1हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु ताकि म कहिल्यै निराशा नहुँ।
1Kanimo, Oh Jehova, modangup ako: Ayaw gayud ako itugyan sa kaulawan.
2तपाईंको धार्मिकताको कारण, तपाईंले मलाई बचाउनु हुनेछ। तपाईंले मलाई छुटकारा दिनु हुनेछ। मेरो गुहार सुनी दिनुहोस्। मलाई बचाउँनुहोस्।
2Luwasa ako diha sa imong pagkamatarung, ug bawia ako: Ikiling kanako ang imong igdulungog, ug luwasa ako.
3मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु। तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। यसैले मलाई बचाउँनलाई आज्ञा दिनुहोस्।
3Himoa nga ikaw maoy puloy-anan ko nga bato, diin ako modangup sa kanunay: Ikaw naghatag ug sugo aron sa pagluwas kanako; Kay ikaw mao ang akong bato ug ang akong kuta.
4हे मेरा परमेश्वर, दुष्ट मानिसहरूबाट मलाई बचाउँनु होस्। मलाई धूर्त र दुष्ट मानिसहरूबाट बचाउँनु होस्।
4Bawia ako, Oh Dios ko, gikan sa kamot sa dautan, Gikan sa kamot sa dili-matarung ug walay-puangod nga tawo.
5मेरो परमेश्वर तपाईं मेरो स्वामी, तपाईं मेरो आशा हुनुहुन्छ, म जवान अवस्थादेखि तपाईंमा भरोसा गरेको छु।
5Kay ikaw ang akong paglaum, Oh Ginoong Jehova: Ikaw mao ang akong pagsalig sukad pa sa akong pagkabatan-on.
6म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ, आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु। मैले सधैं तपाईंलाई प्रार्थना गरें।
6Pinaagi kanimo nasapnay ako gikan sa tagoangkan; Ikaw mao ang nagkuha kanako gikan sa ginhawahan sa akong inahan: Ang akong pagdayeg magapadayon gihapon kanimo.
7तपाईं मेरो बलको श्रोत हुनुहुन्छ। यसैले म अरूको निम्ति उदाहरण भएकोछु।
7Ako maingon sa usa ka katingalahan sa daghan; Apan ikaw mao ang akong dalangpanan nga malig-on.
8तपाईंले गर्नु हुने आश्चर्यपूर्वक कार्यको विषयमा म सधैं गीत गाउँदछु।
8Ang akong baba mapuno sa pagdayeg kanimo, Ug sa pagpasidungog kanimo sa tibook nga adlaw.
9म बूढो भएँ भनी मलाई नफ्यँकनु होस्। मेरो बल सकिदैछ भनेर मलाई नत्याग्नु होस्।
9Ayaw ako pag-isalikway sa panahon sa pagkatigulang; Ayaw ako pagbiyai sa diha nga ang akong kusog maluya na.
10मेरो शत्रुहरूले मेरो विरूद्धमा योजनाहरू तयार गरे, तिनीहरू वास्तवमा एक-अर्कामा पहिल्यै भेला भए, अनि मलाई मार्ने योजना गरे।
10Kay ang akong mga kaaway nanagsulti mahatungod kanako; Ug sila nga nanagpaniid sa akong kalag nanagpakitambag sa tingub,
11मेरो शत्रुहरूले भने, “जाऊँ त्यसलाई पक्रौं। परमेश्वरले त्यसलाई छोडी दिए अनि कसैले पनि त्यसलाई साथ दिनेछैन।”
11Nga nagaingon: Ang Dios mibiya kaniya: Lutosa ug dakpa siya; kay walay bisan usa nga moluwas kaniya .
12हे परमेश्वर, मलाई नत्याग्नुहोस्। हे मेरा परमेश्वर, चाँडो आएर मलाई बचाउनु होस्!
12Oh Dios, ayaw pagpahalayo gikan kanako; Oh Dios ko, pagdali sa pagtabang kanako.
13मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्। तिनीहरूलाई पूर्ण रूपले ध्वंश पार्नुहोस्! तिनीहरूले मलाई घात गर्ने कोशिश गरिरहेका छन्। तिनीहरूले शर्म र बद्नामी अनुभव गर्नु सकुन्।
13Ipatugyan sila sa kaulawan ug ipaut-ut kadtong mga kaaway sa akong kalag; Pataboni sa kaulaw ug sa pagkatalamayon kadtong nanagpangita sa akong kadaut.
