluwas nga si Jesus;
24येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने “तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।”
24Sa wala pa siya moanhi si Juan nagwali una sa bautismo sa paghinulsol sa tibook nga katawohan sa Israel.
25यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’
25Ug sa nagtuman si Juan sa iyang katungdanan nag-ingon: Kinsa man ako sa inyong pagdahum? Dili ako mao siya. Apan ania karon, nagasunod ang usa sa akong ulahi, kansang sapin sa iyang mga tiil, dili ako takus makaghubad.
26“मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ।
26Kaigsoonan, mga anak sa kaliwatan ni Abraham, ug kaninyo nga mga nagakahadlok sa Dios, kaninyo gipadala kining pulong sa kaluwasan.
27यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो।
27Kay ang mga nagapuyo sa Jerusalem, ug ang ilang mga punoan, tungod sa wala nila pagpakaila kaniya, bisan sa mga tingog sa mga manalagna nga ginabasa sa tanang adlaw nga igpapahulay, nagtuman sa mga tagna pinaagi sa pagsilot kaniya sa kamatayon.
28तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे।
28Ug bisan wala silay hingpalgan nga ikapasangil kaniya sa kamatayon, gipangayo nila kang Pilato nga pagapatyon siya.
29यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले।
29Ug sa natuman nila ang tanang mga butang nga nahisulat mahatungod kaniya gihugos nila gikan sa kahoy, ug gibutang siya sa usa ka lubnganan.
30तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो!
30Apan gibanhaw siya sa Dios gikan sa mga minatay;
31यस घटना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसंग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्।
31Ug sa daghang mga adlaw siya nagpakita sa mga nanungas uban kaniya sa Galilea padulong sa Jerusalem, nga sila mao ang mga saksi niya sa atubangan sa katawohan.
32हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ।
32Ug kami nagamantala kaninyo sa Maayong Balita sa saad nga nabuhat ngadto sa mga ginikanan,
33हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढछौः ‘तिमीहरू मेरा पुत्र हौ। आज म तिमीहरूका पुर्खा भएँ। भजनसंग्रह 2:7
33Nga gituman sa Dios sa atong mga anak sa gibanhaw niya si Jesus; ingon usab nga nahisulat sa ikaduha nga Salmo: Ikaw mao ang Anak ko; gipanganak ko ikaw karon.
34परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयोः ‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’ यशैया 55:3
34Ug mahitungod sa pagbanhaw kaniya gikan sa mga minatay, aron dili na gayud siya pabalikon sa kadunot, namulong sa ingon niini: Igahatag ko kanimo ang balaan ug malig-ong mga panalangin ni David.
35तर अर्को ठाउँमा परमेश्वर भन्नुहुन्छः ‘तिम्रो एकजना पवित्र शरीरलाई चिहानमा कुहुन दिइने छैन।’ भजनसंग्रह 16:10
35Tungod kay nagsulti siya usab sa laing Salmo: Dili mo itugot nga ang imong Balaan makakita ug kadunot.
36दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसंग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो।
36Kay, si David, sa tapus siya makag-alagad sa iyang kaliwatan sumala sa kabubut-on sa Dios, natulog, ug giipon sa iyang mga ginikanan ug nakakita siya ug kadunot;
37तर ‘एक’ जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन।
37Apan kadtong gibanhaw sa Dios, wala makakita ug kadunot.
38[This verse may not be a part of this translation]
38Busa, hingbaloan ninyo, mga igsoon, nga pinaagi niining tawohana ginamantala kaninyo ang pagpasaylo sa mga sala.
39[This verse may not be a part of this translation]
39Ug pinaagi kaniya ang tagsatagsa nga motoo, gipakamatarung gikan sa tanang mga butang, nga gikan niini wala kamo pakamatarunga pinaagi sa Kasugoan ni Moises.
