1तब परमप्रभुको सन्देश मकहाँ आयो।
1Labut pa ang pulong ni Jehova midangat kanako, nga nagaingon:
2उहाँले भन्नुभयो, “हे मानिसको छोरा, अब परमप्रभु मेरो मालिकको सन्देश यस प्रकार छ। यो सन्देश इस्राएल देशको निम्ति हो अन्त्य! अन्त्य आइरहेको छ। सारा देश नष्ट हुनेछ।
2Ug ikaw, anak sa tawo, mao kini ang giingon sa Ginoong Jehova ngadto sa yuta sa Israel: Usa ka katapusan: ang katapusan miabut sa upat ka nasikohan sa yuta.
3अब तिम्रो अन्त्य आएको छ। म देखाउँने छु कि म तिमीहरू प्रति कति क्रोधित छु। म तिमीलाई त्यो नराम्रो कर्मका निम्ति दण्ड दिनेछु जुन तिमीले गरेका छौ। तिमीले जुन डरलाग्दो काम गरेका छौ म तिमीलाई त्यसको दण्ड तिराउँने छु।
3Karon ang katapusan anaa sa ibabaw nimo, ug ipadala ko ang akong kasuko diha kanimo, ug hukman ko ikaw sumala sa imong mga dalan; ug dad-on ko sa ibabaw nimo ang tanan mong mga dulumtanan.
4म तिमीहरूलाई दया देखाउने छँईन म तिमीहरू प्रति टिठाउँने छैन। म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु। तिमीहरूले डरलाग्दो काम गरेका छौ। अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।”
4Ug ang akong mata dili mopagawas kanimo, ni malooy ako; apan dad-on ko ang imong mga dalan diha kanimo, ug ang imong mga dulumtanan maanha sa imong taliwala: ug kamo makaila nga ako mao si Jehova.
5परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो, “एक पछि अर्को गर्दै आपत आउँनेछ।
5Mao kini ang giingon sa Ginoong Jehova: Usa ka dautan, ang mao lamang nga dautan, tan-awa kana miabut na.
6अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ।
6Usa ka katapusan miabut na, ang katapusan miabut na; kana nahigmata batok kanimo; tan-awa, kana miabut.
7तिमी इस्राएलका मानिसहरू, के तिमीहरूले चेताउनीको ध्वनी सुनिरहेकोछौ? शत्रुहरू आउँदैछन्। त्यो दण्डको समय चाँढै आउँदैछ। शत्रुहरूको खैलाबैला झन चर्को हुँदै पर्वतमाथि पुग्दैछ।
7Ang imong pagkahinukman miabut na kanimo, Oh pumoluyo sa yuta: ang panahon miabut na, ang adlaw nagkahaduol, ang adlaw sa kagubut, ug dili sa malipayong pagsinggit, diha sa mga bukid.
8म चाँडै नै देखाउँनेछु कि म कति क्रोधित छु। म तिम्रो विरूद्ध मेरो सारा क्रोध प्रकट गर्नेछु। म ती नराम्रो कामको निम्ति दण्ड दिनेछु जुन तिमीले गरेकाछौ। तिमीलाई तिमीले गरेको डरलाग्दो कार्यको निम्ति ज्याला दिन लगाउनेछु।
8Karon sa hamubo nga panahon ibubo ko ang akong kasuko diha kanimo ug tumanon ko ang akong kaligutgut batok kanimo, ug hukman ko ikaw sumala sa imong mga dalan; ug dad-on ko sa ibabaw nimo ang tanan mong mga dulumtanan.
9म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोडने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।
9Ug ang akong mata dili mopagawas, ni magabaton ako ug kalooy: dad-on ko diha kanimo sumala sa imong mga dalan; ug ang imong mga dulumtanan maanha sa imong taliwala; Ug kamo makaila nga ako, si Jehova, nagahampak man.
10“दण्डको त्यो समय आई पुग्यो। दण्ड फूलहरू फूल्न शुरू भए जस्तै शुरू हुनेछ; के तिमीले चेताउनीको ध्वनी सुन्दैछौ? परमेश्वरले संकेत दिनु भएकोछ। फूल फूल्नु लागे झैं दण्ड आरम्भ हुँदैछ। घमण्डी राजा नबूकदनेस्सर तयार छ।
10Ania karon, ang adlaw, tan-awa, kini miabut na: ang imong pagahinukman migula na; ang sungkod namulak, ang pagpalabilabi namutot.