14तब म तपाईंमाथि सर्वदा भरोसा गर्नेछु। अनि म तपाईंको प्रशंसा धेरै भन्दा धेरै गर्नेछु।
14Apan ako magapadayon sa paglaum, Ug magadugang gayud ang akong pagdayeg kanimo.
15तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु। एकपल्ट मात्र होइन धेरै पल्ट तपाईंले मलाई बचाएको कुरो म तिनीहरूलाई भन्नेछु। ती समयहरूको गन्ती नै छैन।
15Ang akong baba magamantala sa imong pagkamatarung, Ug sa imong kaluwasan sa tibook nga adlaw, Kay wala ko mahibaloi ang mga isip niini .
16हे परमप्रभु मेरो स्वामी म तपाईंको महानताको बारेमा बताउनेछु। म तपाईंको बारेमा र तपाईंको भलाईको विषय बताउनेछु।
16Moanha ako uban sa mga gamhanang buhat sa Ginoong Jehova: Magahisgut ako sa imong pagkamatarung, bisan sa imo lamang.
17हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो। अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका अदूभूत कार्यहरू बारेमा घोषणा गर्दछु।
17Oh Dios, gitudloan mo ako sukad pa sa akong pagkabatan-on; Ug hangtud karon ginapahayag ko ang imong mga katingalahang buhat.
18अब म बूढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर। म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानता बारेमा बताउने छु।
18Oo, bisan sa diha nga matigulang na ako ug maubanon, Oh Dios, ayaw ako pagbiyai, Hangtud nga ikamantala ko ang imong kusog ngadto sa sunod nga kaliwatan, Ang imong gahum ngadto sa tagsa-tagsa nga moanhi.
19हे परमेश्वर, तपाईंको उपकार आकाशभन्दा माथि छ। परमेश्वर, तपाईं बाहेक यहाँ कोही पनि छैन तपाईंले अद्भूत कामहरू गर्नुभयो।
19Ang imong pagkamatarung usab, Oh Dios, hataas kaayo; Ikaw nga nagabuhat ug mga dagkung butang, Oh Dios, kinsa ba ang ingon kanimo?
20यद्यापि तपाईंले मलाई नै यति धेरै देख्ने बनाउनु भयो, तपाईंले मलाई ती सबै कष्टहरूबाट बचाउनु भयो अनि मलाई जिउँदो राख्नुभयो। यद्यपि म धेरै गहिरोमा डुबें तपाईंले मलाई मेरा कष्टहरूबाट माथि उठाउनु भयो।
20Ikaw, nga nagapakita kanamo ug daghan ug masakit nga mga kagul-anan, Pagabuhion mo kami pag-usab, Ug magapabangon kanamo pagusab gikan sa kahiladman sa yuta.
21मलाई पहिलेको भन्दा अझ असल काम गर्न साथ दिनुहोस्। लगातार मलाई सान्त्वना दिनुहोस्।
21Dugangan mo ang akong pagkadaku, Ug lingia pag-usab ug lipaya ako.
22अनि म वीणा बजाउने छु र तपाईंको स्तुति-गान गर्नेछु। हे मेरा परमेश्वर, तपाईंमाथि विश्वास गर्न सकिन्छ भनेर म गीत गाउने छु। इस्राएल का एकमात्र पवित्र परमेश्वरको निम्ति म मेरो वीणा बाजामा गीत गाउने छु।
22Magadayeg usab ako kanimo uban ang salterio, Bisan ang imong kamatuoran, Oh akong Dios: Kanimo magaawit ako ug mga pagdayeg uban sa alpa, Oh ikaw nga Balaan sa Israel.
23तपाईंले मेरो प्राणलाई बचाउँनु भयो, मेरो प्राण अत्यन्त खुशी छ। मेरा ओंठहरूले तपाईंको स्तुति-गान गर्नेछन्।
23Ang akong mga ngabil magahugyaw sa kalipay sa diha nga magaawit ako ug mga pagdayeg kanimo; Ug ang akong kalag nga gitubos mo.
24मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ। अनि ती मानिसहरू ज-जसले मलाई मार्न चाहन्छन्। तिनीहरू परास्त र अपमानित हुनेछन्।
24Ang dila ko usab magasulti sa imong pagkamatarung sa tibook nga adlaw; Kay nabutang sila sa kaulaw, kay sila gilibug, kadtong nanagpangita sa akong kadaut.