40अगमवक्ताहरूले केही घटना घट्नेछ भनेर भने, ‘होशियार! सावधन! यस्तो घटना आफूमा घटन नदेऊ। अगमवक्ताले भनेः
40Busa, magmatngon kamo tingali unya mahatabo kaninyo ang gisulti sa mga Manalagna:
41‘जसले शंका गर्छौ, सुन्! तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर किनभने तिमीहरूको अवधिमा म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ। यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!”‘ हबकूक 1:5
41Tan-awa, kamong mga yubitan, ug kamo manghitingala, ug kamo; mangawala kay nagabuhat ako ug usa ka buhat sa inyong mga adlaw, usa ka buhat nga dili gayud ninyo pagtohoan, kong kini igasugilon sa uban kaninyo.
42पावल र बर्णाबासले सभाघर चोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भने अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे।
42Ug sa minggula sila, nagpakilooy sila nga isulti kanila kining mga pulong sa mosunod nga adlaw nga igpapahulay.
43सभा सिद्धिए पछि धेरै यहूदीहरूले अनि धेरै मानिसहरू जो यहूदी धर्ममा परिणत भएका थिए अनि सत्य परमेश्वरको आराधाना गैर्दथिए, तिनीहरूको पछि गए। पावल अनि बर्णाबास तिनीहरूसित बोले अनि परमेश्वरको अनुग्रह पाईरहन उत्साह दिए।
43Karon sa pagpamauli niadtong didto sa sinagoga, daghan sa mga Judio ug sa mga kinabig nga mga masinimbahon mingnunot kang Pablo ug kang Bernabe; nga, sa nagapakigsulti kanila, nagtambag kanila, sa pagpadayon sa gracia sa Dios.
44अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए।
44Ug sa sunod nga adlaw nga igpapahulay hapit ang tibook nga ciudad mingdugok sa pagpatalinghug sa pulong sa Dios.
45जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसंग र्तक विर्तक गरे।
45Apan sa pagkakita sa mga Judio sa mga panon sa katawohan, nangapuno sila sa kasina ug mingsupak sa mga butang nga giasoy ni Pablo, ug nanagpasipala sila.
46तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ र्फकनेछौं।
46Unya si Pablo ug si Bernabe nanagsulti sa dakung kaisug ug nanag-ingon: Kinahanglan nga ang pulong sa Dios igamantala pag-una kaninyo. Apan kay ginasalikway ninyo, ug ginahukman ninyo ang inyong kaugalingon nga dili takus sa kinabuhi nga walay katapusan, ania karon, mangadto kami sa mga Gentil.
47यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः ‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु, ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।”‘ यशैया 496
47Kay mao kini ang gisugo sa Ginoo kanato: Gibutang ko ikaw nga kahayag sa mga Gentil, aron ikaw mamahimo nga alang sa kaluwasan hangtud sa kinatumyan sa yuta.
48जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरु त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए।
48Ug sa pagkadungog sa mga Gentil, nangalipay sila, ug gihimaya nila ang pulong sa Dios, ug mingtoo kadtong tanan nga mga gipili nga daan alang sa kinabuhing walay katapusan.
49अनि प्रभुको सन्देशले सारा क्षेत्रभरि प्रचार पाइरहेथ्यो।
49Ug ang pulong sa Ginoo nasangyaw sa tibook nga kayutaan.
50तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरूषहरूलाई पावल र बर्णाबासको विरुद्ध उस्काए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले।
50Apan gisugyotan sa mga Judio ang mga maampoong babaye nga mga dungganan sa kahimtang ug ang mga kadagkuan sa ciudad, ug nagpalihok sila ug usa ka paglutos batok kang Pablo, ug kang Bernabe, ug ilang giabug sila ngadto sa gawas sa ilang mga utlanan.
51यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे।
51Apan gitaktak nila ang abug sa mga tiil batok kanila, ug nanagpangadto sila sa Iconio.
52तर एन्टिओकमा भएका चेलाहरू आनन्दित र पवित्र आत्माले परिपूर्ण थिए।
52Ug ang mga tinon-an nangapuno sa kalipay ug sa Espiritu Santo.