1निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्।
1Unya si Jesus, unom kaadlaw sa wala pa ang pasko, miabut sa Betania, diin si Lazaro, nga gibanhaw ni Jesus sa mga minatay.
2बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँडने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए।
2Sa ingon niana gihatagan siya nila ug usa ka panihapon didto, ug si Marta ang nagasilbe; ug si Lazaro maoy usa sa mga nagalingkod sa lamesa uban kaniya.
3मरियमले शुद्ध जटामसीबाट बनिएको सुगन्धित मलहम ल्याई। मरियमले त्यो मलहम येशूको खुट्टामा खन्याई दिई। त्यसपछि उहाँको खुट्टा आफ्नो केशले पुछिदिई। अनि त्यो सुगन्ध सम्पूर्ण घरभरि फैलियो।
3Unya si Maria mikuha ug usa ka libra nga pahumot nga lunsay nardo, nga daku ug bili, ug gidihog niya ang mga tiil ni Jesus ug gipahiran niya sa iyang mga buhok; ug ang balay napuno sa kahumot sa unguento.
4यहूदा इस्करयोती त्यहाँ थिए। यहूदा येशूका चेलाहरूमा एक थिए। (ऊ मात्र एक थियो जो पछि येशूका विरोधी भए)। यहूदाले मरियमले त्यसो गरेको मन पराएन।
4Apan si Judas Iscariote, anak ni Simon usa sa iyang mga tinon-an, nga sa mabudhion magtugyan kaniya, miingon:
5उसले भन्यो, “त्यो सुगन्धको मूल्य तीनसय चाँदीका सिक्का पर्छ। यो बेच्न सकिन्थ्यो अनि वदलामा पैसा गरीबहरूलाई दिनु पर्थ्यो।”
5Nganong wala ibaligya kini nga pahumot sa usa ka gatus ug kaluhaan ka pesos, ug ihatag sa mga hangul?
6यहूदा आफै गरीबहरूसंग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।
6Apan siya nag-ingon niini, dili kay may kaawa siya sa mga hangul, kondili kay kawatan siya, ug sanglit didto kaniya ang puntil, siya nagakuha sa gisulod niini.
7तब येशूले भन्नुभयो, “उसलाई दिक्क नदेऊ। आजको लागि यो सुगन्ध उसले बचाएकी थिई। आज कै दिनमा मेरो दफनको निम्ति तयार गर्नु छ।
7Busa si Jesus miingon: Pasagdi ninyo siya; gitagana niya kini sa adlaw sa paglubong kanako.
8गरीब मानिसहरू सधैं तिमीसंग हुनेछन्। तर म तिमीहरूसँग सधैं बस्ने छैन।”
8Kay ang mga hangul anaa sa kanunay uban kaninyo, apan ako dili uban kaninyo sa kanunay.
9येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो।
9Ug nanghibalo ang katawohan sa mga Judio nga si Jesus atua didto; ug nangabut sila, dili lamang tungod kang Jesus kondili usab sa pagtan-aw kang Lazaro nga gibanhaw niya sa mga minatay.
10यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे।
10Apan ang mga pangulong sacerdote nanagsabut sa pagpatay kang Lazaro;
11लाजरसले गर्दा, धेरै यहूदीहरूले आफ्ना प्रमुख अगुवाहरूलाई छोडेर येशूलाई विश्वास गर्न थालेका थिए। त्यही कारणले गर्दा यहूदी अगुवाहरूले लाजरसलाई मार्न चाहेका थिए।
11Kay tungod kaniya daghanan sa mga Judio, ang mingbulag ug mingtoo kang Jesus.
12अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए
12Sa sunod nga adlaw usa ka daku nga pundok sa katawohan nga ming-abut sa pagpamiesta, sa pagkadungog nila nga si Jesus mianhi sa Jerusalem,
13मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए, “उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून् जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’ भजनसंग्रह 118:25-26 परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!”
13Nanagkuha sila sa mga palwa, ug nanggula sa pagdawat kaniya, ug nanagsinggit sila: Hosanna! Dalayegon ang hari sa Israel, nga ming-anhi sa ngalan sa Ginoo!
14येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढनु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयोः
14Ug sa hingkit-an ni Jesus ang usa ka nati nga asno, mikabayo siya, ingon sa nahasulat:
15हे सियोन शहर नडराऊ! हेर! तिम्रो राजा आइरहेछ। उहाँ गधाको बछेडमाथि चडेर आइरहेका छन्।” जकरिया 9:9
15Dili ikaw mahadlok, anak nga babaye ni Sion; ania karon, ang imong hari mianhi nga nagakabayo sa usa ka nating asno.
16येशूका चेलाहरूले त्यसबेला के भइरहेको थियो बुझेनन्। तर येशूको पुनरूत्थान पछि तिनीहरूले येशूको महिमा सम्झे कि यी कुराहरू उहाँकै विषयमा लेखिएको थियो अनि मानिसहरूले उहाँकै निम्ति यी कुराहरू गरेकाथिए।
16Ug ang iyang mga tinon-an wala makasabut niining mga butanga sa sinugdan; apan, sa diha nga gihimaya si Jesus, nan nahinumduman nila, nga kining mga butanga nahasulat mahitungod kaniya, ug gibuhat nila kaniya kining mga butanga.
17जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसंग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले।
17Unya ang panon sa katawohan, nga didto uban kaniya sa pagtawag niya kang Lazaro gikan sa lubnganan, ug iyang gibanhaw gikan sa mga minatay, mihatag sa pagpamatuod.
18धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो।
18Ug tungod niini usab nanggula ang panon sa katawohan ug mingsugat kaniya, kay nakadungog sila nga gibuhat niya kini nga ilhanan.
19यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”
19Ug ang mga Fariseo nanagsinultihay sa ilang kaugalingon: Tan-awa ninyo nga kamo walay nahimo. Ania karon, ang tibook kalibutan nanagsunod kaniya.
20तिनीहरूमा कोही मानिसहरू ग्रीकका पनि थिए। तिनीहरू कोही ती मानिसहरू थिए जो यरूशलेममा निस्तार चाडमा आएका थिए।
20Ug may pila ka mga Greciahanon uban niadtong sa mga mingtungas sa pagsimba sa fiesta,
21ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।”
21Nga nanagpanuol kang Felipe sa Betsaida, sa Galilea, ug nanagpangamuyo kaniya, nga nanag-ingon: Ginoo, kami buot unta makigkita kang Jesus.
22फिलिप गएर येशूलाई भने। अनि फिलिप र अन्द्रियास गएर येशूलाई भने।
22Si Felipe miadto ug misulti kang Andres; ug si Andres miadto ug si Felipe, ug mingsulti sila kang Jesus.
23येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो।
23Ug si Jesus mitubag kanila, nga miingon: Miabut ang takna nga ang Anak sa tawo pagahimayaon.
24म तिमीहरूलाई साँचो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैं खालि एउटै बीऊ मात्र रहन्छ।
24Sa pagkamatuod, sa pagkamatuod, nagaingon ako kaninyo, gawas kong ang usa ka lugas sa trigo mahulog sa yuta, ug mamatay, magausara lamang; apan kong mamatay kini, magabunga ug daghan.
25जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ।
25Ang nahagugma sa iyang kinabuhi mawala kini kaniya; apan ang nagadumot sa iyang kinabuhi dinhi mining kalibutana, gitagana niya kini alang sa kinabuhi nga walay katapusan.
26जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसंग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।
26Kong kinsay moalagad kanako, monunot siya kanako; ug kong hain ako, atua usab ang akong alagad; ug kong kinsay moalagad kanako, siya pagapasisdunggan sa Amahan.
27“अहिले मेरो हृदय व्याकुल छ। मैले के भन्नु पर्ला र? के मैले भन्नु पर्छ, ‘पिता मलाई कष्टको बेलाबाट बचाई दिनु होस्? होइन, यस्तो बेलामा म आउनको कारण नै दुखः पाउनुका निम्ति हो।”
27Karon nasamuk ang akong kalag; ug unsay igaingon ko? Amahan, luwasa ako niining taknaa. Apan tungod niini mianhi ako niining taknaa.
