1एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ, त्यसैले धेरै आशिर्वादहरू पाउनेछ। जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।
1Bulahan siya nga nagapalandong sa mga kabus: Si Jehova magaluwas kaniya sa adlaw sa kadautan.
2परमप्रभुले त्यस मानिसलाई रक्षा गर्नुहुनेछ र उसको जीवन बचाउनु हुनेछ। त्यो मानिस पृथ्वीमा धन्य हुनेछ। परमेश्वरले त्यस मानिसका शत्रुहरूद्वारा ध्वंश हुन दिनु हुनेछैन।
2Si Jehova magabantay kaniya, ug magahatag kaniya ug kinabuhi, Ug mabulahan siya sa ibabaw sa yuta; Ug dili mo siya igatugyan sa kabubut-on sa iyang mga kaaway.
3जब त्यो मानिस रोगी हुन्छ र ओछ्यानमा पर्छ, परमप्रभुले उसलाई बल दिनु हुनेछ। त्यो मानिस बिमार हुन सक्छ, तर परमप्रभुले उसलाई निको पार्नु हुनेछ।
3Si Jehova magapalig-on kaniya sa ibabaw sa higdaanan sa kasakit: Pagahumokon mo ang tibook niyang higdaanan diha sa iyang balatian.
4मैले भने, “हे परमप्रभु, मप्रति अनुग्रह गर्नु होस्। मैले तपाईंको विरूद्ध पाप गरें, तर मलाई क्षमा दिनुहोस् र निको पार्नु होस्।”
4Ako miingon: Oh Jehova, malooy ka kanako: Ayuhon mo ang akong kalag; kay nakasala ako batok kanimo.
5मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे। तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?”
5Ang akong mga kaaway nagapumulong ug dautan batok kanako, nga nagaingon : Anus-a ba siya mamatay, ug ma-hanaw ang iyang ngalan?
6मानिसहरू मलाई हेर्न आउँछन्। तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्। तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्, अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्।
6Ug kong siya moanhi sa pagpakigkita kanako , siya magasulti ug bakak; Ang iyang kasingkasing nagatigum ug kasal-anan alang sa iyang kaugalingon: Sa diha nga mopanaw siya sa halayong dapit, siya magasulti niana.
7मेरो विषयमा शत्रुहरूले परस्परमा कानेखुसी गर्छन्। तिनीहरूले मेरो विरूद्ध षड्यन्त्रहरू गरिरहेछन्।
7Ang tanan nga nanagdumot kanako, nanaglibak batok kanako sa tingub; Batok kanako nanaglalang sila alang sa akong kadautan.
8तिनीहरू भन्छन्, “उसले केही भूल काम गर्यो त्यसैले गर्दा ऊ बिमारी भयो। हामी आशा गर्छौं तिनी कहिल्यौ निको हुनेछैनन्।”
8Ang usa ka mangil-ad nga sakit, matud nila , motakud kaniya; Ug karon nga siya nagahigda na, dili na siya makabalik sa pagbangon.
9मेरो प्रिय साथीले मसँगै खायो। म उसलाई भरोसा गर्थे। तर अहिले, ऊ मेरो विरूद्धमा बागी भएकोछ।
9Oo, ang akong suod nga higala, nga gisaligan ko, Nga nakakaon sa akong tinapay, Nag-alsa sa iyang tikod batok kanako.
10यसैले, हे परमप्रभु, दया गरेर मप्रति कृपा गर्नु होस्। मलाई उठाउनु होस् अनि म तिनीहरूको ऋण चुक्ता गर्नेछु।
10Apan ikaw, Oh Jehova, malooy ka kanako, ug patindoga ako, Aron igabayad ko kanila ang balus.
11हे परमप्रभु, शत्रुहरूलाई ममाथि आघात गर्न नदिनुहोस्। तब म जान्ने छु तपाईंले तिनीहरूलाई ममाथि आघात गर्न पठाउनु भएन।
11Pinaagi niini maila ko nga ikaw nahamuot kanako, Tungod kay ang akong kaaway dili makadaug kanako.
12म निर्दोष थिएँ र तपाईंले मलाई सघाउनु भयो। तपाईं मलाई उठ्न दिनुहोस र सदा तपाईंको सेवा गर्नपाऊँ।
12Ug mahitungod kanako, ikaw nagasagang sa akong pagkatarung, Ug nagapapuyo kanako sa atubangan sa imong nawong sa walay katapusan.
13परमप्रभु, इस्राएल का परमेश्वर धन्य हुनु हुन्छ! उहाँ सधैं हुनुहुन्थ्यो, अनि उहाँ सधैं हुनुहुनेछ। आमेन, आमेन।
13Bulahan si Jehova, ang Dios sa Israel, Gikan sa walay katapusan ngadto sa walay katapusan. Hinaut unta, ug Hinaut unta.