11त्यो हिंस्रक मानिस दुष्ट मानिसहरूलाई दण्ड दिन तयारी भइरहेको छ। ऊ तिनीहरू मध्येको एकजना होइन। ऊ तिनीहरूको भीडबाट एक जना होइन। ऊ तिनीहरूको सन्तान मध्येको पनि एक होइन। ऊ तिनीहरूको अगुवाहरू मध्यको पनि होइन।
11Ang pagpanlupig mibangon sa pagkahimong usa ka sungkod sa kadautan; walay usa kanila nga mahibilin , ni sa ilang panon sa katawohan, ni sa ilang bahandi: ni aduna pay pagkahalangdon sa taliwala nila.
12“दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ।
12Ang panahon miabut na, ang adlaw nagakahaduol: ayaw tugoti nga magakalipay ang pumapalit, ni pagasub-on ang magbabaligya; tungod kay ang kasuko anaa sa tibook panon sa katawohan niana.
13मानिस जसले उसको सम्पत्ति बेच्छ यो उसले फिर्ता पाउने छैन। यद्यपि मानिस जीवित रहेता पनि उसले उसको सम्पत्ति फिर्ता पाउँने छैन। किनभने यो दर्शन सम्पूर्ण समूहका मानिसहरूका निम्ति हो। यसलाई फिर्ता लिन सक्तैन। प्रत्येक मानिसले उसको पापहरूको कारण उसको ज्यान सम्म बचाउनु सक्तैन।
13Kay ang magbabaligya dili mouli niana nga gibaligya na, bisan sila buhi pa: kay ang panan-awon nagahisgot mahitungod sa tibook panon sa katawohan niana, nga walay usa nga mobalik; ni aduna pay magapalig-on sa iyang kaugalingon sa kadautan sa iyang kinabuhi.
14“तिनीहरूले मानिसहरूलाई चेताउनी दिन तुरही बजाउने छन्। मानिसहरू युद्ध गर्नको निम्ति तयार रहन्छन्। तर तिनीहरू युद्ध गर्न निस्कने छैनन्। किनभने तिनीहरू सबैसित अत्यनतै क्रोधित छु।
14Ilang gihuyop na ang trompeta, ug ipaandam na ang tanan; apan walay mausa nga miadto sa gubat; tungod kay ang akong kasuko anaa sa tibook katawohan niana.
15तरवार लिएर शत्रुहरू शहरको बाहिर छन्। रोग अनि भोक शहर भित्र छ। यदि कोही पनि शत्रुको मैदानमा गयो भने शत्रुको सेनाले त्यसलाई मार्नेछ। यदि उ शहरमा बस्यो भने रोग र भोकले उसलाई नष्ट पार्नेछ।
15Ang espada anaa sa gawas, ug ang kamatay ug ang gutom ania sa sulod: kadtong atua sa kapatagan mamatay pinaagi sa espada; ug kadtong atua sa ciudad, ang gutom ug kamatay maoy molamoy kaniya.
16“तर कति मानिसहरू बाँचेर निस्कने छन्। ती बाँचेका मानिसहरू भागेर पहाडमाथि जानेछन्। तर तिनीहरू सुखी हुने छैनन्। तिनीहरू आफ्नो पापले गर्दा दुखी हुनेछन्। तिनीहरू चिच्याउने छन् अनि ढुकुरले जस्तै दुखले भरिएको आवाज निकाल्नेछन्।
16Apan kadtong makagawas gikan kanila makagawas man, ug mangadto sa mga bukid ingon sa mga salampati sa kawalogan, sila nga tanan manag-agulo, ang tagsatagsa tungod sa iyang kasal-anan.
17मानिसहरू यति थकित र खिन्न हुनेछन् कि तिनीहरू आफ्नो हात पनि उठाउँनु सक्ने छैनन्। तिनीहरूको खुट्टा पानी जस्तै हुनेछ।
17Ang tanang mga kamot mangaluya, ug ang tanang mga tuhod mangahuyang ingon sa tubig.
18तिनीहरूले भाङ्गरा लगाउँने छन् अनि डरले काम्ने छन्। तिमीहरू प्रत्येकको अनुहारमा लाज देख्ने छौ। तिनीहरूले शोक देखाउनको निम्ति आफ्नो टाउको खौराउँने छन्।
18Sila usab managbakus ug sako sa ilang mga kaugalingon, ug ang kalisang motabon kanila; ug ang kaulaw anha sa tanang mga nawong, ug ang kaupaw anha sa tanan nilang mga ulo.
19तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फ्याँकिदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किन? किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन्। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरू थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्याएनन्।
19Ilang igasalibay ang ilang salapi diha sa kadalanan, ug ang ilang bulawan maingon sa butang nga mahugaw; ang ilang salapi ug ang ilang bulawan dili makaluwas kanila sa adlaw sa kaligutgut ni Jehova: sila dili makatagbaw sa ilang mga kalag, ni makabusog sa ilang mga tiyan; tungod kay kana nahimong kapangdolan sa ilang pagkadautan.