28हे पिता, तपाईंको नामको महिमा प्रदान गराउनु होस्।” तब स्वर्गबाट एउटा आवाज आयो, “मैले त्यो नाउँमा महिमा ल्याएकोछु। अनि म फेरि महिमा ल्याउनेछु।”
28Amahan, himayaa ang imong ngalan. Unya miabut gikan sa langit ang usa ka tingog: Gihimaya ko na, ug pagahimayaon ko kini pag-usab.
29उभिरहेका मानिसहरूको भीडले त्यो आवाज सुने। ती मानिसहरूले त्यसलाई मेघ, गर्जन् भने। तर अरू मानिसहरूले भने, स्वर्गदूत उहाँसँग बोले!”
29Busa, ang panon sa katawohan nga atua didto, nga nagpakadungog niini, nanag-ingon nga midalogdog: ang uban nanag-ingon: Usa ka manolonda nagsulti kaniya.
30येशूले मानिसहरूलाई भन्नुभयो, “त्यो आवाज तिमीहरूको लागि हो, मेरो लागि होइन।
30Si Jesus mitubag ug miingon: Dili tungod kanako miabut kini nga tingog, kondili tungod kaninyo.
31अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ।
31Karon kini nga kalibutan pagahukman; karon ang punoan niini nga kalibutan pagahinginlan.
32म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।”
32Ug ako, kong ako pagapatindugon gikan sa yuta, kabigon ko ang tanan nganhi kanako gayud.
33उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो।
33Apan kini giingon niya sa pagpasabut sa kamatayon nga iyang pagakamatyan.
34मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?”
34Unya nanubag kaniya ang panon sa katawohan: Hingdunggan namo gikan sa Kasugoan, nga ang Cristo magapadayon sa gihapon. Busa, ngano nga moingon ka, nga kinahanglan pagapatindugon ang Anak sa tawo? Kinsa ba kining Anak sa tawo?
35तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन।
35Unya si Jesus miingon kanila: Sa usa ka diriyut pa nga panahon, ang kahayag anaa uban kaninyo; panlakaw kamo nga sa may kahayag pa kamo, aron dili kamo hikalitan sa kangitngit; kay ang nagalakaw sa kangitngit, wala manghibalo kong asa siya paingon.
36यसर्थ ज्योति जब सम्म तिमीहरूसंग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।
36Sa may kahayag pa kamo, tumoo kamo sa kahayag, aron kamo mahimong mga anak sa kahayag. Kining mga butanga gipamulong ni Jesus ug milakaw ug mitago siya gikan kanila.
37यशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।
37Ug bisan nagbuhat siya sa ingon nga mga kahibulongan sa ilang atubangan, apan sila wala motoo kaniya;
38अगमवक्ता यशैयाको वचन पूरा होस् भनी यो भयोः “हे प्ररमप्रभु, हामीले भनेका कुराहरूमा कसले विश्वास गरयो? परमप्रभुको शक्ति कसले देख्यो?” यशैया 53:1
38Aron matuman ang pulong, nga giingon ni Isaias nga manalagna: Ginoo, kinsa ang mitoo, sa among ginataho, ug kang kinsa gipahayag ang bukton sa Ginoo?
39यसकारण मानिसहरूले विश्वास गरेनन्। किनभने यशैयाले अझ भने,
39Tungod niini wala sila makagtoo, kay si Isaias miingon usab:
40“परमेश्वरले मानिसलाई अन्धा बनाइदिनु भयो। परमेश्वरले उनीहरूका हृदय कठोर पारिदिनु भयो। परमेश्वरले यसो गर्नुको कारण तिनीहरूले आफ्नै आँखले नदेखोस् भनेर तिनीहरूले हृदयले बुझ्न नसकोस भनेर नत्रता तिनीहरू मकहाँ निको हुन र्फकनेछन्।” यशैया 9:10
40Gibutaan niya ang ilang mga mata, ug gipatig-a niya ang ilang kasingkasing; aron sila dili makakita uban sa ilang mga mata, ug dili makasabut uban sa ilang kasingkasing, ug dili usab mangakabig, ug dili ako makaayo kanila.