20“ती मानिसहरूले तिनीहरूको सुन्दर गहना उपयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु।
20Mahatungod sa kaanyag sa iyang dayandayan, iyang gipahamutang kana sa iyang kahalangdon; apan sila nagbuhat sa mga larawan sa ilang mga dulumtanan ug sa ilang mga talamayon nga mga butang niini: busa kana gihimo ko kanila ingon nga usa ka butang mahugaw.
21म तिनीहरूलाई विदेशीहरूको हातमा छोडिदिनेछु। ती विदेशीहरूले तिनीहरूको हाँसो उडाउनेछन्। ती विदेशीहरूले तिनीहरू मध्ये कतिलाई मार्नेछन अनि कतिलाई बन्दी बनाउँनेछन्।
21Ug akong ihatag kana ngadto sa mga kamot sa mga lumalangyaw aron mahimong tukbonon, ug ngadto sa mga tawong dautan sa yuta aron mahimong inagaw; ug sila magapanamastamas niana.
22म आफ्नो अनुहार तिनीहरूदेखि फर्काउनेछु तिनीहरूलाई हेर्नेछैन्। ती विदेशीहरूले मेरो मन्दिर भत्काउनेछन् तिनीहरू त्यो पवित्र भवनको गुप्त भागमा जान्छन् अनि त्यसलाई अपवित्र बनाउँनेछन्।
22Ang akong nawong ilingiw ko usab gikan kanila, ug sila manamastamas sa akong tinago nga dapit : ug ang mga tulisan mosulod niana, ug manamastamas niana.
23“कैदीहरूकानिम्ति साङ्गली तयार पार! किन? किनभने धेरै मानिसहरूलाई अरू मानिसहरू मारेको खातिर दण्ड दिनेछ। त्यहाँ शहरका प्रत्येक ठाउँहरूमा अत्याचार फैलिने छ।
23Buhata ang talikala; kay ang yuta napuno sa mga dugoong pagpamatay, ug ang ciudad napuno sa pagpanlupig.
24म अरू देशहरूबाट दुष्ट मानिसहरू ल्याउँनेछु। अनि ती दुष्ट मानिसहरूले सबै इस्राएलका मानिसहरूका घरहरू पाउँनेछन्। म सबै शक्तिशाली मानिसहरूलाई घमण्डी हुनुबाट रोक्नेछु। अरू देशहरूका ती मानिसहरूले तिमीहरूको पूजा गर्ने सबै स्थानहरू लिनेछन्।
24Tungod niini dad-on ko ang labing dautan sa mga nasud, ug sila magapanag-iya sa ilang mga balay: pahunongon ko usab ang pagpalabilabi sa makusganon: ug ang balaan nilang mga dapit panamastamasan.
25“तिमीहरू मानिसको डरले काम्ने छौ। तिमीहरू शान्ति खोज्नेछौ तर त्यहाँ पाउँने छैनौं।
25Ang pagkalaglag miabut na; ug sila mangita sa pakigdait; ug walay hipalgan.
26तिमीले एक पछि एक गर्दै दुखको कथा सुन्ने छौ। तिमीले नराम्रो खबर बाहेक अरू केही सुन्ने छैनौ। तिमीले अगमवक्ताको खोजी गरेर दर्शन सोध्नेछौ, तर तिमीहरूले केही पनि पाउने छैनौ। पूजाहारीसँग तिमीहरूलाई दिने व्यवस्थाको शिक्षा केही पनि हुने छैन अनि बूढा-प्रधानहरूसँग तिमीलाई दिने राम्रो सल्लाह हुनेछैन।
26Ang kadautan moabut ibabaw sa kadautan, ug ang hulongihong anha sa hulongihong: ug sila mangita sa usa ka panan-awon sa manalagna; apan ang Kasugoan mawagtang gikan sa sacerdote, ug ang tambag mawagtang gikan sa mga anciano.
27तिमीहरूको राजा तिनीहरूको निम्ति रूनेछन् जो मरिसकेको छ। अगुवाहरूले शोक वस्त्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउँनेछन्। किन? किनकि म त्यसको बदला लिन्छु जुन तिनीहरूले गरेका छन्। म तिनीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।”
27Ang hari magabangotan ug ang principe pagasul-oban sa kasub-anan, ug ang mga kamot sa katawohan sa yuta pagasamokon: buhaton ko kanila ang ingon sa ilang buhat, ug sila ang pagahukman ko sumala sa ilang kinaiya, ug sila makaila nga ako mao si Jehova.