41यशैयाले यसो भनेको कारण उनले उहाँको महिमा देखेका थिए। अनि उहाँको विषयमा भने।
41Kining mga butanga giingon ni Isaias, kay nakita niya ang iyang himaya ug nagsulti mahatungod kaniya.
42तर धेरै मानिसहरूले येशूमा विश्वास गरे। कतिपय यहूदी अगुवाहहरू सम्मले येशूमा विश्वास गरे। तर तिनीहरू फरिसीहरू देखि डराउँथे। यसैले तिनीहरूले येशूमा विश्वास गरे भनेर खुल्लम खुल्ला भनेनन्। तिनीहरूलाई सभा-घरबाट निकाली देला कि भन्ने डर थियो।
42Apan walay sapayan bisan pa gayud sa mga punoan daghan ang mingtoo kaniya; apan tungod sa mga Fariseo wala nila igasugid siya, aron dili sila pagulaon sa sinagoga.
43ती मानिसहरू परमेश्वरबाट धेरै प्रशंसा गरिनु भन्दा मानिसहरूबाटै प्रशंसा गरिएको मन पराउँथे।
43Kay sila nahagugma sa himaya sa mga tawo labi kay sa himaya nga gikan sa Dios.
44तब येशूले जोडले काराएर भन्नुभयो, “जसले मलाई विश्वास गर्दछ उसले मलाई मात्र विश्वास गर्दैन जसले मलाई पठाउनु भयो उहाँलाई पनि विश्वास गर्छ।
44Ug si Jesus misinggit ug miingon: Ang motoo kanako, wala motoo kanako, kondili sa nagsugo kanako.
45जसले मलाई देख्दछ उसले उहाँलाई देख्दछ जसले मलाई पठाउनु भयो।
45Ug ang makakita kanako, makakita sa nagsugo kanako.
46म ज्योति हुँ र यस संसारमा आएँ र जसले मलाई विश्वास गर्दछ उसले अन्धकारमा बस्न पर्दैन।
46Ako mianhi nga kahayag sa kalibutan, aron kadtong tanan nga mingtoo kanako dili managpabilin sa kangitngit.
47म मानिसहरूलाई न्याय गर्न यस संसारमा आएको होइन। म संसारमा मानिसहरूलाई बचाउन आएँ। म एक होइन जसले मानिसहरूलाई न्याय गर्छ। जसले मेरो वचन सुन्दछ तर पालन गर्दैन।
47Apan kong kinsa ang magpatalinghug sa akong mga pulong, ug dili magatuman kanila, ako dili magahukom kaniya; kay ako wala moanhi sa paghukom sa kalibutan, kondili sa pagluwas sa kalibutan.
48जसले मलाई अस्वीकार गर्छ र मैले भनेका कुराहरू मान्दैन उसको लागि न्यायकर्त्ता छँदैछ। मैले जुन संदेश भने त्यसैले अन्तिम दिनमा त्यस मानिसको निम्ति न्याय गर्नेछ।
48Ang nagasalikway kanako ug wala modawat sa akong mga pulong, may magahukom kaniya: ang pulong nga akong giingon, maoy magahukom kaniya sa katapusan nga adlaw.
49किन? किनभने जुन कुराहरू मैले बताँए त्यो मेरो आफ्नै थिएन। पिता जसले मलाई फठाउनु भयो र के भन्नु र के शिक्षा दिनु भन्नु भयो त्यही गरें।
49Kay ako wala magasulti sa akong kaugalingon, kondili nga ang Amahan nga nagsugo kanako, siya naghatag kanako ug usa ka sugo sa akong igapamulong, ug sa akong igasulti.
50र म जान्दछु कि अनन्त जीवन उहाँकै आज्ञाबाट आउनेछ। यसकारण म जे बोलदछु पिताले भन्नुभए अनुसार बोल्दछु।”
50Ug ako nahibalo nga ang iyang sugo mao ang kinabuhi nga walay katapusan. Busa, ang mga butang nga akong gipamulong, gipamulong ko sama gayud sa giingon kanako sa Amahan.